नेकपाका नेता एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले विकाश र समृद्धीको लागि कुशासन र भ्रष्टाचारलाई नियंत्रण गर्नुपर्ने बताएका छन् ।
पर्साको छिपहरमाई गाउपालिकामा सम्पन शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धी तथा विकासको बाटो तय गर्न वर्तमान सरकारले पुरानो राज्यसत्ताले थुपारेको फोहरहरु सफा गर्ने काम समेत भइरहेको बताए ।
मुलुकको विकासका लागि सरकारले योजना बनाउने तथा कार्यकर्ता परिचालन गरि त्यसलाई कार्यन्यवन गराउने अहिलेको आवश्यक्ता रहेको बताएका थिए । उनले चाडवाड सकिए लगतै सरकारले बनाएका योजना निती तथा कार्यक्रमलाई वडा वडासम्म कार्यन्यवन गराउनका लागि कार्यकर्ता परिचालन गर्नुपर्ने धारणा राखेका थिए ।
विकास निर्माणको क्रममा स्थानिय तहको भुमिका अहिले महत्वपूर्ण भएको बताउदै उनले जनअपेक्षा अनुसारको काम गर्न सुझाव दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा महिला नेत्री उर्मिला अर्यालले स्थानिय तहबाटै कार्यकर्ताहरु बीच एकता भएर लागन आह्वान गरेकी थिईन् । कार्यक्रममा पर्सा क्षेत्र नम्बर ४ का पूर्व सांसद जयप्रकाश थारुको पहल र सकृयतामा विभिन्न पार्टी परित्याग गरि २ सय जना भन्दाबढीले नेकपा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा संघिय समाजवादी फोरम नेपालका लालबहादुर यादवको अगुवाईमा हिरालाल साह, सुदामा महतो कम्कर, राजेन्द् महतो, वकील मिया लगायत सय जना फोरम परित्याग गरि नेकपा प्रवेश गरेका हुन् । यस्तै नेपाली कांग्रेसका पूर्व वडा अध्यक्ष जयकिशुन महतो, बबन यादव, बनारसी हजरा लगायतका नेता कार्यकर्ताहरु प्रवेश गरेका छन् ।
गाऊँपालिका प्रमुख मनोज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा सांसद शेखचांद तारा, पूर्व सांसद जयप्रकाश थारु, राजकुमार गुप्ता, प्रदुमन चौहान, जिल्ला समन्यवय समितीका सहसंयोजक ठाकुर न्योपाने, युवा नेता रहबर अंसारी लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रमको अवसरमा छिपहरमाई गाउपालिकामा सांस्कृतिक, शिक्षा तथा समाजसेवाका क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । मुक्ती नरायण साहले स्वागत गरेको कार्यक्रमको सहजिकरण राघव साहले गरेका थिए ।