नेपाल प्रहरी मार्फत देशका जनतालाई सेवा दिदै आएका स्वतन्त्रका उम्मेदवार नरेश प्रसाद यादव नरेश प्रसाद यादव मत बटुल्न घरदैलोमा लागेका छन् । वीरगंज महानगरपालिका वडा नं. १८ बाट स्वतन्त्रमा उम्मेदवारी दिएका नरेश प्रसाद यादवको नेतृत्वमा घरदैलो कार्यक्रम समपन्न गरेका छन् ।
वडा नं. १८ को सौरहा, भवानीपुर, ईनर्वा, इनर्वा टोला, सुखचैना लगायतको ठाऊँमा जनताको घर मै पुगेर अग्रजहरुको आर्शिवाद लिदै घरदैलो कार्यक्रम समपन्न गरेको हो । स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले आप छाप मार्फत जनताको घर घर पुगेर मत बटुल्न व्यस्त यादव विग्तमा नेपाल प्रहरी मार्फत देशका जनतालाई सेवा दिदै आएका थिए ।
हाल सेवा निवृत उनले वडा नं. १८ का स्वास्थ्य, शिक्षा, खेलकुद, सडक, नाला, विजुलि बति, कृषि लगायतको हरेक समस्यालाई मुल एजेण्डा बनाई जनमत बटुलिरहेको स्थानीयहरु बताउँछन् ।
कार्यक्रममा जयनाथ यादव, लख्खु पटेल, छोटेलाल साह, धुमा साह, लालबाबु साह, बालकृष्ण यादव, अवध यादव, सोनालाल पटेल, गोरख राउत कुर्मी, श्रीलाल हजरा, मनजय यादव, हरिन्द्र साह गोढ, शिव वचन राउन, आसमान साह, फुलेना साह, संतोष सहनी, सुखाडी यादव, चान्सी यादव, वृजय साह, पानालाल पटेल, सोनालाल पटेल, दिनेश यादव, चन्द्रिका यादव, धुपेन्द्र यादव, जितेन्द्र यादव, मनजय यादव, शिवशंकर पटेल जिउत ठाकुर, गेना ठाकुर, निचिन्त ठाकुर, मनोज साह, वृजकृशोर यादव लगायतको उपस्थितिमा घरदैलो कार्यक्रम समपन्न भएको हो ।