२०७८ साल दुई वैशाखमा २७३५।४६ अंकमा सुरु भएको सेयर बजार वर्षको अन्तिम दिन चैत ३० गते ३०।२४ अंक बढेर २४१५।२४ अंकमा बन्द भएको छ ।
सेयर बजार मापक नेप्से परिसूचकले २०७८ साल एक वर्षमा ३२०।२१ विन्दु अर्थात् ११।७१ प्रतिशतले घटेको छ । कोरोना कहरमा पनि उत्साहजनक रुपमा कारोबार भएको सेयर बजारमा पछिल्ला महिनाहरुमा सुस्तता छाएको थियो । तर वर्षको अन्तिम दिन भने केहि बढेर बन्द हुँदा लगानीकर्ताले राहत महसुस गरेका छन् ।
सेन्सेटिभ इण्डेक्स पनि ६।९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २।०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।१३ अंकले बढेको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
तर, नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको सेयर खरिदबिक्री भएको थियो ।यस्तै कोरोना महामारीको समयमा धितोपत्र दलाल व्यवसायी ९ब्रोकर०हरुको कार्यालयमा बन्द भएको स्किृन एक्जिविसन रुम पनि खुला गर्न धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ ।
कोरोनाको समयमा धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भनेर स्क्रिन एक्जिविसन कक्ष बन्द गरिएको थियो । ‘हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको छ ।
यसै सन्दर्भमा कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने÷गराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको स्क्रिन एक्जिविसन कक्ष सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ,’ बोर्डको विज्ञप्तिमा उल्लेख छ ।