कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) पर्साको शनिबार सम्पन्न प्रथम साधारण सभाले आलोक चौरसियाकोे नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ ।
वीरगंज स्थित रोयाल पार्टी प्यालेसमा शनिवार समपन्न प्रथम साधारण सभाले चौरसियाको नेतृत्वमा सर्वसमतबाट १३ सदसीय नयाँ कार्यसमिति गठन भएको हो ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा प्रशान्त कुमार, सचिवमा अमरेश सिंह, सह सचिवमा गणेश सर्राफ, कोषाध्यक्षमा पुर्णिमा ताम्राकार, सदस्यमा सिम्रन सिंह परियार, दिपक साह, संजय कुमार कुर्मी, जीवन प्रकाश गुप्ता, धनन्जय कुमार चौरसिया चयन भएका छन् । यस्तै संघको सल्लहाकारमा रविन्द्र साह र निलेश वैध लाई राखेका छन् ।
कार्यक्रममा क्यान महासंघका केन्द्रिय सभापति हेमन्त चौरसिया, प्रधायापक डा. उमेश कुमार चौरसिया, क्यान महासंघका केन्द्रिय उपाध्यक्ष नवराज कुँवर, केन्द्रिय सदस्य गोपाल श्रेष्ठ, दिपेन्द्र राज, प्रदेश २ अध्यक्ष बाल कृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जार, सचिव युवराज खड्का लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण विवेक कर्णले गरेका थिए ।