बिहान चार बज्दानबज्दै सवारीसाधनको ‘ट्याँ ट्याँ टुँ टुँ’ आवाज सुरु हुन्छ । घडीको सुई घुम्दै जाँदा यो आवाज झनै घना र बर्बर बन्दै जान्छ । राति १०/११ नबजेसम्म शहरवासीले शान्ति पाउँदैनन् । यो मुलुककै आर्थिक नगरीको रुपमा परिचित वीरगञ्ज महानगरको वेदना हो । दैनिक हजारौं सवारीसाधन गुड्ने वीरगञ्जका सडकमा दिनभरी हर्नको कर्कस आवाजले कोलाहल मच्चाइ रहन्छ ।
सरकारी अध्ययनले वीरगञ्जलाई ध्वनि प्रदुषण सर्वाधिक हुने शहरको रुपमा पहिचान पनि गरेको छ।खाली सडक भएपनि २२० सिसिको पल्सर तथा एफ.जेड.,बि.आर.लगायतका मोटरसाइकलहरुमा ट्रकको हर्न लगाएर चर्को स्वरमा हर्न बजाउँदै अहिलेका ठिटा युवाहरु तिब्र गतिमा हिँड्ने गरेका छन् । जसले गर्दा पैदल हिँड्ने सर्वसाधारण मात्रै नभई सडक छेउछाउको घरमा बसी रहेका व्यक्तिहरु पनि हर्नको कोलाहलबाट ग्रसित हुने गरेको वीरगञ्ज माईस्थानका विकाश सर्राफले बताए उनि भन्छन दिन भरि व्यवसायमा ब्यस्त हुदा पनि ग्राहक संग चर्को आवाजले बोलिन भने दोहारोे संवाद नै सुन्न गाह्रो हुने गरेको र मोटर साईकलको हर्न यति जोडले बजाउछन कि लाग्छ कानकै जाली फुट्यो हर्न बजाउन बन्द गरिएन भने उमेर नै नपुगी पेसरको बिरामी नबनिएला भन्न सकिन्न ।
त्यस्तै बसपार्क निवासी मोहम्मद अलीका अनुसार अब त हर्नको कोलाहलमा बाँच्ने बानी नै परिसक्यो । हुन पनि साँघुरा सडक मात्रै होइन, चार लेनका खुल्ला सडकमा पनि हर्न बजाउँदै हुईकिन्छन् सवारी चालकहरु । ई रिक्सा रिक्साको टिनटिनदेखि ठूला बसको प्वाप्वाँ सम्मको ककटेलले सधैं विरक्त बनाउँछ । स्थानीयहरुलाई त बानी नै परेको छ तर बाहिरबाट आउनेहरु आत्तिन्छन् । बिना कारण चर्को हर्न बजाउनेहरुलाई कारर्वाही गर्नुपर्ने हो तर ट्राफिक प्रहरीहरु पनि त्यस्तालाई कारवाही गर्न सकेका छैनन् । चर्को हर्न बजाउने संस्कृति भारतको विहारबाट भित्रिएको स्थानीयहरुको भनाई छ । भारतको रक्सौल बजारमा वीरगञ्जमा भन्दा बढि हर्न बज्ने गरेको पाइन्छ । यसलाई रोक्न महानगरपालिका तथा ट्राफिक प्रहरीले प्रयास गरेको छ तर सफल हुन सकेको नसकेको स्वीकार्छन जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक सुमन कार्की।
स्थानीयहरुको अनुसार नागरिकमा चेतना छैन, हर्न बजाउँदा ठूलै मान्छे भएको जस्तो ठान्छन् । ट्राफिक प्रहरीको ध्यान पार्किङमा चिट काटेर पैसा उठाउनेतिर छ, ध्वनी प्रदुषण नियन्त्रणतिर छैन । सवारी चालक मात्रै हैन, ठूला स्पीकरमा चलचित्रका प्रचार गर्ने, आयुर्वेदिक औषधिको विज्ञापन विद्यालय कलेजका बसहरुले पनि आगोमा घ्यू थपिरहेका हुन्छन् । त्यसमा पनि कुनै चाड पर्व आयो भने खुलेयाम अस्लिल गीतहरु बजाउँदै नगर परिक्रमा गराउने परम्परा नै बसी सकेको छ ।
साना साना विद्यार्थीहरु देखि लिएर युवायुवतीहरु पनि यस्ता कार्य गर्न पछि पर्दैनन् । सरस्वती पुजाको नाममा विद्यार्थीहरुले अस्लिल भोजपुरी गीतहरु बजाई ध्वनी प्रदूषण गर्नुको साथै समाजमा नकारात्मक असर पारि रहेका हुन्छन् तर त्यसलाई रोक्नुको सट्टा सबैले ट्वा परेर हेरि रहेका हुन्छन् ।कुनै पुजा, आजा जस्तै हनुमान आराधना, शिवचर्चा, अष्ठजाम लगायतका कार्यहरुमा कार्यक्रम स्थलदेखि चारै दिशातर्फको ठूलठूलला घरहरुको छतमाथि ठूलठूला स्पीकार लगाई भगवानको नाममा अस्लिल गीतहरुको धुनमा बनाईएका गीतहरु बजाउनुको साथसाथै भगवानको नाममा हो हल्ला गरि ध्वनी प्रदूषण गरि रहेका हुन्छन् । हिन्दु रितिरिवाज अनुसार भाखल पुरा भएपछि गरिने अष्ठजाममा ठूलो डिजे स्पीकर लगाई गीत बजाई रहेका हुन्छन् । अष्ठजाम पनि विभिन्न किसिमका हुन्छन्, कुनै २४ घण्टा, कुनै ८ दिन तथा अन्य कुनै पुजा आजा एक महिनासम्मको हुन्छन् ।
