प्रदेश नम्बर २ मा मुख्यमन्त्रि लालबाबु राउतले महिलाहरुका लागी विशेष प्राथमिकता दिन प्रतिवद्ध रहेको बताएका छन् । महिलाहरुको सक्रियतामा वीरगंजमा प्रदुर्शन रहित दशैँ श्री उत्सव मेलाको अवलोकन गर्दै उनले जननी दाता महिला संसारका सृष्टिकर्ता पिडामा रहेर कोही सुखि हुन्न त्यसैलेपनी प्रदेश सरकार महिलाहरुको विशेष प्राथमिकताका लागी प्रतिवद्ध छ ।
जैन श्वेताम्बर तेरापथ महिला मण्डलको आयोजनामा आयोजित मेलामा प्रदेश सभा सदस्य राग्नी वर्णवालले पर्यावरण जोगाउन हामी सबैको हातेमालो आवश्यक रहेको बताएकी थिईन् । उनले महिलाहरुद्वारा नै आयोजना गरिएको यस कार्यक्रम निरन्तरताका लागी शुभकामना दिएकी थिईन् ।
यस्तै तेरापथ समाज नेपालका राष्ट्रिय प्रभारी अशोक वैद्यले महिलाहरुको प्रयास अतुल्नीय रहेको बताएका थिए । उनले जहाँ नारीको वास हुन्छ त्यहाँ देवता पुजिन्छ, त्यसैले महिला भान्सामा मात्रै सिमित छैनन् पुरुषको साथमा काधमा काध मिलाएर अगाडी बढिरहेका छन् । महिलालाई केवल प्रोत्साहनको आवश्यक्ता रहेको राष्ट्रिय प्रभारी बैधले बताए ।
पर्यावरण जोगाउन प्रदुषण नियन्त्रण गर्नु अति आवश्यक रहेकाले सकरात्म सन्देशका लागी यस कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष श्रीमति सुमन बैद्यले बताईन् । प्रदुर्शन रहित दिपावली होस् भन्ने उदेश्यले मेला आयोजना गरेको उनको भनाई थियो ।
स्थानीय स्तरमा उत्पादीत बस्तु, भारतिय साडी, घरायसी समाग्रि, स्थानीइ खाना लगायत गरी ६० वटा स्टल राखिएको दशैँ तथा दिपावली मेलामा स्थानीय स्तरमा उत्पादीत वस्तुहरु प्रमुखताको साथमा विक्रि वितरण भएको जैन श्वेताम्बर तेरापथ महिला मण्डलकी सचिव श्रीमति बबिता जैनले बताईन् । कार्यक्रममा भारतिय वाणिज्य दुतावासका काउन्सलर रमेश चतुर्वेदी, राजनितिक विश्लेशक विजय कर्ण लगायतले मेला अवलोकन गरेका थिए ।