महिलाहरुले समान अधिकार पाउन अझै थालेका छैनन् । तर महिलाहरुको आन्दोलनको इतिहास भने धेरै लामो छ । यद्यपि सन् १९७० को दशकदेखि महिला आन्दोलनले बिशेषत संगठित रुपमा नै केही धक्का दिन भने थालेको पाइन्छ । विश्वको इतिहासलाई हेर्ने हो भने वास्तवमै एकदमै न्यून महिलाहरुबाट महिला अधिकारका लागि आवाज उठाउनु पर्दछ भन्ने बहस उठेको देखिन्छ । १९ औं शताब्दीको मध्यतिर आइपुग्दा पनि विश्वका थुप्रै देशमा महिलाहरुको अधिकार अनि महिला र पुरुष बिचको समानता र स्वतन्त्रता जस्ता कुरामा समान व्यवहार भएको देखिदैन ।
महिलाहरुलाई हेर्ने दृष्टिकोण अलि कुन्ठित हुनु बाध्यकारी परिस्थिति थियो । पछिल्लो समय अर्थात २० औं शताब्दीको सुरुवाततिर युरोपियन मुलुकमा औद्योगिकरणको विकाश र विस्तारसँगैको व्यापकतालाई विश्वमा विज्ञान र प्रविधिको विकाश अनि उत्पादनमा श्रमिक र पुँजीवादी वर्गहरु बिच आफ्नो वर्गीय विशेषतालाई अंगाल्दै श्रमिकहरुको श्रम शोषणलाई प्रतिपादन गर्दै श्रम गर्ने श्रमिकको निमित्त कार्य थलोको वातावरण सामाजिक सुरक्षा अनि ८ घन्टा काम र ८ घण्टा आराम अनि ८ घन्टा मनोरन्जनको लागि सर्घष गरी आधारभुत अधिकारको मागमा सडकमा उत्रिएपछि बल्ल महिलाहरुको अधिकारको कुरा बाहिर आउन थालेको हो । वास्तवमा महिलाहरु सामाजिक क्षेत्रमा आफ्नो अधिकारका कुरा उठाउन अनिमात्र थालेको देखिन्छ ।
नेपालमा महिला आन्दोलनको कुरा गर्ने हो भने आन्दोलनले छुटै किसिमको इतिहास बोकेको छ । सुरुको आन्दोलन कुस्संकार र वेतिथिको कारण नै महिलाहरु पिछडिएको इतिहासलाई हेर्दा महिलालाई नै धर्मसँग जोडेर हेर्ने आँखा एकातिर र अर्काे तर्फ महिलालाई नै लक्ष्मी, सरस्वती, देवीको रुपमा पुज्दै आएको परम्परा पनि कम ताजा छैन । नेपालमा महिला माथी हुने गरेको सामाजिक विभेदको अन्त्य गर्न भनेर पहिलो प्रयासको रुपमा वि. स १९७७ मा सामाजिक मान्यता प्राप्त सतीप्रथालाई गैर कानुनी भनेर घोषणा गरियो । उक्त आन्दोलनको अगुवाई योगमाया, मंगलादेवी, साधना प्रधान, तारादेवी जस्ता साहसी महिलाहरुको अग्रसरतामा अगाडी बढेको देखिन्छ । यसै गरी सन् १०७० को दशकमा विकाशमा महिला विकाश र महिला लैङ्गिकता र १९८० को दशकमा महिला शशक्तिकरण जस्ता बिषय उठान गरेर महिला हक अधिकार स्वतन्त्रता अनि समानताका कुरामा जोड दिदै आन्दोलनको स्वरुपलाई आवश्यकता अनुरुप अगाडी बढाउदै लगिएको पनि देखिन्छ । जो आजसम्म पनि विभिन्न बिषयलाई लिएर आन्दोलनको रुप चलिरहेकै छ ।
महिलाले अधिकारसँग गाँसिएको मौलिकताको खोजी गर्नु उसको नैर्सगिक अधिकार हो । आन्दोलनको इतिहासले राष्ट्र, राष्ट्रियता सामाजिक सांस्कृत आदि क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण छ । विशाल सागरमा आफुलाई समाहित गर्नुको सार्थकता, औचित्य एवम् महत्व बेग्लै छ । हुन त राजनैतिक परिवर्तन भइरहे पनि सामाजिक मुल्य र मानयता बदलिए पनि आजसम्मको इतिहासले धेरै कुरा मागेको छ भने धेरै कुरा पाएको पनि छ । हाम्रो देशको पुरुष प्रधान समाजमा महिला हक र अधिकार प्रायः जसो घर भित्रको बन्द दिवारमै सिमित भएको छ भनिरहँदा महिलाको हक र अधिकारको रुपान्तरण कसरी हुनसक्छ ? यो सबैको चासोको विषय हो ।