खास गरेर अष्ठजाम गर्दा एक मिनेटको लागि भएपनि भगवानको नाम जप गर्न रोक्नु हुदैन तर ठूलठूला स्पीकर लगाएर रात, दिन भगवानको जप गर्नु कतिको उचित छ ? नेपालको संविधान २०७२ ले सम्पूर्णको अधिकार सुनिश्चित गरेको छ, तर त्यही संविधाले आफ्नो अधिकारको खोजी गर्दा अन्यको अधिकारको हनन् गर्नु हुँदैन भनेर भनेको छ तर यहाँका स्थानीयहरु पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुलाई केही असर परोस् मतलब छैन । यस्ता कार्य नगरभित्र मात्रै छैन्, सरकारी कार्यालय अथवा प्रहरी चौकी अगाडि नै हुने गर्दछ ।वीरगञ्ज महानगरपालिका १० रानीघाट मन्दिर प्राड्डणमै अस्थायी प्रहरी चौकी छ र त्यही मन्दिरमै सधैं अष्ठजाम, पुजा, शिवचर्चा लगायतका कार्यहरु हुने गरेको छ र त्यो पनि ठूलो स्पीकर छतको माथि राखेर । तर त्यहाँका प्रहरी भने टुलु टुलु परेर हेर्ने बाहेक अन्य केही गर्न सकेको छैन ।
कहिलेकाँही प्रहरीले गएर सानो स्वरमा बजाउन भनेपनि त्यसलाई पालना गर्दैनन् ध्वनी प्रदूषण गर्नेहरु । यसबाट सडकमा हिँड्ने सर्वसाधारण बाहेक विद्यार्थी, विरामीहरुलाई पनि असर गरि रहेको हुन्छ । खास गरेर मानसिक समस्या भएका, गर्भवती महिला, मुटु रोगी लगायत रातको समयमा अध्ययन गर्न बसेका विद्यार्थीहरुलाई पढाईबाट ध्यान विकेन्द्रित गर्ने गरेको छ । ध्वनी प्रदूषणले विरामी, बालबालिका, वृद्धवृद्धा मात्रै नभई स्वस्थ्य मान्छेलाई पनि मानसिक यातना दिने गरेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा. बिरेन्द« बहादुर प्रधानको भनाई छ ।
अत्यधिक ध्वनि प्रदुषणले रिंगटा लाग्ने, चिड्चिडाहट् हुने, कान कराउने, श्रवण क्षमता गुम्दै जाने, एकाग्रता नहुने जस्ता समस्या हुनसक्छन् । प्रेसर हर्न मानिसले सुन्न सक्ने क्षमताभन्दा बढी डेसिवलमा आउने भएकोले असर गर्छ । हाम्रो कानले २५ देखि ८० डेसिवलसम्म सजिलोसँग सुन्न सक्छ, तर प्रेसर हर्नले १२० देखि १५० डेसिवलसम्म आवाज दिन्छ । मुटुका रोगीहरुलाई प्रेसर हर्नले झनै असर गर्छ । यसबाट मुटुको धड्कन बढ्ने र रक्तकोषहरुमा असर गर्ने, चिड्चिडापन उत्पन्न हुने जस्ता समस्या देखिनुका साथै मुटु वा रक्त प्रवाहमा पनि नकारात्मक असर गर्न सक्छ ।
हर्न आतंकलाई रोक्न ट्राफिक प्रहरीले पनि प्रयासै नगरेको होइन ।२ बर्ष पहिले नै नगरको विभिन्न स्थान तथा सडकहरुमा सूचना बोर्डहरु टाँगिएको छ तर, कसैले त्यसको पालना गरेका छैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुमन कार्कीका अनुसार छिमेकी मुलुक भारत विहारका व्यक्तिहरु सधैं वीरगञ्ज पस्ने गरेको र पूर्वाधार नभएको कारण यसको कार्यान्वयन हुन नसकेको बताए । उनले भारतको रक्सौलमा ठूलो स्वरमा हर्न बजाउने परम्परा नै छ, ति व्यक्तिहरु काम विशेषले वीरगञ्ज आउँदा हर्न बजाको बजाई रहन्छन्, एक जनालाई सम्झायौं भोलि पुनः अर्को व्यक्ति आउने गरेको कारण पनि यो समस्याले जडा गाडेको बताए ।
अर्कोतर्फ वीरगन्ज महानगरपालिकासँग पूर्वाधार नभएको कारण पनि हर्नको कोलाहलको समस्याले जडा गाडेको बताए । दिनहुँ मुख्य सकडमा जाम हुन्छ, सानो सवारी साधनदेखि स्कुलको बस मुख्य सडकमा छिरेपछि साँगुरो सडक भएको कारण जाम लाग्छ र जाममा फसेका सर्वसाधारणहरु ट्वाँ ट्वाँ हर्न बजाको बजाई रहन्छ जसले गर्दा पैदल हिँड्नेहरुलाई पनि ध्वनी प्रदूषणले समस्या पारि रहेको बताए ।अर्कोतर्फ ट्राफिक प्रहरीसँग जनशक्तिको कमि पनि भएकोले यसलाई नियन्त्रण गर्न सकिएको छैन ।
वीरगञ्ज महानगरपालिकाले हर्न निषेधित क्षेत्र घोषणा गर्न सकेको छैन ।महानगरपालिकाका मेयर विजय सरावगीले मानिसमा जनचेतनाको कमि भएको बताए । उनले विगत लामो समयदेखि बसेको परिपाटीलाई अन्त्य गर्न केही समय लाग्ने भएको भन्दै यसप्रति महानगरपालिका पूर्ण रुपमा चिन्तित भएको बताए ।