१) तपाईको उमेद्वारी के को लागि ?
मेरो उमेद्वारी भ्रष्टाचार बिरूद्धको लागी हो ।मौलापुर नगरपालिकामा जुन तरिकाले बेतिथि र भ्रष्टाचार बढेको छ सायद ही अरू कुनै पालिकामा होला । गएको आर्थिक वर्षमा मात्र २३ करोड ४० लाख भन्दा बढी बेरूजु देखीएको छ । त्यो भन्दा अगाडि ८ करोड बेरूजु देखीएको छ । यस्तो कार्य देशमा अरू कुनै पालिकामा सायदै होला । बिकासको रकम दुरुपयोग गरि भ्रष्टाचार गर्नेहरू चुनावमा अहिले करोड खर्च गर्दै छन । निर्वाचन आयोगको आचारसंहिता उल्लंघन गरेको छ । तर जनतालाई भेंडा बनाइ फेरि बिभिन्न प्रलोभनको आश्वासन दिएका छन् । यो सबै कुरीति र जातीय सोचको उपज हो । यो सबै बेतिथिको बिरूद्ध मेरो उम्मेदवारी घोषणा भएको छ ।
२) जनताले तपाईलाई नै भोट किन दिने ?
मेरो उमेद्वारी नातावाद ,कृपावाद ,जातिय राजनीति र भ्रष्टाचारको विरूद्ध हो । मेरो उमेद्वारी शिक्षा , स्वास्थ्य, कृषी क्रान्ति, स्वच्छ र सुन्दर समाज बनाउने अभियानको लागि हो ।
३ पालिकालाई समृद्ध बनाउने तपाईको एजेण्डा के के हुन ?
पालिकालाई समृद्ध बनाउन मेरो एजेन्डा यस प्रकार छन हरेक टोलका खेतमा कृषि बिधुतिकरण गर्न । किसानलाई सिँचाइ सुविधा निःशुल्क उपलब्ध गराउन । बिरामीहरूको लागी उपचार खर्च १० हजार सदेखी २५ हजारसम्म उपलब्ध गराइने छ ।गरिब जेहेन्दार बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग उपलब्धगराउने । नगरपालिकाको हरेक टोलाको प्रमुख चोकमा सोलार ( टावर लाइट ) जडान गराइनेछ । कृषि सहकारी र समुहमा खेतीगर्ने किसानलाई विशेष योगदान दिइनेछ ।किसानको लागी बाली र पशु विमा संचालन गराइनेछ ।सबै किसिमको बालीको बीउमा ५०% अनुदान दिइनेछ हरेक खेतको कुलो हरेक वर्ष सफाइ गराइने छ ।शिक्षा, स्वास्थ्यको क्षेत्रमा विशेष ब्यवस्था गरिने छ । पालिकामा बैचलर सम्म ( बीए, बीएड , आदि ) पढाइ गराइने छ ।पालिका भरिको बिधालयमा प्राथमिक शिक्षा अंग्रेजी माध्यममा गराइने छ ।
४)यहाँ नै जित्ने आधार के हो ?
मेरो जित्ने आधार भनेको मेरो नयाँ सोच ,मौलिक अधिकार र पहिचान सहितको नयाँ समाज बनाउन भ्रष्टाचारीलाई तहमा ल्याइ नयाँ पुस्ताको भविष्यको लागि मेरो उमेद्वारी