बैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकीदै जाँदा वीरगंज महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु घरदैलो गर्दै जनतालाई रिझाउने, आफ्नो पक्षमा तान्न विभिन्न हतकान्डा अपनाईरहेका छन् । यसैबिच वीरगंज महानगरपाालिकाको वडा नं. १० मा पनि वडाध्यक्षका प्रत्यासीहरु घरदैलो कार्यक्रम गर्दै भोट माग्दै प्रचार प्रसारलाई तिब्रता दिएका छन् । विगत ११ वर्षदेखी समाजसेवा गर्दै कोरोना भाईरसको महामारीको बेला जनताको सेवा र सहयोग गरि स्थापित अजय गुप्ता पनि नेकपा एमालेबाट सो वडामा वडाध्यक्षको उम्मेदवार भएका छन् । उनी पनि आफ्ना प्रतिद्वन्द्वीहरुलाई कडा टक्कर दिने गरेको चर्चा रहेको स्थानीय बताउँछन् । वडामा किन र के को लागि उम्मेदवारी लगायतका विषय बारे उनै गुप्तासंग गरिएको कुराकानी जस्ताको त्यस्तैः
१) वीरगंज महानगरको वडा नं. १० मा यहाँको उम्मेदवारी के को लागी ?
विगतको ५ वर्षमा मेरो वडामा कुनै विकास निर्माणको काम भएको छैन् । वडा नं. १० जिर्ण अवस्थामा छ । मैले विगत ११ वर्षदेखी समाज सेवामा काम गर्दै आएको छु । कोरोना भाईरस जस्तो विश्व महामारीका बेला वडाको नेतृत्व लिएका प्रतिनीधिहरु जनताको दुःख सुखमा साथ सहयोग गर्नुको सट्टा आफ्नै खातिरदारीमा लागेका थिए । विपतको बेला कोही नआउने अनि चुनाव आएपछि हातमुख ढोगेर भोट माग्न जनतालाई रिझाउँदै हिडेका छन् । म पहिलेदेखी नै बिना कुनै पार्टीमा रही निश्पक्ष भावनाले समाजसेवा गर्दै आएको छु । कोरोना काल लगायतको समयमा मैले जनतामा सरकारी बजेटबाट गर्न नसक्नेहरु भन्दा बढि मैले आफ्नो बुवाको सम्पतीबाट गरेर देखाएको हुनाले जनताले मलाई वडामा उम्मेदवारी दिन लगाएका हुन् । हाम्रो वडावासी अहिले पनि विकासको अनुभूति गर्न सकेका छैनन् । उनीहरुलाई सगम्र विकासको अनुभूति गराई उनीहरुको शैक्षिक, आर्थिक र स्वास्थ्य जीवनस्तर उकासी समग्र विकासको अनुभुति गराउनु छ ।
२) यहाँभन्दा अगाडी प्रतिस्पर्धामा आएका र जितेका उम्मेदवारहरु यसपालि छन् । वहाँहरुलाई पछार्न सक्ने तपाईसंग के के आधार छन् ?
मुख्यतः कोरोनाकालमा मेरो वडाबासीको हरेक दुःख, सुखमा हातोमालो गरि अगाडी बढेको छु । कोरोना कालमा आकालको बेला चामल, पिठो, चाउचाउ, अण्डा, तेल, दाल, चिउरा, बिस्कुट, तस्कारी लगायतका खाद्यान्न मैले सहयोग गरि वडावासीलाई संकटको बेला सेवा गरेको छु । घरघरमा बिरामीहरुले प्रत्येक दिन प्रयोग गर्ने औषधीहरु वीरगंज नापाउँदा भारत लगायत अन्य ठाउँबाट उपलब्ध गराएर मैले स्वयम दिएको थिए । ग्यासदेखी बच्चाहरुलाई खाने दुःध समेत मैले आफैले उपलब्ध गराई जनताको सेवा गरेको छु ।
बिरामीहरुलाई हस्पिटल पु¥याएर आवश्यक हेरचाह समेत गर्ने गरेको छु । त्यो बेला मैले कुनै पार्टीमा आबद्ध भएर वा कहि कतैको बजेटबाट गरेको थिएन् । निःस्वार्थ रुपमा मैले आफ्नो घरबाट गरेको थिए । वडाबासीप्रतिको त्यही सेवा देखेर जनताले चुनावको मुखमा तपाई जस्तो व्यक्ति जनताको लागि आउनुपर्छ भनेर वडाबासीले दबाब दिए । सरकारी बजेटबाट पनि जनताको सेवा गर्न नसक्नेहरुलाई मैले आफ्नो बुवाको सम्पतीबाटै जनताको सेवा गरेर देखाएको हुनाले जनताले मलाई वडाको सेवाको लागि आफ्नो प्रतिनीधीको रुपमा उम्मेदवार बनाएका छन् । यही त मेरो जित्ने आधार हो नि । दुःख परेको बेला नै निःस्वाार्थ रुपमा जनतालाई गरेको सेवाकै कारण त चुनाव हार्ने डरले मेरा प्रतिद्धन्द्धीहरु पैसाको खोला बगाउँदैछन् ।
३) वडाबासीले यहाँलाई नै किन भोट दिने ?
