३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन पर्यवेक्षण समिति नेपाल ९इओसी नेपाल० ले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्ता सहित निर्वाचन पर्यवेक्षण गरिरहेको आयोगले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।विगतको तुलनामा तडकभडक र आचारसंहिता उल्लंघनमा कमी देखिएता पनि उम्मेदवारहरुले प्रचार प्रसारमा नयाँ नयाँ विधि प्रक्रियाहरु अपनाएका कारण निर्वाचन अभियानमा हुने खर्च विगतको तुलनामा धेरै नै बढ्ने अनुमान आयोगले गरेको छ।
निर्वाचन अभियानका क्रममा ध्वजा पताका, ब्यानरहरुको कमी देखिएता पनि आचारसंहिता विपरीत धेरै गाडीहरु, कतैकतै विदेशी नम्बर प्लेटका गाडीहरु, अबेर रातिसम्म आम नागरिकलाई बाधा पुग्ने गरी माइकिङ, सांगितिक कार्यक्रमहरुको बढोत्तरी भएको पाइएको आयोगले जनाएको छ ।यस पटकको निर्वाचनमा आचार संहिता उल्लघंनका घटनाहरु शहरी क्षेत्रमा भन्दा ग्रामीणक्षेत्रमा बढी भएका सूचनाहरु प्राप्त भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मानिसहरु अस्पताल नै भर्ना हुनुपर्ने प्रकृतिका हिंसात्मक घटनाका जानकारी प्राप्त भएको भन्दै आयोगले सुरक्षा व्यवस्थामा अझै कडाई गर्नु पर्ने आवश्यकता देखिएको बताएको छ ।
आचार संहिता उल्लंघन सम्बन्धिका उजुरीउपर निर्वाचन आयोगले ध्यानाकर्षण गराउने र स्पष्टीकरणसम्म सोध्ने काम भएपनि आचारसंहिता उल्लंघनमा सुधार नआएको आयोगको भनाइ छ ।
२७ वैशाख रातिदेखि मौन अवधि सुरु हुन गइरहेको भन्दै आयोगले मौन अवधिमा धेरै किसिमका घटनाहरु घटेका विगतका निर्वाचनहरुको अनुभव रहेको भन्दै यो अवस्थामा निर्वाचनलाई भयरहित, स्वतन्त्र र पारदर्शी ढङ्गबाट सम्पन्न गर्ने र निर्वाचनमा आम नागरिकहरूको सहभागितालाई सुनिश्चित गर्ने दायित्व सबैको हो ।