प्रदिप चौरसीया वीरगञ्जवासीको लागी पक्कै नौलो नाम भने होईन ।यूवा अवस्था देखी नै सामाजिक कार्यमा सकृय रहदै २०५३ सालमा योङ्ग स्पोर्टस क्लब नामक स्थानीय क्लबको अध्यक्ष भई समाजसेवामा लागेको उनले बताए । २०५४ साल देखी एमालेमा प्रवेश गरी राजनीतिक यात्रा सुरु गरेका उनले १५१ सदस्यीय चुनाव प्रचार प्रसार समितिको संयोजक पदमा सर्वसहमती बाट वडा नं६ हाल ५ को पाचौ प्यानल विजयी भई त्यति बेला देखी नै समाजको मन जित्न सफल रहेको उनले तर्क गरे । २०६२ सालमा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको सदस्यमा मनोनीत भई समाजमा भएका विकृती विसंगती विरुद्ध अभियान चलाई युवालाई लागु औषध बाट छुटाउने कार्य गर्दै २०६४ सालमा सामुदायिक प्रहरी सेवा समिति को अध्यक्ष पदमा निवार्चित भई गएको स्थानीय निर्वाचनमा राष्ट्रिय मधेश समाजवादी पाटी साइकल छाप बाट विजयी भई वडा अध्यक्ष पदमा रहि वडावासीको मन जिती सफल कार्यकाल बिताईसकेका उनै निबर्तमान वडा अध्यक्ष प्रदिप चौरसीया हाल २०७८ सालमा पूनः नेकपा एमालेमा पार्टी प्रवेश गरी वडा नं ५ मा वडाअध्यक्ष पदका उम्मेदवार प्रदिप चौरसीया सगं गरिएको कुराकानी
१) तपाईको उम्मे्दवारी के को लागि ?
१७, १८ वर्ष जनप्रतिनिधि बिहिन अवस्था पछि स्थानीय सरकार आएको बेला म पनि यस वडाको वडा अध्यक्ष पदमा आएको हुँ । नयाँ सविंधान, नयाँ कानूनको सिद्धान्तलाई जनसमुदाय विच लागु गरि जनचेतना फैलाउनु पर्ने अवस्था साथ साथै वडा समितिलाई व्यवस्थित जन सम्पर्कको लागि वडा अध्यक्ष र जनतासंगको समुधुर सम्बन्धलाई दरिलो र नजिक चिनाउने कार्यको लागि बस्ने स्थान समेत गर्ने र संविधान र कानूनको पालना गर्ने कार्यमा केही समय बित्नु र कोरोना महामारीले २ बर्ष विकास निमार्ण ठप्प हुनु मैले गरेको बाचालाई पूर्ण रुपले पुरा गर्न नसकेको कारण मैले उमेद्वारी दिएको छु । किनभने यस वडामा रोड, नाला, बाटोघाटो विकास हुनु यसलाई मैले विकास गरेको छु भन्ने कुरोमा मेरो चित्त बुझेको छैन किन भने यो त भै रहने कुरो हो अझ मैले यस वडालाई घर नम्बरको आधारमा अनलाइन थाहा पाउने गरि यस वडामा काम गर्न इच्छुक छु ।
२) जनताले तपाईलाई नै भोट किन दिने ?
म वडा अध्यक्ष बने पश्चात मैले वडालाई १ देखि ३२ वडामा आफ्नो वडाको अलग पहिचान बनाए । सूचना प्रवाहका लागि नयाँ टेक्नोलोजी, (डिजिटल वोर्ड) मार्फत वडाका विभिन्न विषयहरुमा सूचना प्रवाह गर्ने व्यवस्थाको आयोजना गरे । हरेक वर्ग क्षेत्रलाई समान रुपले व्यवहार गरि सबको साथ सिद्दान्तलाई अपनाएको ले मलाई भोट दिन्छन भन्ने म विश्वास गरेको छु ।
३) पालिकालाई समृद्ध बनाउने तपाईको एजेण्डा के के हुन ?
यस वडालाई स्वास्थ्य, शिक्षा, र सुरक्षाको साथसाथै स्मार्ट वडा बनाउने र यस वडाको अलग पहिचानको लागी बनाउने एजेन्डा छ ।
४) यहाँ नै जित्ने आधार के हो ?
मैले यस वडालाई नमुना वडा बनाउन सफल भएको छु । आफनो वडाबासीलाई सुविधा सम्पन्न वडा बनाएको छु । त्यसैले म बुझन सक्छु कि यही मेरो जिल्ने आधार हो ।