वीरगंज । समाजवादी महिला संघ मधेश प्रदेशले वीरगंजमा धुमधामका साथ ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । वीरगंजस्थित रोयल पार्टी प्यालेसमा मंगलबार एक कार्यक्रमका बिच ‘‘समाजिक न्याय र लैङ्गिक समानत ः दिगो विकासको सुनिश्चितता’’ भन्ने मुल नाराका अन्तर्राष्ट्रिय महिला श्रमीक दिवस मनाएको हो ।
संयौं महिलाको उपस्थिततिमा समाजवादी महिला संघले ‘‘महिला सम्मानको आधार सिपयुक्त हात र स्वरोजगार, महिलाको सुरक्षा र रोजगार समृद्ध नेपालको आधार, नागरिकतामा सम्मान अधिकारको सुनिश्चतता गरौं’’ लगायतका नारा सहित ¥याली निकालेर वीरगंजको घण्टाघर हुँदै माईस्थान, आदर्शनगर, घडिअर्वा लगायतको ठाउँको परिक्रमा समेत गरेको थियो ।
कार्यक्रममा मधेश प्रदेशकी अर्थ राज्य मन्त्री उषा यादवले महिला र पुरुषबिच समानता र समान समाजिक अधिकार नभएसम्म समाजको विकास नहुने बताईन् । कानुनी रुपमा महिलाले केही अधिकार पाएपनि व्यवहारिक रुपमा पुरुष नै हाबी रहेको मन्त्री यादवको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी मन्त्री यादवले स्थानीय तहमा प्रतिनीधित्व गर्ने महिला स्वतन्त्र रुपले समेत अधिकार प्रयोग गर्न नसकेको गुनासो गरिन् ।
‘पहिले महिलासंग काम पनि गराउने र मजदुरी पनि नदिने गरिन्थ्यो, भोट हाल्न समेत नपाउने व्यवस्था थियो,’ मन्त्री यादवले भनिन्,‘ त्यसैको लागि आन्दोलन भएपछि भोट दिने, पारिश्रमिक पाउँने जस्ता व्यवस्था गरियो, त्यही दिनदेखी अन्तर्राष्ट्रय श्रमिक महिला दिवस मनाउने गरिएको छ ।’’ महिला अधिकारको सवाल अमेरिकाबाट सुरुवात भएपनि महिला प्रति अहिले पनि विभेद कायमै रहेको बताईन् ।
देशको शासन प्रशासन, न्यायपालिका, कार्यपालिका लगायतको ठाउँमा पुरुष सरह महिलाको समान प्रतिनिधित्व नभएसम्म मुलुक समृद्ध नहुने मन्त्री यादवले दोहो¥याईन् । महिलाको उत्थान र विकासकै लागि मधेश प्रदेश सरकारले साईकल वितरण, छोरी बिमा शिक्षा, ‘‘बेटि बचाऊ, बेटि पढाऊ अभियान’’ चलाएको मन्त्री यादवले बताईन् । मतदान गर्नमा समेत महिलामाथि पुरुषको हस्तक्षेप रहने गरेकोले निर्वाचनमा महिलाले स्वविवेकले मदतान गर्न पाउनु पर्ने आग्रह गरिन् ।
समाजवादी महिला संघ मधेश प्रदेशकी उपाध्यक्ष पिंकी यादवले महिलाहरुलाई सबल बनाउन शिक्षा र रोजगारसंग जोड्नु पर्ने बताईन् । स्थानीय सरकारले धेरै रोजगारी दिन नसकेपनि दिएको रोजगारीमा पुरुषको मात्रै पहँुच रहेको गुनासो गरिन् । सदियोदेखी समाजमा विभेदको दृष्टिकोणले हेरिदै आईएको महिलालाई अहिले पनि पुरुषभन्दा कम पारिश्रमीक दिने गरिएको गुनासो गरिन् । वीरगंज महागनरपालिकाका उपमेयरका प्रत्यासी समेत रहेकी नेतृ यादवले आफू स्थानीय निर्वाचनमा जिते महिलाहरुको सिप, समय र श्रमलाई कसरी मुद्रामा परिणत गर्न सकिने भन्ने योजना ल्याई रोजगारी दिने बताईन् । सिलाई कटाई, बुनाई जस्ता विभिन्न सिपहरु सिकाई समाजवादमा आधारित स–साना उद्योगमार्फत महिलाहरुलाई सिप अनुसारको रोजगारीसंग जोड्ने समेत आफुसंग योजना रहेको जिकिर गरिन् ।
कार्यक्रममा प्रदेश सांसद एवम् जसपा निकट जिल्ला समन्वय समिति पर्साका अध्यक्ष मन्जुर अंसारी, महिला नेतृ मोनिका सिंह, रेखा साह, समाजवादी महिला संघ पर्साकी अध्यक्ष इन्दु यादव लगायत सयौं महिलाहरुको उपस्थित रहेको थियो ।