पहिले र अहिलेको दृष्टिकोणमा महिलाका हक र अधिकार सँगै महिला हिंसाका कुराले निक्कै ठूलो स्थान ओगटेको छ । महिला हिंसा समाजको त्यो कुरुप सच्याई हो जस्ले महिला हुनुमा मात्रै होइन छोरी भएर जन्मनु नै एउटा ठुलो बोझ हो भन्ने मानसिकतासँगै जन्माएको छ । हुन त अहिले हामी विज्ञान अनि प्रविधिको युगमा छौं । ठूलो अनि अप्ठ्यारो कामलाई पनि हिजोआज प्रविधि र परिस्थितीले सहज बनाइदिएको छ ।
अहिलेको समयमा यो चै काम गर्न नसक्ने अथवा असम्भव भन्न सक्ने अवस्थामा छैन । तर यहि युगका महिला अहिले पनि जोखिम पूर्ण अवस्थामा हिंसा सहेर बाँच्न बाध्य पनि छन् । यो बाध्यताको शिकार उनिहरु आफ्नै घर परिवारका सदस्यबाट नै हुनु कति दुःखद कुरा हो । संसारभरका ३५% प्रतिशत महिला घरेलु हिंसाका शिकार भएका छन् । जसमध्ये विश्वमा हरेक दिन १३७ जना महिला आफ्नै श्रीमान्बाट वा परिवारको सदस्यबाट मारिन्छन् । विश्व संगठनका अनुसार प्रत्येक तिन मध्ये एक महिलाले कुनै न कुनै प्रकारको हिंसा भोगेकै हुन्छन् । महिला पुनस्र्थापना केन्द्रले सन् २००८ देखि हरेक बर्ष प्रकाशित गर्दे आएको पुस्तकमा महिला हिंसाका घटनाहरु उल्लेख गर्ने गरेको छ ।
ओरेकले २०७६ श्रावणदेखि असारसम्म गरेको अवधिमा १० हजार ७ सय७ ओटा हिंसाका घटना भएको उल्लेख गरेको छ । मधेश प्रदेशको अवस्था अझ नाजुक देखिएको छ । साच्चै भन्ने हो भने घरेलु हिंसामा सबैभन्दा पिढित मदेश प्रदेश कै महिला छन् । तर सहि तथ्याङ्गक लिनको लागि सहि सूचना नदिने र घटित घटना मध्येका घटनाहरु बिभिन्न डर त्रास वा प्रलोवनमा पारी डराई धम्क्याई घरैमा मिलाउने र प्रहरी समक्ष उजुरी नै नपुग्ने हुदाँ वास्तवमा हिंसाका कति घटना भएका छन् ? यकिन गर्न सकिन्न । तर पनि परेको उजुरीका अनुसार २९% प्रतिशत अर्थात ५ सय ३१ महिला हिंसाका घटना भएका छन् । सामान्यतया महिलाहरुले गर्ने श्रमको मुल्यको मुल्याङ्गन नहुनुले पनि पुरुष मानसिकतामा एउटा जरो गाडिएको छ ।
महिलाको कामलाई काम नमान्नु, विभेदकारी संरचनाले पनि महिलालाई आफ्नो रोजाई अनुसारको कार्य गर्न रोकिरहेको छ । महिला स्वतन्त्रताको कुरा गरिरहँदा महिलाले स्वयम् आफ्नो शरिरलाई त आफुले चाहेको अवस्थामा नियन्त्रण गर्न सक्ने वाताववरण सृजना हुदैन भने मानसिक परिवर्तनमा कसरी आउन सक्छ ? खाने, बस्ने, हिड्ने डुल्ने र आवश्यकता अनुसारको पढाइ अनि काम गर्ने स्वच्छ वातावरण हुँदैन भने यी सबै कुराको प्राथमिकता घर भित्रकै सदस्यहरु बिचको असमान सोचका कारण हो भनेर बुझ्न गाह्रो छैन ।
महिला श्रमको पहिचान, मान्यता स्थापित गर्दै महिलामाथि हुने गरेका हरेक हिंसा नियन्त्रणका लागि आफ्नै घर परिवारका सदस्यहरु बीच समझदारी हुनुपर्दछ । अनि मात्रै अहिलेको समाजले चाहेको र समय परिस्थिति अनुरुपको परिवर्तन हुन सक्छ ।