वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. १८ बाट स्वतन्त्र उम्मेदवारी दिएका नरेश प्रसाद यादव घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै जनताको मत बटुल्ने अभियानमा लागेका छन् । नेपाल प्रहरी मार्फत देशका जनतालाई सेवा दिदै आएका स्वतन्त्रका उम्मेदवार यादव जनताको मत बटुल्न घरदैलो कार्यक्रम गर्दै आफ्नो चुनाव चिन्ह् आँपमा मतदान गर्न जनतासंग आग्रह गर्दै घरदैलो गर्दै आएका हुन् ।
स्वतन्त्र उम्मेदवार यादवले सधै जनताबिच रहेर जनभावना अनुसार समाजिक क्षेत्रमा गरेको कामलाई नै देखेर अहिले यादवको पक्षमा घरदैलो कार्यक्रमा भिड बढिरहेको छ ।
घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै स्वतन्त्र उम्मेदवार यादवले वडा नं. १८ को सौरहा, भवानीपुर, ईनर्वा, इनर्वा टोला, सुखचैना लगायतको ठाऊँमा जनताको घर मै पुगेर अग्रजहरुको आर्शिवाद लिदै घरदैलो कार्यक्रम गरेका थिए ।
आँप चुनाव चिन्ह् भएका यादवले वडा नं. १८ का स्वास्थ्य, शिक्षा, खेलकुद, सडक, नाला, विजुलि बति, कृषि लगायतको हरेक समस्यालाई मुल एजेण्डा बनाई जनमत बटुलिरहेको दिनप्रतिदिन जनाधार पनि बढिरहेको स्थानीयले बताएका छन् । वडाबासीसंग गरेको निरन्तर भेटघाट र घरदौलो कार्यक्रममा जनताबिच लोकप्रियता र आकर्षण बढ्दै अन्य उम्मेदवारलाई कडा टक्कर दिएका छन् ।
कार्यक्रममा जयनाथ यादव, लख्खु पटेल, छोटेलाल साह, धुमा साह, लालबाबु साह, बालकृष्ण यादव, अवध यादव, सोनालाल पटेल, गोरख राउत कुर्मी, श्रीलाल हजरा, मनजय यादव, हरिन्द्र साह गोढ, शिव वचन राउन, आसमान साह, फुलेना साह, संतोष सहनी, सुखाडी यादव, चान्सी यादव, वृजय साह, पानालाल पटेल, सोनालाल पटेल, दिनेश यादव, चन्द्रिका यादव, धुपेन्द्र यादव, जितेन्द्र यादव, मनजय यादव, शिवशंकर पटेल जिउत ठाकुर, गेना ठाकुर, निचिन्त ठाकुर, मनोज साह, वृजकृशोर यादव लगायतको उपस्थितिमा घरदैलो कार्यक्रम समपन्न भएको हो ।