२०४६ सालको राजनीतिक परिवर्तनपछि शेरबहादुर देउवाको सरकारले २०५९ साल फागुन १५ गते बसेको मन्त्री परिषदको बैठकले वीरगंज चिनी कारखाना बन्द गर्ने निर्णय ग¥यो । यो निर्णयसंगै यसैबाट गुजारा चलाईरहेका १ सय ९४ कामदार र यससंग अस्रित हजारौँ किसानहरुको उठिबास भयो ।
कारखानामा मजदुरको रुपमा कार्यरत वीरगंज रानीघाटका साहेबलाल बर्णवालको परिवारमा भने यस निर्णयले ठूलो बज्रपात पा¥यो । ५ वटा छोरा र ५ वटा छोरीका धनी साहेबलाल त्यसबेला के गर्ने के नगर्ने सोच्न सकेका थिएनन् । लामो विश्रामपछि कारखाना सञ्चालनको छाँटकाँट नदेखेपछि खाजा नास्ताको पसल सञ्चालन गरे । धेरै मेहनत, थरिथरिका ग्राहकको, थरिथरिका मागले दिनभरी दौडधुप गर्दा पनि नास्ताको पसलबाट खासै आम्दानी नहुने ६५ वर्षिय साहेबलालले बताए । ठूलो परिवार भएकाले छोरा छोरीको त्यो बेला राम्रो शिक्षा दिक्षा दिलाउन सकिन । आम्दानी भएको रकम घरायसी काममै सकिन्थ्यो । ४/५ वर्ष सम्म यस व्यवसायले छोरा, छोरीको घरजम गराउन र आफु बस्ने घर समेत बनाउन नसकिने देखेपछि बाध्य भएर आफ्नो पेशा नै परिवर्तन गरी फलफूल व्यवसायमा आफू होमिएको उनको भनाइ छ ।
उतिबेला ५ हजारको लगानीले रक्सौलबाट स्याँऊ, सुन्तला, केरा, अनार ल्याएर घण्टाघर अगाडी ठेलामा बेच्न थाले । केही हप्ताको व्यापारले साहेबलाललाई राम्रो सफलता दिलायो । उनी सम्झन्छन् । त्यो समयमा रात्रीबसमा जानेहरु प्रायःले फलफूल किन्थे । विहान ७ बजे देखि राती ८, ९ बजे सम्म ल्याएको सबै फलफूल बेचेर सिधिन्थ्यो । विस्तारै व्यवसायमा लगानी बढाउदै गए । केही वर्षमै फलफूलको रोजगारले सफलता दिलायो । १५ वर्ष अगाडी ४० रुपैयामा बेचिने स्याँउ अहिले एक सय २० मा विक्रि भईरहेको छ । उतिबेला फलफूल व्यवासयी थोरै थिए । आम्दानी धेरै थियो । उतिवेला राजमंगल गुप्ता, जोधन साह, भैरो साह लगायतकाले व्यवसाय छाडिसकेका छन् । आम्दानी रामे भए पनि सो समयमा रक्सौलबाट फलफूल ल्याउन लैजाने झन्झटले मात्र पिरोल्थ्यो । नत्र यस व्यवसायले ३ वटा छोरा र ५ वटा छोरीहरुको विहे गराएर ८ धुर जग्गा किनेर ८ कोठाको घर बनाउन सकें । समय परिवर्तन हुदै यस व्यवसायले दिलाएको सफलताले २ वटा छोरा अहिले पनि स्नातकमा पढ्दैछन् । एक छोरा कालगतिले नै ( मुटुको रोगले ) वित्यो । एक छोरा राहुल बर्णवाल शिक्षक छन् । अर्का छोरा अभिमन्यू वर्णवाललाई मेरै पेशा जिम्मेवारी दिएर केही वर्षदेखि म यहि वीरगंजको घण्टाघर अगाडी चिया बेच्दै आएको छु ।
