जीजुबुवा प्रसिद्ध नाटककार एवंम साहित्यकार बालकृष्ण समको प्रेरणा र सहयोगका कारण बाल्य अवस्था निकै सुखी बित्नुको साथै पढाईमा कहिल्यै अवरोध आएन उनलाई । सानैदेखि पढ्नु पर्छ र केही गर्नु पर्छ भन्ने हौसला, उत्साह र प्रेरणा उहाँबाटै पाउनु भएकी श्रीमती मधु राणा अहिले वीरगन्जमा समाज सेवीको नामले परिचित हुनुहुन्छ । बि.सं. २००४ सालमा बाबु जगत प्रकाशजंग शाह र आमा रश्मी राज्यलक्ष्मी शाहको कोखबाट काठमाडौको ज्ञानेश्वरमा जन्मिएकी श्रीमती मधु राणा आफ्ना बुबा आमाकी जेठी छोरी हुन् । उनका १ दाजु र १ बहिनी छन् ।
बाल्यकाल मामा घरमै बिताएकी राणाले अन्य महिलाले जस्तो छोरीले आफ्नो घर बाहिर जानु हुँदैन भन्ने दायरामा उति जकडिनु भने नपरेको उनको भनाइ छ । २००७ सालमा रेडियो नेपाल स्थापना भएदेखि नै आमा रश्मी राज्यलक्ष्मी शाह नेपाल कै पहिलो महिला कार्यक्रम संचालिकाको रुपमा दरिएपछि आमा नै विभिन्न सार्वजनिक कार्यक्रममा जाने भएकोले पनि उनलाई घर बाहिर जाने बन्धनले उति बाँधेन ।
काठमाडौकै डिल्ली बजार स्थित पद्यम कन्या मा.वि.बाट २०१८ सालमा एसएलसी पास गरी पद्यम कन्या क्याम्पसमै २०२१ सालमा आई ए अध्ययन सकेकी राणाको बि ए अध्ययन गर्दा गर्दै २०२२ सालमा वीरगंजको तारा शम्शेर राणासंग विवाह भएको उनले आफ्नो जीवनको अनुभव सम्झँदै भनिन् । विवाहको सात महिना सम्म घरधन्दा मै रमल्लिएकी राणा त्यसपछि भने सासु र ससुरासंग बाल मन्दिरको समाज सेवमा लागिन् । त्यस पछि एक छोरी र एक छोराको हेरचाह संगसंगै महिलाहरुको लागि स्थापना गरिएको सुन्दरमल रामकुमार कन्या विद्यालयमा शिक्षिकाको रुपमा अध्यापन गराउन शुरु गरिन् ।
सात बर्ष अध्यापन गराई सकेपछि नेपाल राष्ट्र बैंक वीरगंजमा कार्यालय सहायकको रुपमा ४ बर्ष काम गरेको अनुभव पनि छ उनलाई । श्रीमानसंग कामको सिलसिलामा ४ बर्ष जति जनकपुर र सुदुर पश्चिम धनगढीमा समेत केही समय व्यतित् गरेकी छन् समाजसेवी राणाले । त्यस पश्चात पुन : वीरगंज मै फर्किएर श्रीमान्सँग मिली निर्माण व्यायसाय संचालक एवंम सहयोगी भएर आफ्नै व्यवसायको शुरुवात गरिन् । त्यो बेलामा सभा सम्मेलन छलफल तथा बैठकमा महिलाहरुको त्यति सहभागीता हुदैन्थ्यो । तर उनी आफनो निर्माण व्यवसायको काम संगसंगै विभिन्न संघ संस्थामा आबद्ध भई श्रीमान् ताराशम्शेर राणाको प्रेरणाले निरन्तर रहँदै आइन् ।
जति पुरुषले काम गर्न सक्छन् त्यति नै काम कर्तव्य अनि अधिकार पनि महिलाले पाउनु पर्छ र गर्न सक्छन् भन्ने मान्यता उनमा जागरण भएपछि भने उनले कहिले पछि फर्कनु परेको छैन । उनका श्रीमान् पनि यो मान्यता भन्दा पछाडी थिएनन् । श्रीमान्को पनि मत एकभएकै कारणले राणा दम्पतिले हरेक काम मिलेर साथसाथै गर्ने गरेका थिए । यति सम्मकी विभिन्न पाटी तथा भोजभतेर र बजारमा घरायसी सरसामान किन्दा पनि सधैं सँगै हुने उनीहरुको बानी वीरगन्जवासीका लागि भने उति नौलो होइन ।
मेहेनती व्यक्तिले संसारमा गर्न नसक्ने केहि काम छैन ! अझै गर्न धेरै बाँकी छ, चाहना छ जीवन रहे सम्म सामाज सेवा गर्छु ।
