चैत्र शुक्ल पक्षको परेवा तिथीको दिन सौर पाञ्चा·को नवसंवत्सर प्रारम्भ हुन्छ । विक्रम संवत्को नया“ वर्ष बैशाख महिनाको १ गते मनाइने चलन लामो समयदेखि चल्दे आएको छ । चान्द्रवर्ष मान्ने धर्मावलम्वीहरुमा यसै दिन नववर्ष मनाइने चलन रहेको पनि पाइन्छ । स्मरणीय कुरा के हो भन्ने शूभकर्महरु विक्रम संवत्को साटो चान्द्रवर्षको तिथी अनुसार नै मनाइने गरिन्छ । चैत्रशुक्ल परेवा कै दिन ब्रह्माजीले सृष्टिको रचना गरेका थिए भन्ने कुरा धार्मिक ग्रंथहरुमा उल्लेखित छ । वसन्त ऋतूको अन्त्य र ग्रीष्म ऋतूको प्रारम्भ पनि यसै महिनादेखि सुरु हुन्छ ।
यो महिनामा हिन्दू धर्मावलम्बीहरुका लागि केही महत्वपूर्ण व्रत, पूजाहरु प्नि गर्ने गरिन्छ । यो महिनाको परेवा तिथी कै दिनदेखि वासन्तिक नवरात्र आरम्भ हुन्छ । वषर््ाभरिमा जम्मा चारवटा नवरात्रहरु मनाइने चलन रहेको भए पनि मुख्यतया शारदीय तथा वासन्तिक नवरात्र धुमधामका साथ मनाइने गरेको पाइन्छ । शारदीय नवरात्र शक्ति पूजाका साथसाथै राम्रो लगाउने, मिठो खाने प्यूने तथा रमाइलो गर्ने पर्वको रुपमा मनाइन्छ भने वासन्तिक नवरात्र शुद्ध शक्तिपूजा गरेर मनाइने पर्वको रुपमा रहेकोे छ ।
वासन्तिक नवरात्रमा शारदीय नवरात्र झैं क्रमानुसार शक्ति पूजा गर्दा प्रथम शैलपुत्री, द्वितिय ब्रह्मचारिणी, तृतियं चन्द्रघण्टा, कुष्माण्डा चतुर्थ, पञ्चम स्कन्धमाता,षष्टम कात्यायनी, सप्तम काल रात्री,अष्टम महागौरी तथा नवम सिद्धिदात्रीको रुपमा शक्तिस्वरुपा महाकाली, महालक्ष्मी तथा महासरस्वतीको विधि विधान तथा आस्था भक्तिपूर्वक पूजा गर्ने चलन रहेको पाइन्छ । सप्तशतीको विधिवत् पाठ क्रमवद्ध रुपले गरिन्छ । शक्तिपूजाको असल सिद्धि वासन्तिक नवरात्रमा नै हुन्छ भन्ने धेरैजनाको विश्वास रहेको पाइन्छ किनकि यस नवरात्रमा शक्तिहरु वाहेक साधारण गृहस्थको घरमा मासु, माछा निःषेधित पनि गरिन्छ ।
शक्तिपूजाको क्रममा विधिवत् कलशस्थापन, गौरी गणेश पूजन, स्वास्तायन पाठपछि सप्तश्लोकी दुर्गाको पाठ, श्री दुर्गाष्टोत्तरशतनामस्तोत्रको जप, कवच, कील, अर्गला पश्चात वेदोक्त रात्रिसूक्त, देवीअथर्वशीर्ष तथा छवटा न्यास गरे विधिअनुसार नवार्ण मंत्रको एक माला जाप गरेर श्रीदुर्गा सप्तशतीको पूर्ण वा सम्पूर्ण पाठ गरिन्छ । श्री दुर्गासप्तशतीमा जम्मा तीन वटा चरित्रहरु रहेका छन् । शक्तिस्वरुपा भगवतीका तीन रुपहरुका लागि तीनवटा चरित्रहरुको पाठ आवश्यक हुन्छ । महाकालीको लागि प्रथम चरित्र विनियोग तथा ध्यानपूर्वक पाठ गरिन्छ । प्रथम चरित्रको पाठ प्रथम अध्यायमा पूर्ण हुन्छ । जसमा मधुकैटभ नामक राक्षसको वधको कथा वर्णित छ ।
महालक्ष्मीको प्रसन्नताकोलागि मध्यम चरित्रको ध्यानपूर्वक पाठ गरिन्छ । मध्यम चरित्रको प्रसंग द्वितिय, तृतीय तथा चतुर्थ अध्यायसम्ममा रहेको छ जसमा प्रमुखरुपमा महिषासुरको वधको कथा वर्णित छ । त्यस्तै महासरस्वतीको प्रसन्नताका लागि उत्तर चरित्रको ध्यानपूर्वक पाठ गरिन्छ । उत्तर चरित्रमा चण्ड–मुण्ड, धूम्रलोचन, रक्तबीज, तथा शुम्भ–निशुम्भ जस्ता दुर्दान्त राक्षसहरुको वधको कथा पा“चौ अध्यायदेखि दशम अध्याय सम्ममा वणर््िात छ । एकादश, द्वादश तथा ते¥हौं अध्यायमा देवताहरुद्वारा देवीको स्तुति, देवीद्वारा देवताहरुलाइ वरदान प्रदान,देवी चरित्रको पाठको महात्म्य तथा राजा सुरथ तथा वैश्य ऋषिलाइ देवीको वरदान प्रदानको कथा वर्णित रहेको छ ।
