बुवा मान बहादुर माझी आमा शान्ता माझीको कोखबाट पवित्रा माझीको जन्म २०४६ सालमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ४ मा भएको हो । हाल उनी काठमाडौमा बसेर अर्थशास्त्रमा स्नाकोतर गर्दै छिन् । माझी दम्पतिकी जेठी छोरी पवित्राका एक बहिनी र २ जना भाइ छन् । मध्यम वर्गीय माझी परिवारको घरखेत बाडीले बगाएपछि उनीहरु केही समय विचल्ली भएको पवित्राले बताइन् । त्यसै कारण अहिले सम्म पनि बुबाले आइएनजिओमा चालकको रुपमा कार्यरत हुनुहुन्छ भने आमा घरको काम गर्दै प्रौढ शिक्षामा कक्षा ४ मा अध्ययन गर्दै हुनुहुन्छ । बुबाले कक्षा १० सम्म पढनु भएको थियो । छोरीलाई बढाउनु हुदैनभन्दा भन्दै वहाँले शिक्षाको महत्व बुझेकोले मलाई पढाउनु भएको हो । शिक्षाको महत्व बुझेको उनै माझी परिवारकी जेठी छोरी पवित्रासँग मध्य नेपालले विभिन्न बिषयमा गरेको कुराकानी :-
१) यात्राद्धारा महिलालाई शसक्तिकरण गर्न सकिन्छ भन्ने योजना कसरी बनाउनु भयो ?
यात्राद्धारा पनि महिला शसक्तिकरण गर्न सकिन्छ भन्ने विश्वासमा हामीले यो संस्थाको स्थापना गरेका हौ । किन भने जव हामी एक ठाउँबाट अर्काे ठाउमा जान्छौँ । हामीलाई नौलो ठाउँ, रहनसहन, भेषभुषा, भाषा संस्कृतिको बारेमा जानकारी हुन्छ । यसबाट हामीलाई नयाँ ज्ञान प्राप्त हुन्छ । हामीले आफै सक्षम भएको महशुस गर्न थाल्छौ । यात्राले मान्छेलाई शसक्तिकरण गर्छ किन भने की हामी नयाँ ठाउमा जाँदा नयाँ कुरा सिक्छौ ।
एक ठाउमा बसी रहयौ भने बाहिरी ज्ञान प्राप्त हुदैन त्यस कारण यात्रा पनि महिला शसक्तिकरणको एउटा माध्यम हो । र यसैलाई महिला शसक्तिकरणको माध्यम बनाएर यसमा हिडिरहेका छौ ।
२) यस्तो किसिमको काम गर्ने विचार कसरी आयो ?
हामी जति जना अहिले संस्थाका सदस्य छौ । हामी सवै जना यात्रा गर्न एकदमै रुचाउछौ । हामी यात्रा गर्ने क्रममा आफै शसक्त भएको महशुस गरेका छौ । यात्रा गर्नु भन्दा पहिले र यात्रा गरिसके पछिको समयमा हामीमा धेरै परिवर्तन भयो । धेरै कुरा हामीलाई सिकाई भयो । धेरै कुराहरुको बुझाई भयो । यात्राका कारण हामीमा जुन किसिमको यो सकारात्मक परिवर्तन भयो । यस्तै अरु दिदिबहिनी जो यात्रा गर्न सक्नु भएको छैन वहाँहरुको लागि पनि यस्तो अवसर सृजना किन नगर्ने भन्ने सोच आयो र हामी यो संस्थाको स्थापना ग¥यौ ।
३) हालसम्म कुन कुन ठाउँमा भ्रमण सक्नु भएको छ ?
हाम्रो संस्थाको मुख्य परियोजना हितैसी हो । यस अन्र्तगत तीन वटा हितैसी कार्यक्रम गरिसकेका छौ जसमा हितैसी पहिलोमा सर्लाही, रौतहट, धनुषा र सिन्धुली घुम्यौ भने दोस्रोमा धुलिखेल, भक्तपुर, ललितपुर, काठमाडौ घुम्यौ र अहिले हितैसी तेस्रोमा छौ यस क्रममा अहिले हामी वीरगंजमा छौ ।
भर्खरै हामी मकवानपुर पुगेर आयौ अवको योजना पर्साको विभिन्न ग्रामिण भेगमा जान्छौ । त्यस पछि रौतहट, सर्लाही धनुषा हुदै काठमाडौ फर्किन्छौ ।
४) घुमेको ठाउँमा कस्तो परिवेश पाउनु भयो ? पहाड तराईमा घुम्नु भयो फरक के पाउनु भयो ?
म आफै तराईमा जन्मेकी हुँ । तर पनि यहाँको बारेमा यहाँको रहन सहन, भाषा संस्कृतिको बारेमा त्यति धेरै ज्ञान थिएन । जव हामी हितैसी परियोजना अन्र्तगत घुम्यौ त्यसपछि थाहा भयो यही तराईमा कति विविधता रहेको छ । यहाँको संस्कृति, भाषा कति फरक फरक रहेको छ ।
विविधतामा पनि कति सुन्दरता रहेको छ हामीलाई थाहा भयो । हामी गाउँघरमा जाँदा कति राम्रोसंग कुरा गर्नु हुन्छ । कहाँबाट आएको कहाँ बस्नु हुन्छ, खाना खानु भयो की भएन सवै सोध्नु हुन्छ । कस्तो ख्याल गर्नु हुन्छ । शहरको भन्दा पनि गाउँको मान्छेहरु मलाई सरल र आत्मिय लाग्यो ।
५) यात्रा गर्दा कति जना हुनु हुन्छ ? हाम्रो समाजमा अहिले पनि महिलालाई सके सम्म बाहिर जान नदिन खोज्ने समाज छ यस्तो अवस्थामा यहाँहरु कसरी सफल हुनु भयो ?