श्रीमान्को साथ, सहयोग र हौसलाको कारण नै आफू पनि समाजिक कार्यमा सकृय भएर लाग्दा १९७८ मा जेसिसको सदस्य भएदेखि जेसिजको डायरेक्टर हुँदै कार्यकारी उपाध्यक्ष अनि अध्यक्ष जस्तो पदमा पनि विराजमान भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको आजिव सदस्य, महिला समितिको संयोजक तथा उप सभापति, नेपाल क्षयरोग निवारण संस्था, जिल्ला बाल कल्याण समिति, उधोग बाणिज्य संघ, नेपाल भारत सहयोग मंच, नारायण्ी उप क्षेत्रीय अस्पताल र बिभिन्न शिक्षा प्रतिष्ठानमा संलग्न भई विभिन्न पदमा रही सामाजको सेवा गर्दै आई रहेको उनले बताइन् ।
जेसिसको अन्तर्राट्रिय अध्यक्ष तथा राट्रिय अध्यक्षबाट उत्कृष्ट थिम डायरेक्टर अवार्ड प्राप्त, उत्कृष्ट महिला जेसिस एवार्डबाट सम्मानित, लेडि अफ द सिटी एवार्डबाट सम्मानित, महिलामा सवै भन्दा बढी पर्सा जिल्लाबाट रतmदान गरेकोमा रेडक्रस पदकबाट सम्मानित हुने एक साहसी महिला भएको उनलाई नजिकबाट चिन्नेहरुको भनाइ छ । पर्सा मिलन केन्द्रबाट सामाजिक संस्थामा योगदान पु¥याए वापत सम्मानित लगायत दजर्नौ संघ संस्थबाट सम्मानित उनी भरखरै बाल दिवसको अवसरमा पनि नेपालको सम्मानीय राष्ट्रपतिबाट सम्मानित भएकी छन् ।
२०७० सालमा श्रीमान् तारा शम्शेर राणाको मृत्यु भएपछि भने उनको अनुपस्थितिमा आफ्नो व्यतित्व र प्रभाव अधुरो भएको उनलाई आभाष भएको उनले बताइन् । सधैं सबै संग सहज छिटो घुलमिल हुने र सबै भन्दा सवल पक्ष समयको ख्याल राख्ने र कुनै पनि संघ संस्था वा कोही कसैले आयोजना गरेका कार्यक्रमको आयोजकलाई हौसला प्रोत्साहन दिने उहाँको बानी भने अरुका लागि पनि सिक्नुपर्ने पाठ भएको छ । त्यो भन्दा ठूलो पाठ त जहिले पनि केही न केही काम गरिरहने उनको बानीको भने भनी साध्य छैन । मेहेनती व्यक्तिले संसारमा गर्न नसक्ने केहि काम छैन उनको बुझाइ पनि छ । पहिले देखि नै श्रीमती राणाको इच्छा थियो नेपालमा ठुला ठुला हाउजिंङ्ग निर्माण गरी आर्थिक विकास गर्ने । तर उहाँलाई स्वास्थ्यले साथ नदिएर ठूला ठूला परियोजनको लागि टेन्डर हाली प्रतिस्पर्धा गर्न सक्नु भएन । तर एउटा प्रसन्न अपारटमेन्ट तयार गर्न भने सफल हुनु भयो । आज सम्म समाज सेवा स्व. श्रीमान्को सहयोग र प्रोत्साहनको कारण नै गर्दै आएको छु । बाँकी जीवन भनेको कर्म र कर्तव्यले नै तय गर्ने हो उहाँले भन्नु भयो । अझ सार्थक जीवन जिउनका लागि बाँकी जीवन समाज सेवमा समर्पित गर्ने उनको धोको छ ।
सुरुसुरुका दिनमा महिलाहरुलाई काम गर्न निकै चुनौती तथा कठिनाइ थियो तर पहिले र अहिलेमा निकै नै फरक भएको उनको अनुभव छ । अहिले काम गर्न चाहने र केही गर्छु भनेर अगाडी बढ्ने महिलाहरुले सबै तह र तप्काबाट सहयोग र साथ पाईरहेका छन् । विभिन्न संघ संस्था र असहायलाई सहयोग गर्दा आत्म सन्तुष्टि मिल्ने उहाँको तर्क छ । अझै गर्न धेरै बाँकी छ, चाहना छ जीवन रहे सम्म सामाज सेवा गर्ने छु फेरी पनि उहाँले समाजका लागि गर्ने कुरा दोहो¥याउनु भयो ।
सधैं साथदिने श्रीमानको अनुपस्थिति घट्के पनि उहाँको प्रेरणाका कारण सामाजिक सेवा नै गर्ने अटोट लिएर भने बाँचेको उनको भनाइ छ ।