नविन कुमार सिंह पर्सा जिल्लाको लागि नयाँ नाम भने पक्कै पनि होईन् । नेपाल विधार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका सिंहले २०५१ सालमा श्री मंगल मावि भिस्वा स्कुलबाट सदस्यता लिई २०६३ सालमा ठाकुरराम क्यामपसको नेविसंघको ईकाई अध्यक्ष हुँदै २०६५ सालमा स्ववीयु सभापतिका उम्मेदवार बनेका थिए । त्यसयता दुई पटक जिल्ला सदस्यमा निर्वाचित सिंह अहिले भर्खरै केही दिन पहिला सम्म नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशमा पर्सामै सबैभन्दा बढि मत ल्याई सह–सचिवमा निर्वाचित भएका छन् । छिपहरमाई गाउँपलिाका वडा नं. ३ जयमंगलापुर घर भएका नेता सिंह छिपहरमाई गाउँपालिकाको अध्यक्ष पदमा लड्ने चर्चा सुनिदैछ र उनी पनि चुनाव लड्ने तयारीम जुटेका छन् । उनै सिंह संग मध्य नेपालको लागि विभिन्न विषयबारे बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंशः-
१) लामो सयम विधार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका यहाँ आजकाल के मा व्यस्त हुनुहुनछ ?
म् सुरुदेखी नै नेपाल बिधार्थीसंघबाट राजनिती गर्दै तरुण दल हुँदै दुई कार्याकाल जिल्ला सदस्यमा निर्वाचित भए । अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सह–सचिवमा पर्सामै सबैभन्दा बढि मत ल्याएर बिजयी भएको छु । आगामी बैशाखमा हुने स्थानीय निर्वाचनमा हामी अहिले व्यस्त छौं । स्थानीय चुनावमा पर्साको १४ वटै स्थानीय तहमा कसरी कांग्रेस जित्छ भनेतिर लागेका छौं । यसपालिको चुनावमा पुरा पर्सा जिल्ला नै कांग्रेसमय हुने हामीले विश्वास पनि लिएका छौं ।
२) सदियोदेखी चल्दै आएको कांग्रेस पर्साको गुट उप–गुट १४ औं जिल्ला अधिवेशनपछि झन उग्र बन्दै भएको छ ? यसले चुनावमा कतिको प्रभाव पार्ला ?
हम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । अरु पार्टी जस्तो टिकाटलो लगाएर जसलाई पाए त्यसैलाई जिल्ला सभापति वा क्षेत्रिय सभापति मनोनित गरिदैन् । यो त नेपाली कांग्रेसको आन्तरिक प्रतिस्पर्धा हा्े नी । आम निर्वाचन र पार्टीको आन्तरिक प्रतिस्पर्धामा धेरै फरक पर्छ । अहिले पर्सा नेपाली कांग्रेसमा पुरै जिम्मेवारी युवाहरुको काँधमा आएको छ र यसमा युवाहरुको भविष्य पनि जोडिएको छ ।
हामीले युवाहरुको भविष्यलाई कसरी सेफ गर्न सक्छौं त्यस तर्फ लागेका छौं । जहाँसम्म गुट उप–गुटको कुरा छ । हामी सबै साथी एकै ठाउँमा बसेर, चिया खाएर एक ढिक्का भई चुनावमा होमिन्छौं । गुट उप–गुट जिल्ला अधिवेशनसम्म मात्रै थियो । बितिसकेपछि कुनै गुट उप–गुट छैन । चुनावमा नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता एक ठाउँमा आउँछौं । मुख्यतः अहिलेको अधिवेशनमा नेपाल विधार्थी संघबाट राजनीति गरेर आएका साथीहरु पदाधिकारीमा आएका छौं । हाम्रो काँधमा जिम्मेवारी छ । जो असन्तुष्ट हुनुहुन्छ वहाँहरुलाई पनि समेटने हाम्रो जिम्मेवारी हो र हामी समेटछौं ।
३) छिपहरमाई गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्ने यहाँको चर्चा सुनिदै छ ? कांग्रेस पार्टीबाटै लड्नु हुन्छ कि अन्य विकल्प रोज्नु हुन्छ ?
