घरबार विहिन बालबालिकाहरुलाई पारिवारिक वातावरणमा शिक्षा दिक्षा दिनेगरी सञ्चालनमा रहेको सानो घरको आज डाएन बरोज सानो घरले नामाकरण गरिएको छ ।
वीरगंज महानगरपालिका विर्ता स्थित रहेको सानोघरको उपमेयर शान्ति कार्की, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया र वियोन्ड द ओरफान्ज फाउण्डेशनका सिईओ गियोफ हुकर लगायतले संयुक्त रुपमा नामाकरण गरेका हुन् ।
घरवार विहिन रहेका बालबालिकाहरुलाई सानो पाईलाले अस्ट्रेलियाको वियोन्ड द ओरफान्ज फाउण्डेशनको सहयोगमा सञ्चालित सानो घरलाई फाउण्डेशनका सदस्य स्वर्गिय डाएन बरोजको सम्झनामा नामाकरण गरिएको सानो पाइलाका अध्यक्ष सुदिप लामाले बताए ।
कार्यक्रममा उपमेयर शान्ति कार्कीले वीरगंज महानगर असहायका लागी सहायक बन्दै गएकोमा खुशि व्यक्त गरेकि थिईन् । उनले यस्ता पुण्यको काममा महानगर आवश्यक्ता र क्षमताको अधारमा खुलेर सहयोग गर्ने बताएकी थिईन् ।
यस्तै वडा अध्यक्ष प्रदिप चौरसियाले आफ्नै वडामा स्थापित डाएन बरोज सानो घरले यस समुदायको मनोबल बढाएको बताएका थिए । उनले यहाँका असहाय, घरवार विहिन बालबालिकाहरुको लागी जुनसुकै साथ र सहयोगका लागी वडा कार्यालय महानगरपालिका हरदम तत्पर रहने बचनवद्धता जनाएका थिए ।
सोना पाईलाका अध्यक्ष सुदिप लामाको सभापतित्वमा समपन्न कार्यक्रममा युवा नेता अरविन्द सिंह, वियोन्ड द ओरफान्ज फाउण्डेशन अस्ट्रेलियाका रे क्रिक, केररी, जोन यस्तै अमेरिकाका क्याथरेनी, रिचेल, सानो पाइलाका सिईओ कञ्चन झा, सचिव सुष्मा तिवारी, सञ्चारकर्मी सुष्मा शर्मा, युवा अभियन्ता राजन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।
हाल डाएन बरोज सानो घरमा १२ जना बालबालिकाहरु रहेका छन् तिनको संरक्षण सोना पाइलाले गर्दै आएका छन् । यस्तै सानोघर शनिवार मात्रै जनकपुरमा पनी विस्तार गरिएको छ । जसले त्यहाँ रहेका असहाय, घरवार विहिन बलबालिकाहरुको शिक्षा दिक्षा रेखदेख गर्नेछन् ।