काठमाडौं । पहिलो ओडिआई खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई २९३ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो ।
नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन हो । सन् २०१९ मा यूएईले दुबईमा यसअघि ६ विकेट गुमाई २ सय ५४ रन बनाएको थियो, जुन खेल नेपालले पारस खड्काको शतकमा ४ विकेटले जितेको थियो ।
पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे । उसका लागि चाल्र्स अमिनीले ७७, असाद भालाले ६०, रिले हेकुरेले नर्मन भानुआले ४७ र टोनी उराले ३८ रन बनाए । नेपालका लागि कमलसिंह ऐरी, सोमपाल कामी र दिपेन्दसिंह ऐरीले २–२ तथा कप्तान सन्दीप लामिछाने र पवन सरार्फले १–१ विकेट लिए ।
आज नेपाली मुख्य बलरहरु महंगो सावित भए । सोमपालले ९ ओभरमा ८१, सन्दीपले १० ओभरमा ६२, कमलले ९ ओभरमा ५६ रन दिए । दिपेन्द्रले १० ओभरमा ३२ रन मात्रै दिए । त्यस्तै, पवन सरार्फले ५ ओभरमा २५, आरिफ शेखले ६ ओभरमा २३ रन दिए । यूएईमा नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा जित निकालेको थियो । पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो । नेपालले भोलि पनि पीएनजीसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीय सिरिज लगत्तै नेपालले पीएनजी र मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछ ।
नेपालको प्लेइङ–११ः
कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह ९विकेटकिपर०, सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ ।