संविधान अनि कानुनमा भएका व्यवस्थाहरुलाई अहिलेपनि पुर्ण रुपमा कार्यवन्यनमा ल्याउन नसक्नु कहिँ न कतै हामी र हाम्रो समाजकै कारण हो भन्न ओठ कमाउनु पर्देन । अझ हामी र हाम्रो समाजले प्रत्यासित वा अप्रत्यासित रुपमा गर्नै गरेको जातिय विवेद अहिले पनि विद्यमान छ ।
मानव अधिकारको विश्वव्यापि घोषणा पत्र १९४८ को धारा १ मा उदघोष गरिएको छ कि सबै व्याक्ति जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकार समान छन् । तर लेखिएको पंति पढेर आहा भन्नु र सोहि कुरालाई व्यावहारमा उर्तान नसक्नु सबै मानिस भन्दा पनि विशेष गरि तिनै हेपिएका, पिछडीएका भनिएका वर्गहरुकै आत्म विश्वास फितलो भएर हो भन्ने संकेत तर्फ ईकित गरिरहेको छ मानविय हरेक क्रियाकलापका व्यावहारले । समाज परिवर्तको नाउँमा कयौँ व्यावस्था फेरिएपनि जातिय छुवाछुतको पाटोमा भने जस्तो परिवर्तन हुन नसक्नु हामी र हाम्रो विभेदित सोच परिवर्तन नभएकै कारण हो भन्न लाज मान्नु पर्ने अवस्था छैन ।
उसो त नेपालको संविधान २०७२ को प्रास्तवना तथा मौलिक हकका रुपमा जातिय छुवाछुत विरुदको अधिकारको प्रत्याभुति गरेको छ । संविधानको मुख्य प्रास्तावनामा नेपालमा भएका वा हुने गरेका जातिय छुवाछुत तथा भेदभाव र विवेद तथा उत्पिडनको अन्त्य गर्नै प्रतिज्ञा र धारा १६ मा प्रत्येक व्याक्तिलाई सम्मानपुर्वक बाच्न पाउने अधिकारलाई उल्लेख गरिएको छ ।
नेपालको संविधान २०७२ ले दलितसम्बन्धि अधिकारको सातवटा उपदफाको व्यावस्था गरेको छ । भने पाँचवटा बुँदामा कानुन निर्माण गरेर दलित सम्बन्धि हकको प्रशस्त व्यावस्था गरेको छ । यसरी संविधान अनि कानुनत कतिपय मुल्य अनि मान्यतालाई कार्यवन्यन तर्फ ढाल्दैछ भने नेपाल सरकारले नेपालमा २०६२/०६३ सालको जनाआन्दोलनपछि पुनस्र्थापित संसदले २०६३दजेष्ठ २१ गते सिंगो देश नेपाललाई नै जातिय विभेद मुक्त राष्ट्र घोषणा गरेतापनि मानविय मन मष्तिकमा जातिय विभेदको खोल हट्न नसकनु वास्तवमै दुखद छ ।
नेपालमा जात व्यावस्थाको ईतिहासलाई केलाउने हो भने थुप्रै भनाईहरुले चर्चा र्पाका छन् तसर्थ ठ्याक्कै कहिलेदेखि भन्ने प्रमाण नभएपनि केहि लिखित सामाग्री हेर्ने हो भने नेपालमा जातिय विभेद २६ सय बर्ष बर्ष भन्दा पहिले आंकलन गर्न सकिन्छ । गौतम बुदले एउटि चण्डालकी छोरीको हातबाट खाएको पानी र उतिबेला समाजले गरेको आलोचना बुद्वको जीवनिमाहरुमा पढ्न पाईन्छ । यस्तै २९१० मा जंगबहारदुर राणाले दलित माथी हुने गरेका उत्पिठिनलाई संस्थागत गर्र्दै दलितलाई राजयको निकायबाट नभई समाजमा एक अछुतको रुपमा स्थापित गरेको देखिन्छ ।
यसरी हेर्दा राजा जयस्सिथत मल्लमार्फत १४ औ शताब्दीमा छूवाछुत र जात प्रथालाई समाजमा कायम गराउन ्का लागि वर्णवादी व्यावस्था भित्रयाईएको थियो । साच्चै भन्नृ हो भने शाषकहरुको आदेशबाट मौलाएको जात व्यावस्था २०२० सालमा छूवाछूत विरुदको कानुन बनाई र यस्ता प्रथालाई उन्मुलन गर्ने जात व्यावस्थाको गोडमेल कार्य शुरुभएको देखिन्छ । शासकहरुले निमुखाहरुप्रति गरेको श्रम शोषणका विरुद आक्रोस पोख्नेहरुलाई सझाए दिने र समाजबाट नै तिरस्कार गर्दै सानो जातको बनाईएको थियो ।
विस्तारै विस्तारै सोहि प्रथालाई हुर्काएर जातिय विवेदित तर्कलाई मजबुत बनाउदै मान्छे मान्छे विच कसैलाई छुन हुने र कसैलाई छुन नहुने भनि नामाकरण गरिएयो । सोहि विरासतमा अहिले दलित भनेर कथित व्यावस्था सामु अन्य जात तथा जातिय सोचको प्रहार बोलि सहितको व्यावहारले भोग्दै आईरहेको अवस्था छ । जातको आधारमा विभेद र छुवाछुत गर्नै मान्छेलाई जातकै आधारमा सानो र ठुलो बनाउने विषयमा कुनै धर्ममा उल्लेख भएको पाईदैन । नेपाली समाजमा अभ्यास भईरहेका जात व्यावस्था र त्यसमा निम्तने मानविय विभेदलाई आजसम्मपनि जातिय छुवाछुतको नाममा मानविय सोच र मानयतामा ठुलो पर्खाल बनेर खडा छ ।
अन्त्यमा, आज हामी सिंगो नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको पनि १४ बर्ष पुरा गरि १५ औँ बष प्रदेश गर्दे गर्दापनि पनि हाी र हाम्रो समाज अहिलेपनि जातिय भेदभावको ठुलो खाडल भित्र दलदलमै तछाडमछाड गरिहेको अवस्थाबाट कसरी मानविय सोच सहितको व्याबहारमा एकरुपता आउला सोचनिय कुरा छदैछ । प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र सहितका आन्दोलन र ति आन्दोलनले पाएका उपलब्धीहरुलाई यर्थात जीवनमा परिणत गर्नै सामार्थ राख्न नसकनुले भविष्यमा नेपालमा पनि विभिन्न किसिमका आन्दोलको रुपमा हुने द्वन्द्व मध्ये जातिय द्वन्द्व पनि एउटा कारक बन्न नसकला भन्न सकिदैन ।
सरकारले आफ्ना निती तथा कार्यक्रममा यस्था भविष्यमा हुन सकने दुर्घटनालाई मध्य नजर गरि जातिय उन्मुदनको निमिक्त अझ कडा भन्दा कडा कदम चाल्न पर्दछ भने आज हामी मानविय सोच सँगै मुल्य अनि मान्यता बोकेका मानविय सोच सहितको व्याबहारलाई परिवर्तन गर्न आवाश्यक छ । जबसम्म हामी र हामीले नै सृजना गरेको साँगुरो सोचलाई फराकिलो र भेदभाव रहित बनाउन सकिदैन तदसम्म जातिय विभेदको चपेटामा परेका समुदायले उम्मुक्ति पाउन सक्दैन त्यसैले सबै भन्दा पहिले त म दलित हुँ भन्ने मानशिकतालाई पर छोडेर केवल मानविय जात मात्रै छ हो र मान्नुपर्छ भन्ने मानशिकतामा परिवर्तन आउन सक्दैन तबसम्म समाज परिवर्तन हुन सकदैन ,जबसम्म समाज परिवर्तन हुदैन तदसम्म देश र परिवर्तन हुन सक्दैन बुझ्न जरुरी छ ।