४/५ वर्षदेखि बुवाको पेशा अंगाल्दै आएका अभिमन्यू वर्णवाल भन्छन्, बुवाको पालामा फलफूल व्यवसाय गर्ने सिमित व्यक्तिहरु थिए । अहिले एक सयभन्दा बढी साइकलमा टोकरी राखेर व्यवसाय गर्नेहरु छन् । बुवा जस्तो ठेलामा राखेर व्यवसाय गर्नेहरु अहिले कोही छैनन् । सबै पलायन भईसके । यस व्यवसायमा अहिले १५ हजार लगानी लगाए दिनको मुश्किलले हजार रुपैया हुन्छ । खासगरी बिहेवारी, ब्रतबन्धको बेला राम्रो आम्दानी हुने यस पेशामा अहिले धेरै व्यापारी भईसकेकाले त्यति आम्दानी हुदैन । बुवाले यो व्यवसाय छोडेदेखि यस व्यवसायबाट मैले भाईहरुलाई पढाउदै, केही ई(रिक्सा भाडामा लागाएको छु । तर अब यसै व्यवसायले केही परिवर्तन हुन्छ भन्न सकिन्न् । देशमा रोजगारी छैन । बाध्य भएर जुन पहिले गर्दै आएको व्यवसाय छ त्यहि गर्नुको विकल्प छैन अभिमन्यूले भने । साधारण पढेलेखेका लागि यो व्यवसाय राम्रो हो । तर बढि पढेलेखेकाका लागि होइन । यहाँ त रोगजारी नभएरै धेरै पढ्न चाह्ने भाइहरु पढाई छोडेर फलफूल व्यवसायमा लागेका छन् । त्यस्ता भाइहरुको भविष्य राम्रो हुन्न उनले भने । पढाई पुरा गरेर रोजगारी गर्नु राम्रो हो । यस्तो व्यवसाय सामान्य पढेलेखेका लागि बढि उपयुक्त हुन्छ । जसले उनीहरुको पनि व्यवसाय सुदृढ हुदै जान्छ । ५ वर्ष अगाडी साइकलमै टोकरी राखेर व्यवसाय थालेका गणेश कलवार अहिले फलफूल व्यवसाय १५ वषर््ीाय भाई अरुणको काधमा सुम्पेका छन् । यो फलफूल व्यवसाय गर्ने व्यवसायीको असफलताको पछिल्लो अवस्था हो । वर्णवालले फलफूल व्यवसायमा उति आम्दानी नभएर छोरालाई सुम्पेजस्तो कलवारले पनि आफ्नो भाइलाई पसल छोडेका छन् । यो फलफूल व्यवसायको गिर्दो अवस्था हो । पहिले जस्तो अवस्था छैन वर्णवालले जोड दिंदै भने ।
रोजगारी नपाएर लाखौँ युवा विदेहको मरुभुमिमा रगत, पसिना बगाउन बाध्य छन् । आफ्नो देशमा व्यवसाय र रोजगारको थुप्रै अवसर हुदाँ हुदै बर्सेने फेरिने सरकार र कर्मचारीहरुले अदूरदर्शी सोचले खुद्रा र विभिन्न किसिमका व्यवसायको उचित व्यवस्था नहुँदा दीगो व्यवसाय संचालन हुन नसकेको फलफूल व्यवसायीहरुले बताए । मै हु भन्नेहरुको सरकार बनाउने र ढाल्ने प्रचलनले दिन दुखिको गुजारा चल्न मुस्किल हुन थाल्यो । हरेक सहरमा विभिन्न व्यवसाय गर्नेहरुको उचित प्रबन्ध गरिएको हुन्छ । तर वीरगन्जको सन्दर्भमा भने आफ्नै पहलमा स-साना व्यवसाय सञ्चालन गर्न खोज्दा भरपर्दो ठाउँ छैन । अव्यविस्थत र फुटपाथमा पसल सञ्चालन गर्न त कस्लाई मन हुन्छ र ? आफैले सजग भएर गर्ने हो । फुटपाथमा कहिले नगर प्रहरी त कहीले ट्राफिक प्रहरीले उठिबास लगाउने गरेको साना व्यवसायीहरुका गुनासा हुन् । विभिन्न समयमा आउने विभिन्न सरकारी अधिकारी र प्रशासन प्रमुखले शहरको गुरु योजना विनै मनपर्दो संरचना बनाउने र भत्काउने गर्दा पनि आफूहरु जस्ता मानिसको आवतजावत बढि हुने ठाउँमा व्यवसाय गर्ने चल्ती पसलवालाहरुको समस्या कम छैन । यदी यी व्यवसायीहरुको समस्या सामाधान तर्फ सरकारी निकायले पहल नगर्ने हो भने दशकौँसम्म जिवित होला भन्न सकिन्न उनीहरुले तर्क गरे ।