चाडवाड नजिकिए सगै मासुको खरिद बिक्रीमा समेत उपभोक्ताहरु ठगिन थालेका छन् ।
पशुचौपाया , कुखुराको मासु तथा माछा बिक्री गर्ने स्थानहरु फोहर हुदा उपभोक्ताहरुले फोहर र अस्वस्थ्यकर मासु खान बाध्य भएका हुन् । खुल्ला अकाश मुनि सरसफाइ तथा न्युनतम मापदण्ड समेत पालना नगरेको पसलहरुले गर्दा तराईका जिल्लाहरुमा अस्वास्थ्यकर मासु खान उपभोक्ता बाध्य बनेका हुन् ।
खुल्ला रुपमा बेचिने मासु पसलहरुमा झिगा भन्केको मासु बिक्री हुने गरेको ठाउँ समेत फोहर स्थानमा नै पसल थापी मासु काटीने गरेकाले समस्या थपिएको छ । बाटो, चौर , राजमार्ग छेउछाउमा समेत खसी, बोका, कुखुरा, बंगुरहरु काटेर बिक्री हुने गरेको छ । तर स्थानीय निकायले यसमा निगरानी गरेको देखिन्न् ।
मासु पसल बनाउदा मार्वल लगाएको पक्की हुनुपर्ने , पसलमा प्रयोगहुने भाडाकुडा, पानी, मासु काट्ने औजारहरु सफा लगायत फ्रिज पसल भएको हुनुपर्ने जस्ता मापडण्डहरु रहेपनी यी नियून्तम मापदण्ड मासु पसल सञ्चालकहरुले गरेका हुन्नन् ।
उचित व्यवस्थापन र सम्बन्धित निकायको ढिलासुस्तीका कारण व्यापारीले समेत मापदण्ड पुरा नगरेको उपभोक्ता हित संरक्षण मन्च रौतहटका सचिव टिका घिमिरेले बताए । तराईको बारा, पर्सा, रौतहट, सर्लाही लगायतक ग्रामिण भेगको हाट बजारमा समेत फोहर स्थानमा मासु माछा बिक्री हुने गरेको पाईन्छ ।