होली जसलाई भोजपुरी भाषामा ‘फगुवा’ भनिन्छ । यस वर्ष पहाडमा होली चैत्र ३ गते वृहस्पतिबार मनाइने छ भने तराईमा होली चैत्र ४ गते शुक्रवार मनाइने तयारी छ । होलाष्टकको दिनदेखि यसको शुरुवात भएर फागुन पूर्णिमाको दिन होलिका दहन गरी चैत्र कृष्ण पक्ष एकम्को दिन बिहान मालपूवा तथा रड्ड, अबिर कुलदेवतालाई अर्पण गर्नुका साथै प्रसादको रुपमा मालपूवा र अन्य मधुर मिठाइले मुख जुठो गरी ठूला–साना, सड्डी–साथीसित परस्परमा रड्ड, अबीर खेलेर ढोल, डम्फू, झाल–मजीरा जस्ता वाद्यहरुको लोक धूनमा होलीको गीत गायी, नाची एकअर्का बीच शुभकामनाको आदान प्रदान गरेर फगुवा पर्वको समाप्ति हुने परम्परा रहेको छ ।
पुराना दिनहरुमा फगुवा रड्डोत्सवको रुपमा समाजका साना ठूला जम्मै वर्गका बीचमा हर्षेल्लास, आपसी भाइचारा र सौहाद्रताका साथ मनाइन्थ्यो । दिनको मध्यान्हदेखि फगुवाका गीत गाउनेहरुको मण्डली आफ्नो पारम्परिक बाजाका साथ प्रत्येक गृहस्थको घरद्वारमा गई बिछाइएका बिछौनामा बसी सुर तालका साथ फगुवा गाउने गर्थे । केहि बेरपछि घरमूलीले त्यस्ता मण्डीमा सामेल भएर आएका प्रत्येक सदस्यहरुलाई रड्ड, अबीर लगाइ दिएर मसाला (बदाम, छोकडा, नरिवल, किशमिश, सुपारी, सुकमेल) बाडी दिएपछि मण्डलीको विदाइ हुन्थ्यो । विदाइ भएपछि मण्डली बसेको ठाउँबाट उठेर बाजा बजाउदै गाउँदथे–सदा आनन्द रहे एहि द्वारे मोहन खेलस होरी हो..सदा आनन्द रहे एहि द्वारे...। अर्थात यस घरद्वारमा सदैव आनन्द रही रहोस, मोहन (भगवान श्रीकृष्ण) यसै प्रकारले हरेक वर्ष फगुवा खेली रहुन । यस प्रकारको गीत गाउदै अर्को गृहस्थको घरद्वारमा जानको लागि हिडद्थे ।
फगुवा गीत मानिसहरुले भद्र तथा शालीनता पूर्वक गाउँदथे । फगुवाको आफ्नै किसिमको ताल मात्रा तथा रस हुन्थ्यो । राम रसको फगुवा, कृष्ण रसको फगुवा तथा लोकरसको फगुवा मात्र गाउदथे । रामरसको फगुवाका केहि वानगीहरु प्रस्तुत छन– लडिका राम धनुष कइसे तुरीहन, हंसेला जनकपुर के लोग..होहो..हो..। अर्को वानगी–दुनू भाइ रोवेला कदम तर, सीया जानकी के ले गइले चोर.. ..होहो..हो..। तेश्रो वानगी–राम खेले होरी, लछुमन खेले होरी, गढ लंका में रावन खेले होरी..होहो..हो..। कृष्णरसको फगुवामा व्रजभूमिमा श्रीकृष्णजीले गोपिनीहरुसित खेलेको होलीको प्रसड्डको वर्णन रहेको हुन्थ्यो भने लोक रसको फगुवामा श्रृड्डार रसको प्रधानता रहन्थ्यो, जोगीरा सरररको लयमा कविताको बाहुलता रहेको हुन्थ्यो । तर अश्लिलता तथा उक्षृंखलता भने पटक्कै हुदैन्थ्यो । गाउँको प्रत्येक गृहस्थको द्वार–द्वारमा अबेर रातीसम्म फगुवा गाइ सकेपछि आ–आफ्नो घर फर्किने बेलामा मण्डलीका सदस्यहरुले धूलो उडाएर फगुवाको समाप्ति गरी चैतावर गाउदै फर्किन्थे । त्यस बेलादेखि चैत्र महिना लागि सकेको जनधारणा रहन्थ्यो ।
वर्तमान समयको फगुवाको रुप रड्ड तथा माहौल अमूलचूल परिवर्तन भइसकेको देखिन्छ । आपसी भाइचारा, सौहाद्रता तथा शालीनताले फगुवाको नाममा अभद्रता, अश्लिलता तथा दुव्र्यसनको परिधान धारण गरिसकेको देखिन्छ । पुराना दिनहरुमा फगुवा लाग्नुभन्दा हप्तौ अगाडीदेखि खसीको मासुको बिक्रिको लागि ग्राहक मानिसहरुको सूची तयार हुन्थ्यो । तर एउटा गाउँभरिमा एउटा खसीको पनि मासुको खपत हुन सक्दैन्थ्यो भने आजका दिनहरुमा फगुवाको दिन के गरीब, के धनी प्रायः प्रत्येक गृहस्थको घरमा एक एक ओटा खसीको मासु खपत भएको तथ्य विद्यमान छ । हुनेखानेहरुको घरमा फगुवाको अवसरमा बदाम, ओखर, सुकमेल, केशर हालेर भाड्डको सेवन हुन्थ्यो भन्ने आजका दिनहरुमा यस अवसरमा बीयर, रक्सीको खोलो वगेको जस्तो सेवन भएको देख्न सकिन्छ । यस्तो स्थितिमा पुराना पारम्परिक फगुवा गाउने, डम्फ, मजीरा, ढोलक बजाउने कलाकारहरुको मात्रा न्यून हुदै गइरहेको स्थिति छ ।
अब गाउँमा फगुवा गाउने मण्डलीको अस्तित्व समाप्त प्रायः छ । फगुवाको दिनमा गाउँका प्रत्येक गृहस्थको द्वार–द्वारमा गई आपसी सद्भाव आदान–प्रदान गर्ने, फगुवा गाउने, रमाइलो गर्ने प्रथा विस्तारै लोप हुने स्थितिमा पुगिसकेको अवस्था आइसकेको छ । अबको फगुवा मनाउने क्रममा मासु खाने, रक्सी, बियर धुत्ने तथा फगुवाको नाममा अश्लिल गीतहरुको रेकर्डेड धूनमा उछृंखलतापूर्वक उफ्रिने, नाच्ने तथा महिलाहरुलाई जिस्क्याउने जस्ता कु–कृत्यहरु मौलाउदै गइरहेको देख्न सकिन्छ । जुन सभ्य समाजको निम्ति निश्चय नै निन्दनीय छ ।
अबका दिनहरमा गाउँ–घरमा फगुवा गीत गाउने मानिसहरु लुप्त प्रायः भइसकेका छन् । सांस्कृतिक रूपमा यो स्थिति अत्यन्त दुःखद छ । वर्ष भरिमा एक पटक मनाइने एउटा रमाइलो गर्ने लोक परम्पराको यस्तो दुःखद् अवसानले बुढापाकाहरुको मन फगुवाको दिन पनि खिन्न अवस्थामा पुग्न थालेको देखिन्छ । यतातिर पनि प्रबुद्ध समाजको दृष्टि पुग्नु जरुरी छ ।