११२ आँै अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस २०२२ अर्थात नारी दिवसको अवसरमा शहरमुखी कार्यक्रम गरिरहदाँ ग्रमिण भेगका महिलाहरु भने आफनो दैनिकी काममा नै व्यस्त रहेको देखिन्छ । महिलाहरु हिंसामा नपरुन, हाम्रो समाजमा हुने हिंसामा कमी आवोस, महिलाहरु सक्षम भएर अगाडी बढुन, महिलाहरु माथी हुने सामाजिक, आर्थिक, राजनितिक सवै खाले विभेदको अन्त्य होस भन्ने चाहना बोकेको नारी दिवस गाउ गाउमा पुग्न सकिरहेको छैन ।
जसको लागि कार्यक्रमको आवश्यकता छ उनीहरु नै यसबारे अनभिज्ञ छन । केही बर्ष अघि देखी वीरगंजको घण्टाघरमा पुरुषहरुको सहभागितामा पदयात्रा गर्न सुरु गरिएको छ । महिला हिंसा कम गर्नका लागि पुरुषहरु संलगता अपरिहार्य छ । महिलाको विकास विना घर, परिवार, समाज र राष्ट्रयको विकास असम्भव छ ।नारी दिवसको अवसरमा पुरुषहरु पदयात्रा राम्रो कामको शुरुवात पनि हो तर कार्यक्रम परिवर्तन मात्र गर्ने की हाम्रो सोच पनि परिवर्तन गर्ने ? परम्परा, संस्कार तथा रितिरिवाजको नाममा महिला माथीको विभेद कहिले सम्म ? समान सोच र व्यवहार त नारामा लगायो अर्काे वर्ष नारा परिवर्तन पनि होला तर हाम्रो सोच कहिले परिवर्तन हुने ? घरको काममा खास गरि महिलाले गर्ने भनेर समाजले बनाएको काममा हाम्रो सहभागिता कहिले हुन्छ ?
सन् १९६९ को सँयुक्त राष्टसँघको ३२ साधारणसभाले महिला माथि हुने सँवै प्रकारका भेदभाव उन्मुलन सम्वन्धी घोषण पत्र समेत पारित भएको छ । संविधानले समेत नागरिकको सम्मानपुर्वक जिउन पाउने अधिकारको रक्षा गरेको छ ,भने महिला हिंसालाई दण्डनिय अपराधको रुपमा समेत परिभाषित गरेको छ तर यहाँ बोक्सी लागेको आरोपमा मलमुत्र कोच्याइन्छ , दाइजो नल्याएको र छोरा नपाएको निहुँमा घरभित्रै जलाइन्छ , परपुरुषसँग लागेको आरोपमा लोग्नेद्धारा नै निरमर्म कुटिन्छ ।
पाँच वर्षिया बालिकादेखि लिएर सय नाघेकी वृद्धासमेत यौनपिपासुको गिद्धेदृष्टिबाट बच्न सक्दैनन् । परपुरुष सँग अवैध यौन सम्पर्क गरेको आरोप लगाइ एउटि अवला नारीलाई महिलाहरुनै मिलि समाजबाट बहिस्कार गर्ने गर्दछन । यति मात्र होइन बोक्सीको आरोपमा बूढी महिलालाई महिलाहरु नै मिलेर कुटपिट गर्ने शारिरिक यातना दिने जस्ता कष्टदायी क्रियाबाट मृत्यु हुने गरेका छन । पुस्तौपुस्ता देखि नै्र माहिलालाई समाजमा पुरुषको अधिनमा राखेको पाइन्छ । समय परिवर्तन भयो हाम्रो देशको संधिान परिवर्तन भयो तर महिला प्रतिको हाम्रो धारण किन परिवर्तन हुदैन ? पैदल हिडेर राजधानी जाने जनताहरु गाडी चढन थाले जहाज चढन थाले तर महिला प्रतिको सोचाई परिवर्तन गरेन आखिर किन ?
पितृसत्तात्मक समाजमा महिलाहरु जन्मैदेखि लैगिक विभेदको सिकार बनेका छन । सानो उमेर देखिनै समाजले छोरीलाई छोरा भन्दा तल्लो स्थानमा राखेर व्यवहार गर्छ र महिला एउटा पुरुषको अधिनमा रहनुपर्छ भन्ने मान्यता सोच राख्छन यो सोचलाई परिवर्तन गर्न आवश्यक छ । बाहिर देखावटी रुपमा होईन भित्रि मनले महिला र पुरुष समान रहेको अनुसरण गर्नु पर्छ । हिँसाले थिचिएकी महिलालाई न्याय दिलाउने कार्यक्रम मात्र नभई हिँसा रहित सभ्य समाजको परिकल्पना तर्फ पनि राज्य र स्वयम महिला समेत ध्यान केन्द्रित हुर्नु आवश्यक देखिन्छ ।
महिलाहरुलाई उनीहरुको हक अधिकारको बारेमा जानकारी गराई सक्षम बनाउन जरुरी छ । लैगिंक समानताका लागि समान सोच र व्यवहार ः समवृद्धिको आधार यो नारालाई गाउ गाउमा पु¥याउन जरुरी छ । हिंसामा परे पनि आफनो मनको कुरा बाहिर ल्याउन नसक्ने ग्रामिण महिलाहरु माझ यो नारा पु¥याउन जरुरी छ । दिवसको अवसरमा कार्यक्रम गर्ने बर्षै पिच्छे नारा परिवर्तन गर्ने तर हाम्रो सोच परिवर्तन किन नगर्ने ?