जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपालको ११ औं राष्ट्रिय महाधिवेसन समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष आनन्द थामीको अध्यक्षतामा सम्पन्न भएको छ ।
“जीवनपयोगी ज्याला, मर्यादित रोजगार सामाजिक सुरक्षा श्रमिकको अधिकार“ भन्ने नाराका साथ सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको उक्त कार्यक्रको प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष प्रमुख बिनोद श्रेष्ठको रहेका थिए भने अथितीहरुमा नेकपा एमालेको तर्फबाट बिनोद ढकाल, केन्द्रीय सदस्य ,नेकपा एमाले रुपेश पोखरेल ,सचिव नेकपा एमाले मोरङ जिफन्ट महासचिव जनक चौधरील गाएतले शुभकामना मंतब्य सहित अधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।
२००३ बाट प्रारम्भ भएको यो आन्दोलनले ७५ बर्स पूरा गरिसकेको स्मरण गर्दै श्रेष्ठले लामो समयको आन्दोल ३ काल खण्ड अर्थात राणा शासन, पन्चायत र राजतन्त्र अन्त्य भएर २००७ २००८ २०४३, २०४५,२०४७,२०५४ र २०७० हुदै आजको दिनसम्म आएको छ इतिहास सभ्यता , धर्म, र संस्कारको हरेक व्यवस्थित प्रणालीलाई अभिलेख गर्दै उदाहरणीय कार्य गरेको प्रशंसा गर्द सप्पन्न उक्त अधिवेशनले आगामी ४ बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ ।
अध्यक्ष आनन्द थामी ,उपाध्यक्ष मनोज मगर ,महासचिव दिपक आचार्य ,उपमहासचिव अर्जुन चौलागाईं ,सचिव ( शिक्षा ) गीता भण्डारी ,सचिव (श्रम )अरुणा खनाल र सदस्यहरु क्रमश मुक्ति चौधरी ,तुला सुवेदी,पुस्पा पौडेल,अमित छेत्री, बिरवल चौधरी , हुम बहादुर गुरुङ , इस्वरजङ गाहा, निराजन सिङ ठकुरी, जामुना प्रसाद चौधरी ,सोनम तामाङ, रमा चौलागाईं , बिनोध लामिछाने, संजय राजवंसी, बिजय मण्डल,मनोज चौधरी रहेका छन् । अत्यन्तै सौहार्दपुण ढंगले सम्पन्न नव निर्वाचित कमिटीलाई महासचिव जनक चौधरीले सफथ खुवाउनु को साथै कार्यक्रमको सहजीकरण किशोर धमलाले र जानकारी सचिव गीता भण्डारीले गरेकी थिइन ।