वडाबासीलाई आपत विपत बेला चाहिने सहयोग हो । जनता त्यो बेला सडक वा नालाको कमिश्न खोज्न जादैनन् । उनीहरुलाई चाहिने भनेको जनप्रतिनीधीको साथ र सहयोग हो । म आज नि राजनीतिमा आएको हो । तर विगतदेखी नै आधी रातमाा पनि जनताको सेवा र सहयोगमाा जुटेको मान्छे हुँ । म सिजनल होईन कि चुनाव आयो त घरघरमा घुमेर जनताको झुठो सेवक बन्ने नाटक गरु । मुख्यतः मैले आफ्नो बुबाको सम्पती लगाएर जनतालाई सेवा गर्न कुनै कसर बाकी नराखेको देखेर वडाबासीले के सोचे भने जस्ले आफ्नो पुँजी जनताको सेवामा लगाईरहेको उसले सरकारको बजेट पनि सही तरिकाले सदुपयोग गरि जनताको सेवा गर्छ । जनताले मलाई निःस्वार्थ रुपमा जनतााको सेवकको रुपमा देखेकै कारण मलाई बिश्वास गरेका छन् । मैले जनतामा गरेको काम र सेवाा देखेर भ्रष्टाचार नगरि वडाको समृद्धीका लागि काम गर्छन भने विश्वासले यसपालि मलाई भोट दिन्छन् ।
४) यहाँको पार्टीबाट उम्मेदवार बनेका निवर्तमान मेयर आलोचित रहेको अवस्थामा तपाईलाई साथ समर्थन कतिको भएको छ ?
सरावगीजीले पनि काम गर्नु भएको छ । अरुले भन्छ तर निवर्तमान मेयरले गरेर देखाउनु भएको छ । टिकाटिप्पणी त आफ्नो ठाउँमा छ । मैले पनि कोरोनाकालमा काम गरेको छु त अरु भन्छ गरेको छैन् । त्यो त जनतासंग सोधेर हुन्छ नि ? मेयरले स्रोत साधन अनुसार आफ्नो ठाउँमा राम्रो काम गर्नु भएको छ । मलाई पनि मेयर साहेको समर्थन छ, मेयर साहेलाई पनि मेरो समर्थन छ । अबको आउने दिनमा यस्तो काम हामीले गरेर देखाउँछौं कि विपक्षीलाई कहि कतै औला उठाउने ठाउँ हुँदैन् ।
५) यहाँको घोषणामाा मुख्य ३ वटा आधारहरु के के हुन ?
मुख्यतः जनतालाई चाहिले भनेको स्वास्थ्य, शिक्षा र २४ घण्टा सेवा । स्वास्थ्य क्षेत्रमा बच्चा, सुत्केरी महिला, ज्येष्ठ नागरिकहरुलाई स्तरीय स्वास्थ्य सुविधा हुनु पर्छ । प्रत्येक वडाबासीलाई एम्बुलेन्स सेवाा फ्रि हुनुपर्छ । हामीले गर्भवती महिला, बच्चा, तथा ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको पनि व्यवस्था गर्छाै । निःशुल्क शिक्षासहित निःशुल्क कोचिङ्गको पनि व्यवस्था गर्छाै । साथै निःशुल्क लोकसेवा आयोग कक्षा संचालन गराई अन्य शिक्षा लिन चाहने जेहेन्दार बिधार्थीहरुलाई पूण सहयोग गर्छाै । गरिब तथा विपन्न परिवारका विधार्थीहरुलाई शैक्षिक सामग्री, स्कुल शुल्क, ड्रेस लगायत निःशुल्क गर्छाै ।
म प्रतिनीधिको रुपमा आएको खण्डमाा २४ औं घण्टा टोल फ्रि नम्बर सेवा उपलब्ध गराउछु । कसैलाई कुनै किसिमको आवश्यकता वा समस्या परेको बेला त्यसमा सम्पर्क गरि समस्या साधामान गरिने व्यवस्था गर्छाै ।
यस्तै, युवाहरुलाई विभिन्न सिपसंग जोडि रोजगारतर्फ उन्मुख गर्छाै । पढेर पनि आर्थिक समस्याका कारण धेरै युवाहरु अगाडी बढ्दैनन्, उनीहरुलाई आवश्यक सहयोग गरि अगाडी बढाउँछौं ।