रानीघाटस्थित सार्वजनिक स्थानमा रहेको फोहोर सफाई गरेर अजय कुमार गुप्ताले मंगलबार घरदैलो कार्यक्रम समपन्न गरेको छ । नेकपा एमालेका तर्फबाट वडा नं. १० वडा अध्यक्षका पदका उम्मेदवार समाजसेवी अजय कुमार गुप्ताले घरदैलो मै पुगेर वर्षौदेखी जम्मा रहेको फोहर सफाई गराएका छन् ।
विहानदेखी घरदैलोमा व्यस्त अजय गुप्ताले कोरोना कालमा सयौँ व्यक्तिको पेट भर्ने देखी औषधी उपचारमा घरबाटै खर्च गरेर सेवा गरेका छन् । त्यसको निरन्तरताका लागी उम्मेदवारी दिएका उनले वडा नं. १० को विकासका लागी शिक्षा, स्वास्थ्य, खेलकुद र वडा नं. १० को हरियालिलाई जोड दिएको छ ।
घरदैलो कार्यक्रममा अशोक साह कानु, दशैं साह कानु, विनोद साह कानु, प्रमोद यादव, राकेश पटेल, मुनिलाल पटेल, रञ्जन सिंह, विनोद वर्णवाल, राकेश साह कानु, संजय साह कलवार, रंजित यादव, रामबाबु पटेल, चन्दन वर्णवाल, राके गुप्ता, रुपेश यादव, सुधिर पौडेल, महेश शर्मा, आकाश मालि, सौरभ गुप्ता, गोरख पटेल, प्रभु पटेल, विकराल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
आफुले गर्न सक्ने कामका लागी कुर्नैपर्ने बाध्याता हटाउन तुरुन्तको तुरुन्त सरसफाई कार्यमा लागेको उनको भनाई छ । गत ११ वर्षदेखी समाजसेवा गर्दै कोरोना भाईरसको महामारीको बेला जनताको सेवा र सहयोग गरि स्थापित अजय गुप्ता पनि नेकपा एमालेबाट सो वडामा वडाध्यक्षको उम्मेदवार भएका छन् । उनी पनि आफ्ना प्रतिद्वन्द्वीहरुलाई कडा टक्कर दिने गरेको चर्चा रहेको स्थानीयहरु बताउँछन् ।
कोरोना कालमा आकालको बेला चामल, पिठो, चाउचाउ, अण्डा, तेल, दाल, चिउरा, बिस्कुट, तस्कारी लगायतका खाद्यान्न मैले सहयोग गरि वडावासीलाई संकटको बेला सेवा गरेको छु । घरघरमा बिरामीहरुले प्रत्येक दिन प्रयोग गर्ने औषधीहरु वीरगंज नापाउँदा भारत लगायत अन्य ठाउँबाट उपलब्ध गराएर मैले स्वयम दिएको थिए । ग्यासदेखी बच्चाहरुलाई खाने दुःध समेत मैले आफैले उपलब्ध गराई जनताको सेवा गरेको उनको भनाई छ ।