वीरगंज । वीरगंज महानगरपालिकाको मेयर र उपमेयरका प्रत्यासी रहेका गठबन्धनका उम्मेदवारले साझा प्रतिवद्धता सार्वजनिक गरेका छन् । वीरगंजको पुजन होटलमा शुक्रबार एक पत्रकार सम्मेलन गर्दै पाँच दलिय गठबन्धन जसपाबाट वीरगंज महानगरको मेयरको उम्मेदवार रहेको राजेशमान सिंह र नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार रहेका इम्तियाज आलमले संयुक्त रुपमा गरिब तथा विपन्न नागरिकको विजुली र पानी न्यनतम शुल्क महानगरले व्यहोर्ने व्यवस्था मिलाउने गरिे साझा प्रतिबद्धता सार्वजनिक गरेका हुन ।
वीरगंज महानगरको मेयर र उपमेयरका उम्मेदवारद्वय राजेशमान सिंह र इम्तियाज आलमले घोषणा गरेको प्रतिबद्धता पत्रमा फोहोर मैला व्यवस्थापन, नाला सफाई र लामखुट्टे नियन्त्रण गर्न ‘‘सरसफाई घरदैलो अभियान’’ संचालन गरिने, महानगरको सम्पूर्ण करको अवलोकन गरि करको दर घटाईने र दायरा बढाईने जनाईएको छ ।
सरसफाई शुल्क खारिज गरिेने, सरसफाईकमी आए÷नआएको र टोल टोलमा फोहोर संकलन भएको नभएको गुनासो सुन्न डेक्स स्थापना गरिने, डुबान र निकासीको समस्यालाई स्थायी रुपमा समाधान गर्न प्राविधिक अध्ययनका आधारमा नाला निर्माण र सुधार गरिने, महानगर र वडामा हुने भिडलाइ नियन्त्रण गर्न अनलाइन सेवा प्रणाली कार्यन्वयनमा ल्याईने, मधेशी सहिद पार्क सहरका विभिन्न खाली स्थानमा आधुनिक उद्यान निर्माण गरिने र बिपी उद्यानलाई बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री उद्यानको रुपमा विकास गरिने ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचारको व्यवस्था गरिने जस्ता आकर्षण नारा दिएर गठबन्धनले चुनवाको मुखमा साझा प्रतिवद्धता घोषणा गरेको छ ।
नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पर्सा क्षेत्र नं. १ का संघीय सांसद प्रदिप यादव, जसपा पर्सा अध्ययक्ष रामनरेश यादव, गठबन्धनबाट वीरगंज महानगरको मेयर पदका उम्मेदवार राजेशमान सिंह, उपमेयरका उम्मेदवार इम्तियाज आलम, नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, प्रदेश सांसद जन्नत अंसारी, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, जसपा नेता जनार्दन यादव लगायतको सहभागिता रहेको थियो ।