नेपाल विधार्थी संघमै भएको बेलादेखी जनताको लागि लडी जेलनेल गएका हौं । गएको साढे चार वर्षको कार्याकालमा पनि छिपहरमाई गाउँपालिकाको दुःख, सुखमा मैले नै हातोमालो गर्दै सबैभन्दा बढि प्रतिपक्षको भूमिका मैले नै खेलेको हुँदा त्यहाँका जनता र पार्टीका कार्यकर्ताले मलाई नै उम्मेदवारको रुपमा हेरिरहेका छन् । र वास्तवमा भन्नुहुन्छ भने म पनि उम्मेदवार हो र मेरो पनि ईच्छा छ कि म गाउँपालिका अध्यक्ष पदमा चुनाव लडु । त्यो हिसाबले मैले गाउँपालिकामा काम पनि गरेको हो । पार्टीको अधिकारीक निर्णय आयो भने म चुनाव लड्न तयार छु ।
४) कांग्रेसबाट राजनीति गर्ने क्यौं युवा नेताहरु ठाउँ नपाएर बुढेसकालमा पुग्न लागेका छन् भने क्यौले पार्टी नै छोडिसकेका छन् ? यहाँले टिकट पाउने आधार के छ ?
सुरुमै मैले भनेको छुु । नेविसंघबाट राजनीति गर्दै आएका हामीले अहिले चुनाव लडेनौं भने कहिले लड्ने हो ? म ४५ वर्षको भए । हाम्रो पछाडीको सन्ततीहरु अब हामीभन्दा अगाडी आउन खोज्दै छन् । अहिले हामीमा देश, जनता र आफू जन्मेको गाउँ ठाउँको लागि काम गर्ने जुन जोस जागर छ, जुन काम गर्ने शैली छ भने १०/१५ वर्ष पछि रहदैन् नी ? मैले विधार्थी कालबाटै राजनीति गर्दै आएको कामको हिसाबले मैले नै टिकट पाउँछु भने आधार छ । म टिकट पाउँछु ।
५) टिकट नपाएको खण्डमा कांग्रेसकै उम्मेदवारलाई सघाउनु हुन्छ कि अन्य पार्टी रोज्नु हुन्छ ?
नेपाली कांग्रेसमाा हाम्रो भविष्य छ । पुरै समय नै कांग्रेसमा बिताई सकेका मैले पार्टी छोड्नै कुरै हुँदैन् । मैले टिकट पाए भने ठिक छ । अरुले पाएको खण्डमा पनि विगतमा पनि सघाएको थिए र यसपालि पनि पुरै जोडबलको साथ जित गराउन लाग्छु ।
६) तर, नेपाली कांंग्रेस पर्सामा युवाहरुको भविष्य नभएको पनि कांग्रेस छोडेका युवा नेताहरुले आरोप लगाउँदै आएका छन् नी ? अर्थात २०÷२५ वर्ष पहिलेदेखी लड्दै आएका नेताहरु अहिले पनि हाबी छन् ?
अब ६० वर्षको नेताले विकास गर्छ, आफ्नो गाउँटोलमा काम गर्छ भने नयाँ मान्छेलाई किन लडाउन ? अथवा लडाउने के जरुरी छ ? जब वहाँहरु नै सक्षम हुनु हुन्छ भने अरुलाई किन ल्याउने ? यो त कांग्रेसको चार तारालाई मात्रै चिनिने र कांग्रेसको चुनाव चिन्ह रुख छापलाई नचिन्नेहरुको् बखेडा मात्रै हो । अहिले आउँदो चुनावमा कांग्रेसको सबै उम्मेदवार जित्नेछन् । अर्काे, बखेडा गर्नेहरु जहिले नि बखेडा गरिरहन्छन् ।
७) छिपहरमाईमा भएको विकास निर्माणको कार्यलाई यहाँले कसरी निहाल्नु हुन्छ ?
