वीरगंज । स्थानीय तहमा निर्वाचित पर्साको १४ पालिका मध्ये १३ पालिकाका प्रमुखहरुको सपथ ग्रहण वीरगंजमा समपन्न भएको छ मतगणना सकिएर निर्वाचित भएका ३ वटा नगरपालिकाका मेयर तथा १० वटा गाउँपालिकाका अध्यक्षहरुले आज सपथ लिएका हुन ।
जिल्ला समन्वय समिति पर्साको हलमा आयोजित सपथ ग्रहण कार्यक्रममा पर्साका प्रमुख निर्वाचन अधिकृत न्यायधिश धर्मराज पौडेलले नवनिर्वाचित मेयर र अध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रमका अध्यक्षता समेत गरेका न्यायधिश पौडेलले राजनैतिक संविधानबाद पार गरेर कानुनी संविधानवादमा आएको बताए । राजनैतिक संविधानवाद संगसंगै कानुनी संविधानवाद पनि हिडाउनु पर्ने बाध्यात्मक कानुनी व्यवस्था रहेकाले संघीय संविधानले स्थानीय तहलाई आफ्नै कानुन बनाएर काम गर्ने अधिकार दिएकाले जनता सामु गरिएको प्रतिबद्धता पुरा गर्न सबैमा शुभकामना व्यक्त गरेका थिए ।
सपत ग्रहण कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण विष्ट, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव, बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, पकहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद मेहता, कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट गुप्ता, धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, जनगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी, जिराभवनी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी र ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ रहेका छन् ।
सपथ ग्रहण समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, राष्ट्रिय अनुशन्धानका उपनिर्देशक दिपक खड्का, नेपाली सेना श्रीजङ्ग गणका गणपति प्रमुख सेनानी जयराम थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक तेज पोखरेल लगायतको उपस्थिति रहेको थियो ।