सप्तशतीको १३ औं अध्यायको पाठपछि फेरि नवार्ण मंत्रको एक मालाको जाप, प्राधानिक रहस्य, वैकृतिक रहस्य तथा मूर्तिरहस्य नामक तीन रहस्यको पाठ र सिद्धकुञ्जिकास्तोत्रको जाप र अन्त्यमा क्षमापन प्रार्थना गरेपछि दुर्गा पाठ समाप्त हुन्छ । यस प्रकारले पाठ गरेपछि साधकले माता भगवतीको असीम कृपा पाएर आफ्नो अभिष्ट सिद्धि पाउँदछ । देवी कवचमा स्पष्ट भनिएको छ–यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् । अर्थात् भगवतीको पूजारीले मनमा जुन जुन अभिष्ट वस्तुको चिन्तन गर्दछ त्यस त्यस अभिष्ट वस्तुलाई निश्चय नै प्राप्त गर्दछ ।
शाक्तहरुकालागि शक्ति पूजा यसै महिनामा पर्द छ भन्ने वैष्णवहरुकालागि मर्यादापुरुषोतम श्री रामको जन्म भएको दिन चैत्र शुक्ल नवमी पनि यसै महिनामा पर्दछ । नौमी तिथि मधु मास पुनीता । सुकल पच्छ अभिजितहरिप्रीता ।। मध्यदिवस अति सीत न घामा । पावन काल लोक विश्रामा ।। सीतल मंद सुरभी बह बाऊ । हरषित सुर संतन मन चाऊ ।। बिप्र धेनु सुर संत हित लीन्ह मनुज अवतार । ( रा. च. मा., वाल काण्ड) अर्थात नवमी तिथि मधुमास(चैत्र) महिना, शुक्ल पक्ष तथा भगवानको प्रिय अभिजित मुहूत्र्त, मध्यान्हको समय, न जाडो न गमीर्, शीतल, मन्द तथा सुगंधित वायु चलि रहेको थियो, देवताहरु हर्षित तथा संतहरुको मनमा ठूलो कुतूहल थियो ठीक त्यसै बेला ब्राह्मण गाई, देवता तथा संतहरुकालागि भगवानले मनुष्यको अवतार लिए । रामनवमीको दिन रामजन्मोत्सव भक्तजनहरुद्वारा धुमधामले मनाइन्छ तथा विभिन्न राम मन्दिरहरुमा मेला लाग्ने गर्द छ ।
हिन्दूहरुको एउटा ठूलो व्रत पनि यसै महिनाको षष्टी तिथिको दिन पर्दछ । यस षष्टीलाइ स्कन्ध षष्टी, अशोक षष्टी तथा चैती छठ पनि भनिन्छ । तराईमा छठ व्रत कातिक महिनामा बिशेष हुने गर्दछ । तर चैती छठको पनि ठूलो महत्व रहेको हुन्छ । पूर्ण पवित्रताका साथ कार्तिक छठ जस्तै चैती छठ पनि तीन दिनसम्म मनाइने गरिन्छ । कार्तिकको छठभन्दा चैती छठ व्रत कठीन हुन्छ । किनकि कार्तिक छठ जाडोको मौसममा पर्दछ तथा चैती छठ गर्मीमा पर्ने भएको हुनाले व्रतमा निर्जला उपवास गर्न धरैलाई सा¥है कठिन हुन्छ । त्यसै कारणले कार्तिक छठ व्रत गर्नेहरुभन्दा चैती छठ गर्ने भक्तहरुको संख्या अपेक्षाकृत रुपमा न्यून हुन्छ ।
संख्या न्यून भए पनि विधि भने कार्तिक छठभन्दा रत्ति पनि कम हुदैन ।
राभक्तहरुलाई रामनवमी, शक्ति पूजकहरुलाई नवरात्र तथा तराईका मानिसहरुकोलागि छठ रुपी महापर्वहरुको त्रिवेणी रहेको चैत्र महिनामा हावा हुरी, असिना पानीको पनि व्यापक भय जनमानसमा व्याप्त रहेको हुन्छ । खास गरी किसानहरुलाई चैत्र महिना रब्बी बाली भिœयाउने बेला हो । हालका दिनहरुमा तोरी, सस्र्यु जस्ता तेलहन अन्न त भित्रिई सकेका भए पनि मुख्य खाद्यान्नको रुपमा रहेको गहुं तथा दलहन बाली किसानहरुको खेतमा नै छन् । जसलाई भिœयाउन हप्ता दिनको समय कम्तिमा लाग्ने गर्दछ । यस्तो समयमा हावाहुरी तथा असिना पानीले ती देवी देवताहरुले रक्षा गरून् भन्ने पनि आम सर्वसाधारणको देवीसँग अपेक्षा रहन्छ !