छिपहरमाई गाउँपालिकामा यादगार हुने कुनै पनि किसिमको विकास भएको छैन् । नेपालमै सबभन्दा बढि भ्रष्टाचार भएको गाउँपालिका छिपहरमाई गाउँपालिका नै हो । भएको कुनै पनि काममा जनतलाई प्रत्यक्ष लाभ हुने कुनै काम भएको छैन् । गाउँपालिकाले सोलर लाईटमा त विकास गरेको छ तर कुनैमा बल छैन भने कुनैमा ब्याट्री छैन् । त्यस्तोमा गाउँपालिकाले ४÷५ करोड बजेट हालेको छ । ंगाउँपालिकाभित्र शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि कुनै विकास भएको छैन् । नेपाल खासगरि मधेश प्रदेश कृषि प्रधान प्रदेश हो । त्यसमा पनि हाम्रो गाउँपालिका । तर किसानलाई लाभ हुन सक्ने कुनै पनि काम भएको छ्रैन् ।
गाउँपालिकाभित्र एक किलोमिटर पनि सिचाईको व्यवस्था छैन् । ५० मिटरसम्म पनि कुनै नयाँ नहर निकालिएको छैन् । नारायणी सिचाई लगाएको जुन पुरानो नहर छ, त्यसलाई समेत सफाई गराईएको छैन् । कागजी रुपमा विभिन्न योजना खडा गरेर जमिनमा कुनै काम नै नगरि बजेटमा व्यापक भ्रष्टाचार गरिएको छ । त्यहाँ त निर्माण भएको ढलान सडकहरु १/२ वर्प नबित्दै धमाधम भत्किदै छन् । जुन कमसे कम १५ वर्षसम्म टिक्नु पर्ने हो । समाजिक उत्थानको नाममा विभिन्न एन.जि.ओहरुसंग ठुलो कमिश्नमा समाजिक स्तर उकास्ने लगायतको नामको मात्रै विकास भएको छ । तर जनता र जमिनलाई भने कुनै उपलब्धी छ्रैन् ।
८) प्रतिपक्षमा लड्ने यहाँको सोच हुँदा हुँदै पनि साढे ४ वर्ष वित्दा त यहाँको बिरोध बिरोध देखिएन् ? चुनावको मुखमा किन नराम्रो नि ?
छिपहरमाईमा प्रतिपक्षको भूमिका खेल्ने कोही छ भने त्यो मई हु । गाउँपालिका अध्यक्ष पहिला माओवादीमा हुनुहुन्थ्यो अहिले एमालेमा हुनुहुन्छ । कोरोना कालमा उनी आफ्नो माओवादी कार्यकर्ताको घरमा अर्थात जोसंग १० कठ्ठा, एक विग्हा खेत छ उसैलाई राहतको नाममा दाल, चालम बाड्नु हुन्थ्यो । गरिब दलित, भूमिहिन र गरिखानेलाई त्यसबाट बञ्चित गरिएको थियो । त्यसबेला कांग्रेसकै कार्यकर्ता गएर बिरोध गर्दा गाउँपालिकामा ढुङ्गामुडा भएको थियो । जसमा मुद्दा मोकदमा पनि चलेको थियो । हामीले त गरिखाने, गरिब तथा भूमिहिन मान्छेलाई राहत दिने बिरोध गरेकै थियौं नि । तर अध्यक्षजीले भोटको लोभमा सबथोक पुगेका आफ्ना कार्यकर्तालाई मात्र वितरण गरे । त्यती मात्रै होईन । पटक पटक हामीले गाउँपालिकाको समस्या, भ्रष्टाचार लगायत विभिन्न मुद्दा उठाएर बिरोध गर्दै आएका छा्रै र अहिले पनि गरिनै रहेछौं ।
९) ठाकुराम क्यामपसमा यहाँले गरेका विकासका बारेमा भनिदिनुस् न ?
विधार्थी कार्यकालमा हामीले ठाकुरराम क्यामपसमा धेरै सुधार ग¥यौं । हामी आउनुभन्दा अगाडी ठाकुरराम क्यामपस पढाई नै हुदैन्, राम्रो घरको मान्छे पढ्न जादैनन् जस्ता विभिन्न नकारात्मक सोच थियो । वीरगंजको प्राईवेट क्लेज संचालन गरेका सबै शिक्षकहरु ठाकुरराममा पनि बढाउनुहुन्छ । मिम्न र धनाडय वर्षका विधार्थीहरु पनि ठाकुरराममा बढ्दै छन् जस्ता विभिन्न सचेता अभियानमार्फत हामीले सचेत गरायो । त्यसैको उपलब्धी हो कि अहिले अधिकांश अधिकृत कर्मचारीहरु ठाकुररामकै उत्पादन हुन् । हामी आउनुभन्दा पहिले छात्रावासमा शौचालय थिएन, महिला छात्रवासमा अनुशासन थिएन । हामी नेतृत्वमा पुगेपछि क्यामपस चिफलाई घेरेर, थुनेर, आमरण अनसन बसेर होस्टल, शौचालय लगायत क्यामपसको अन्य क्षेत्रमा सुधार गराए । अर्काे, दलित, गरिब तथा विपन्न विधार्थीहरुको लागि छात्रबृतिको व्यवस्था गरायो । ठाकुरराम क्यामपसमा भएको बौद्धिक वर्गका शिक्षकहरुलाई अनिवार्य रुपमा कक्षा लिन दबाब दिई निरन्तरता गरायौं । तसर्थः ठाकुरराम क्यामपसको शैक्षिक, भौतिक लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय परिवर्तन गरि विकास ग¥यौं ।
१०) लाज त लाग्नु प¥यो नि नेता ज्यु तपाईले लिएको पेटि क्यासको बिबिएस भवन दशक हुन लाग्यो अहिलेसम्म बनाउन सक्नु भएन ? छिपहरमाईका जनतालाई के आवश्वासन दिनुहुन्छ ?
