महिला दिवशको कुरा गरिरहँदा यो दिवश कहिलेदेखि अनि किन मनाईन्छ भन्न्ने ईतिहास थाहाछैन भने महिला दिवश भनेर शब्दमा मात्रै मनाउनको कुनै अर्थ रहन्न ।
सन् १९१० मा क्लारा जेट्किनले अन्तराष्ट्रिय महिला दिवश मनाउन प्रारम्भ गरेकी थिईन् । श्रमबारे उठेको यस आन्दोलनलाई संयुक्त राष्ट्रिय संघले अन्तराष्ट्रिय महिला दिवशको रुपमा मान्यता दिएको हो । यसलाई अन्तराष्ट्रियकरण गर्ने १९०८ मा १५ हजार महिलाले न्युर्योक सिटिमा काम गर्न समय सिमित हुनुपर्ने, ज्याला राम्रो हुनु पर्ने र महिलाहरुले पनि मतदान गर्नै अधिकार पाउनुपर्दछ भन्ने माग राखेर सन् २९१० मा कोपनहेगनमा काम गर्दे गरेका महिलाहरुलाई सहभागि गराई बिभिन्न १७ देशका महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेपछि भने यो दिवशले विश्वभरिनै आफ्नो दिवशको रुपमा मनाउदै आएकाछन्। समय परिस्थिीति अनुसार आन्दोलका तरिका फरक भएपनि महिलाहरुले आफ्नो हक र अधिकारका लागि उठाएका आवाज, चालिएका कदम र दुरगामी सोचले अहिले निक्कै राम्रो फड्को मारेको छ । यो खुशीको कुरा हो ।
पछिल्लो केहि बर्ष यता हेर्ने हो भने निती निर्माण तहमा महिलाहरुको सहभागितामा उल्लेखनिय वृद्वि भएको छ ।सरसर्ति हेर्दा संधिय संसददेखि स्थानिय तहसम्म राजनितीदलदेखि सामाजिक संध संगठनहरुको नेतृत्वमा महिला सहभागितामा बृद्वि भएको देखिनु सुखद पक्ष हो । पछिल्लो समयको तुलनामा अहिलेको समाजले महिलाहरुलाई स्थान परिवर्तनको आँखाले हेर्नेु अनि नेपाल सरकारका विभिन्न संरचनामा माथिल्लोतहमा पुगेका नेतृत्वहरु मध्येपनि तार्किक र हस्तक्षेपकारी भुमिका निर्वाह गर्न महिला नेतृत्वलाई तयारी बनाउन श्रमजिवी महिलाहरुलाई दक्ष एवंम स्व जागरुत बनाउन श्रम क्षेत्रमा नभई विवध बिषयमा नेतृत्व लिनु महिलाहरुको लागि गर्वको विषय पनि हो ।
अन्तराष्टिय टे«ड युनियन आन्दोलन ईतिहास ः समयसँगै महिलाहरुप्रतिको समाजमा पनि हेर्ने बुझ्ने र सोच्ने कुरामा परिवर्तन पक्कै भएको छ । घर भित्र मात्रैको कामलाई काम सम्झिने तर घरबाहिर गरिने कामलाई लैङ्किकताको आधारमा सोच्ने सोच निक्कै फड्को मारेको छ । जस्को परिणमा स्वरुप महिलाहरु औपचारिक,अनौपचारिक र स्वरोजगारी क्षेत्रमा संलग्न हुने र औपचारिक रुपमा क्षमको परिभाषाभित्र समेटिन थालेको सख्या बढ्दो छ ।
श्रम बजारमा महिला सहभागिताको अवस्थालाई हेर्दा संयुक्त राष्ट्रसंघको अध्ययनका अनुसार विश्वका ७६.१ प्रतिशत पुरुष ४९.४ प्रतिशत महिला आर्थिक उत्पादनको क्षेत्रमा सहभागी भएकाछन् । तर आजपनि श्रम बजारको अवस्थालाई हेर्दा घेरैजसो महिलाहरु प्रत्यक्ष रुपमा आर्थिक उत्पादनका रुपमा नलिने क्षेत्रमा क्रियाशील रहेको उनिहरुको गणना मापनको खोजी जारी छ । यसलाई राष्ट्रिय आयको रुपमा गणना गर्न थाल्नु सकारात्मक कुरा हो ,महिलाको लागि आर्थिक सामाजिक न्याय भनेको जेण्डर भुमिका रुपान्तरण पनि हो । यसरी हेर्ने हो भने सेवा मुलक कामको ५२ प्रतिशत काम महिलाले गर्दछन् जस मध्ये २१ प््रतिशत महिलाले पारिश्रमिक पाउने र ३१ प्रतिशत बिना पारिश्रमिकको देखिन्छ । यस क्षेत्रको बाकि ४८ प्रतिशत काम पुरुषले गर्दछन् जस्मा ३८ प्रतिशत र पारिश्रमिक नपाउने १० प्रतिशत पुरुष देखिरहदा पारिश्रमिक पाउने महिलाको संख्या महिला भन्दा पुरुषको तिन गुणा बडि रहेको छ । पारिश्रमिक पाउने ठाउमा पनि महिलाहरुले पाउने विश्वस्तरको औसत पारिश्रामिक पुरुषको कमाईकोको तुलनामा ७८ प्रतिशतले मात्र देखिन्छ ।