अहिले हामी हितैसीको तेस्रो चरणमा छौ । यसमा हामीले पाचँ जना बहिनीलाई छनौट गरेका छौ । हामीले आफनो फेसबुक पेजको माध्यमबाट सुचना जारी गरेका थियौ । जसमा १८ देखि २८ बर्षका ६० जना दिदि बहिनीले आवेदन दिनु भएको थिए । विभिन्न चरणको छनौटबाट हामीले पाँच जनालाई छनौट गरेका छौ जसमा २ जना काठमाडौको १जना सुनसरी धरानको, १ जना पोखराको र १ जना चितवनको हुनु हुन्छ । यसमा विभिन्न क्षेत्रका, विभिन्न शैक्षिक पृष्ठभुमि भएका बहिनीहरु हुनुहुन्छ । आज सम्म आई पुग्दा पहिलो चरणमा ४ जना, दोस्रो चरण ५ जना र तेस्रो चरणमा ५ जना गरि अहिले १४ जना बहिनीहरुलाई हामी यात्रामा लगिरहेका छौ ।
६) फरक ठाउँ, फरक परिवेशका व्यक्तिहरु एक भएर यात्रा गर्दा कतिको सहज छ ? के यात्रा सफल होला जस्तो लागेको छ त ?
अहिले सम्म हामीलाई यात्रा गर्न सहज नै भएको छ । कुनै पनि ठाउँमा जाँदा हामी सहयोग पाएका छौ । सवैले हामी सहज रुपमा सहयोग गर्नु भएको छ । शुरु शुरुमा शहरमा बस्ने बहिनीहरु गाउमा जादाँ सिचोको मौषमा चिसो हुने तथा गर्मीको मौषमा गर्मी सहन नस्कने भयो तर पछि वहाँ यहाँको बातावरणसंग घुलमिल हुनु भयो । हामीले यो यात्रामा जाने बहिनीहरुलाई जानु भन्दा पहिले जाने ठाउँको बारेमा जानकारी गराउछौ जसले वहाँहरु पुर्व तयारी भएर जानु हुन्छ । यात्राद्धारा महिललाई शसक्तिकरण गर्न सकिन्छ जुन हाम्रो उद्देश्य छ यसमा अहिले सम्म हाम सफल भईरहेका छौ र अगामी दिनहरुमा पनि सफल हुन्छौ यसमा म विश्वस्त छु ।
७) तपाईहरु अहिले वीरगंमा हुनु हुन्छ । बाहिरबाट सुनेको मधेश र तपाई आफै यात्रा गरे पछि कस्तो फरक पाउनु भयो ?
हामीले बाहिरबाट सुनेको भन्दा आफैले यात्रा गर्दा धेरै फरक पायौ ।
बाहिर रुपमा हेर्दा यहाँ नकारात्म कुराहरु धेरै बाहिर आउने रहेको मैले महशुस गरे । यहाँ त महिलाहरु हिलडुल गर्न गाह्रो दाईजोको निहुमा जलाईन्छ सुनेको थिए तर मैले यात्राको क्रममा त्यस्तो पाईन । यहाँका साथीहरु एकदमै सहयोगी हुनु हुन्छ । हामीलाई यहाँको रहनसहन, भाषा संस्कृतिको बारेमा जानकारी गराउनु भयो । एउटा कुरा मलाई अलिकति नराम्रो लागको छ यहाँका दिदि बाहिनीहरु बाहिर निस्केर यात्रा गर्ने वातावरण छैन । मैले यो विषयमा छलफल पनि गरेको छु । यहाँका दिदिबहिनीहरु पनि बाहिर आउनु पर्छ जस्तो मलाई लागेको छ ।
८) अगामी योजना के छ ?
हामी यो यात्रा संगसंगै अगामी दिनमा गर्न सक्ने कामको योजना पनि बनाईरहेका छौ । हामीले आफनो सेनियरसंगको सुझावहरु पनि लिएर योजना बनाईरहेका छौ ।
अगामी दिनमा गर्लस ट्राभल्स सर्कल बनाईरहेका छौ । हामीसंग यात्रा गरेका दिदिबहिनीहरुले अर्काे ठाउमा पनि यात्रा गर्न सकुन र यात्रा गर्दा एक आपसमा सहयोग होस भनेर हामी जहाँ जहाँ गईरहेका छौ यो सर्कल गठन गरिरहेका छौ । हाम्रो समाजमा एउटा गलत सोच छ महिलाहरु बाहिर जानु हुदैन यसलाई बलनका लागि पनि हामी महिलाहरु यात्रा गर्न जरुरी छ । यात्रा गरेर पनि धेरै कुराको ज्ञान हासिल गर्न सक्छौ ।
९) अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
म के भन्न चाहन्छु भने यात्राद्धारा पनि महिलालाई शसक्तिकरण गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त हुनुस । यसमा सरकारको सहयोग आवश्यक छ ।
हामीले अहिले सम्म यो यात्रालाई व्यक्तिगत सहयोग संचालन गर्दै आईरहेका छौ यसमा सरकारी सहयोग भयो भने अरु दिदिबहिनीहरु सहभागी गराउन सक्छौ । अरु म दिदिबहिनीहरु के अनुरोध गर्न चाहन्छु की तपाई घरमा बसेर तपाई शसक्तिकरण हुदै आफुलाई सहज तथा पायक परेको ठाउमा भए पनि यात्रा गर्नु यात्राले धेरै कुराको बारेमा जानकारी हुन्छ । यसले हामी सक्षम बनाउनमा सहयोग गर्छ ।