त्यो मैले लिएको होईन् र मेरो काम पनि होईन । विभिन्न किसिमको प्राविधिक कारणहरु छन् । त्यसकारण त्यो भएको छैन् । त्यो ठेक्का मैले लिएको होईन र मेरो नाम पनि जोडिएको छैन् ।
११) छिपहरमाईको अध्यक्ष पदमा तपाई नै चुनाव लडे यहाँको मुख्य एजेण्डा के हुनेछ ?
मैले फेरी भने छिपहरमाई गाउँपालिका पर्सा जिल्लकै दुर्गम गाउँपालिकामध्ये एक हो । पहिलो पनि भन्न मिल्छ । त्यहाँ शिक्षाको एकदमै अभाव छ । अर्काे स्वास्थ्य । धेरै विपन्न तथा दलिप परिवारका समुदाय छन् जो वीरगंजमा आएर उपचार गराउन सक्दैनन् । त्यही भएर स्थानीय स्तरमै अधिकांश बिरामीको उपचार अनिवार्य हुनुपर्छ । त्यहाँ अधिकांश नागरिक कृषि पेशामा नै आत्म निर्भर रहने भएकोले सिचाईको विकास पनि अनिवार्य हुनुपर्छ । अर्काे त्यहाँको सबभन्दा जटिल समस्या हो समाजिक विकृति । अहिले पनि त्यहाँ धनि, गरिब, दलित, उचनिजको भेदभाव कायमै छ । ती भेदभावलाई हटाउने काम गर्छाे । धनी, गरिब, दलित कोही कसैसंग कमजोर छैन् । सबै एकसमान नागरिक हुन् भने समानता ल्याउन चाहन्छु । त्यसतै सडकको अवस्था एकदमै देनिय छ । त्यसलाई पनि सुधार गर्दै अगाडी बढ्छौ ।
१३) बर्षेनी छिपहरमाई गाउँपालिका बर्षातकोे समयमा डुबानमा पर्ने गर्दछ ? केन्द्रमा यहाँको पार्टीको सरकार हुँदा पनि त्यसतर्फ यहाँको पहल देखिएन नी ?
स्थानीय चुनावको बेला शेरबहादुरजी प्रधानमन्त्री बन्नु भयो । चुनावमा हामी हा¥यो र बाम गठबन जित्यो अनि केपी शर्मा ओलीको सरकार बन्यो । ओलीजीको सरकारको बेला माधव नेपालजीले मिर्जापुर लगायतको ठाउँको अवलोकन गर्नु भयो र ओरिया नदी नियन्त्रणको लागि .दुई करोडको बजेट आयो । जसको शिलान्यास माधव नेपालजीले नै गर्नुभयो । तर त्यो बजेट निकालेर गाउँपालिका अध्यक्षले त्यो पैसा सोलारमा लगाए । नदी नियन्त्रणभन्दा सोलार जडानमा बढि कमिश्न भएकोले गाउँपालिका अध्यक्षले नदी नियन्त्रणको सट्ट सोलार जडान गरि बजेटमा व्यापक भ्रष्टाचार गरे । जसको कारण आजसम्म हाम्रो गाउँपालिका डुबानमा पर्छ । सडकको अवस्था पनि दैनिय छ । र वर्षातको समयमा एक गाउँबाट अर्काे गाउँमा जाने बाटो समेत हुँदैन ।