वीरगंज । वीरगंज महानगरपालिकाको उपमेयर पदकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले वीरगंजको विकासको लागि मेरो संकल्प पत्र सार्वजनिक गरेकी छिन् । वीरगंजमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उपमेयरकी स्वतन्त्र उम्मेदवार मिश्राले महिला, शिक्षा, स्वास्थ्य, युवा तथा बालबालिका, सरसफाई, समाजिक न्याय, उद्योग पर्यटन र व्यवसाय, कृषि, पूर्वाधार निर्माण र अन्य गरि १० बुंदे संकल्प पत्र सार्वजनिक गरेकी हुन ।
उपमेयरकी उम्मेदवार मिश्राद्वारा जारी संकल्प पत्रमा महिला सशक्तिकरणको लागि विभिन्न सिपमुलक तालिम तथा प्रशिक्षणहरुको आयोजना गरिने, महिला जनशक्तिको पारिश्रमिकलाई पुरुष सरह समान बनाई एकरुपता ल्याउन पहल गरिने, महानगरका सामुदायिक विद्यालयहरुलाई छात्रा मैत्री बनाउन पहल गरिने, हरेक वडामा निःशुल्क एम्बुलेन्स सेवाको पहल गरिने, युवाहरुलाई प्राविधिक शिक्षासंग जोडी स्वरोजगार बनाउन पहल गरिने महानगरको विभिन्न खाली ठाउँमा बृक्षारोपण गरि हराभरा बनाउन पहल गरिने जस्ता नारा उल्लेख गरिएको छ । उनले स्वच्छ छवि, स्वच्छ बिचार, निःस्वार्थ बिचार, निष्ठासंगै बितिय व्यवस्थापनमा स्नातकोतरसम्मको अध्ययन गरेकी महिला उपमेयरमा निर्वाचित हुनुले महिलाहरुको सशक्तिकरण, महिला हक अधिकार लगायतको क्षेत्रमा महत्वपूण काम गर्ने विश्वास दिलाईन ।
मूलधारका राजनीतिक दलहरुले पनि मधेश प्रदेशकै एक मात्र महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनको नाममा महिलालाई निति निर्माण तहमा पुग्ने संवैधानिक सुनिश्चिततालाई कुण्ठित पारेको आरोप लगाईन । आफु उपमेयरमा निर्वाचित भए गरिब, दलित एवम् विपन्न छात्राहरुलाई उच्च शिक्षाका लागि विषेश छात्रबृतिको व्यवस्थापन गर्नुको साथै समाजिक न्यायको लागि निःशुल्क कानुनी परामर्श र पैरवीका लागि महानगरस्तरीय अधिवक्ताको कार्यालय स्थापना गरिने बताईन् ।
घोषणा पत्र सार्वजनिक गर्दै उपमेयरकी उम्मेदवार मिश्राले गुडिया योजना अन्तर्गत विपन्न र दलित परिवारमा जन्मिने छोरीको नाममा २० वर्षको लागि २० हजारको मुद्दती खाता खलिने पनि बताईन । विपन्न परिवारकी सुत्केरी महिलालाई पोषणको लागि ३ महिनासम्म प्रतिमहिना ५ हजारको दरले सुत्केरी भत्ता उपल्ब्ध गराईने र उद्योगमैत्री निति निर्माणको लागि करको दायरा घटाईने लगायतका घोषणा सार्वजनिक गरेकी हुन ।
गुलाफ चिन्हमा मतदान गरि आफूलाई विजयी बनाउन आग्रह गर्दै मिश्रामले कदमकदाचित मेरै उदासिनतामा कुनै काम भएन भने पदबाट राजीनामा दिएर राजनीतिबाटै सन्यास लिने संकल्प गरिन् ।