नेपालमा औद्योगिक पृष्ठभुमि र महिला सहभागिता ः नेपालमा उद्योग स्थापनाको सुरुवात वि स १९९३ सन् १९३६ मा भएको हो, भने औद्योगिक मजदुर आनदोलनले सांगठनिकरुपमा २००३ देखि उपस्थिती जनाएको हो । औद्योगिक क्षेत्रमा श्रमिकहरुको लागि महिलाहरुको हक अधिकार सुनिश्चत गर्न नेपाल टे«ड युनियन नेपाल महासघंले गरिखानेमाथिको शोषण विरुद्व पहिलो आवाज १९७३देखि उठाएको हो । योगमायाको नागरिक अभियानका क्रममा महिलामाथिको शोषण, दासप्रथाको अन्त्यको लागि जहाँ महिला अनि पुरुषको सहभागिता थियो त्यहाँ अलि सहज वातावरणको महशुस नगरिएको होईन ।
यस्ता थुप्रै आनदोलनमा यस महासंघले महिलाका हक अनि अधिकारलाई सुनिश्चित गर्न ठुलो भुमिका खेलेको छ । महिलाहरुले पाउने पारिश्रमिकको विषयलाई लिएर २००९ मा वीरगंजको श्रमिकहरु मैदानमा उत्रिएका थिए त्यो बेला महाजनहरुले १७ आना नगद वा सोहि रकम बराबरको धान ज्यालामा दिनुपर्नेमा पाचँ आना नगद वा सोहि बराबरको धान दिएपछि श्रमिकहरु जुलुस सहित बिरोधमा उत्रिएपछि सरकाले गोली चलाउदा ५ जना श्रमिकको मृत्यु भएको थियो भने १२५ जना घाईते भएका थिए । त्यसपछि भने बिभिन्न ठाउँ क्षेत्रमा महिलाहरु क्रमश २०३५, २०३७, २०३९, २०४०, २०४६ २०४८, २०५७ हुँदै आन्दोलनमा २०६३ को गणतान्त्रीक आन्दोलन पछि भने महिला श्रमिकहरुको सहभातिामा उल्लेखनिय वृद्वि भएको छ । साच्चै भन्ने हो भने सोहि आन्दोलनको उपलब्धी २०७२ शालको संविधानमा आधारभुत श्रमिकको अधिकार र महिला सम्बिन्धी अधिकारका केहि मुद्वाहरु संविधान मार्फत संबैधानिक अधिकारका रुपमा प्राप्त भएका छन् ।
समयको माग, बदलिदो जीवन शैलीको भागदौड,प्रतिष्प्रदात्मक महिला र पुरुष बिचको समानताहरु दिनप्रतिदिन आन्दोलनका फरक फरक ढाचाबाट उजागर भईरहेकाछन् । यसो त आज भन्दा ५० बर्ष अनि बितेको २५ बर्ष र आजको गतिशीलतामा महिलाहरुको अवस्थालाई हेर्ने हो भने उल्लेखनिय सुधार मात्रै होईन अहो हो र आज भन्दा ५० बर्ष पहिलेको महिलाको अवस्था साच्चिकै यस्तो थियो भने जस्तो लाग्ने पनि कतिपय कुरा छन् । तर यसो भनिरहादा के अब महिलाले झट्ट हेर्दा देखिएका सिमित सफलता हेरेर महिला हक र अधिकार पर्याप्त भन्न सकिने अवस्था छईन । विश्व आर्थिक मंचलाई उदधत् गर्दे झण्डै एक शताब्दीसम्म लैङ्किक समानता हुने छैन भनिरहँदा हाम्रो जीवनकालमा हामीले अझै थुप्रै उपलब्धिका आन्दोलन गर्न बाकी नै छ ।
अन्त्यमा, महिला दिवशलाई राजनितीक तवरबाट शुरु भएको भनिएतापनि हाल मलिा सशतिकरण,लैङ्किक समानताका कुरासँग जोडेर मनाउन थालिएको छ । हिजो काम गरे बापतको ज्यालाको रुपमा बढि कुरा हुथ्यो भने अहिले समान काम समान ज्यालाको रुपमा हेरिन्छ । जे होस समय अनुसार आन्दोलनका प्रकेति फरक फरक भएतापनि उदेश्य भनेको महिला हक अधिकार मात्रै नभएर समान अधिकारमा हामी छौ ।