वीरगंज । वीरगंज महानगरपालिकामा गठबन्धन तर्फको उम्मेदवारको सान्दार जित भएको छ । वीरगंज महानगरपालिकाको मेयर पदमा जसपाका राजेशमान सिंह विजयी भएका हुन् । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगंज महानगरको कुल १ लाख २४ हजार ६ सय ४७ मतदाता मध्ये बहुमत मत गठबन्धनका मेयर उम्मेदवारका राजेशमान सिंह्ले पाएका हुन् ।
९३ हजार ७ सय २८ खसेको मतमा राजेशमान सिंहले ४६ हजार २ सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय कुमार सरावगीले झण्डै २२ हजार ५ सय ४४ मतले पराजित भएका छन् । पुर्व मेयर समेत रहेका सरावगी २३ हजार ६ सय ७१ मतमा मात्रै सिमित रहे । महानगरको मेयरका पदका लागी राप्रपाबाट उम्मेदवारी दिएका लेखक तथा पत्रकार गिरीश गिरीको भने जमानत जफत भएको छ ।
महानगरको अन्तिम परिणाम पश्चात नव निर्वाचित मेयर राजेशमान सिंहले यो जित जनताको जित भएको प्रतिक्रिया दिएका छन् । महानगरको पाँच वर्षमा गर्न नसक्ने कामलाई हामीले प्राथमिकताका साथ गरेर देखाउने उनले प्रतिक्रिया दिएका हुन् । आफुले सपत लिएको २४ घण्टा भित्र महानगरमा देखिने गरी विकास देख्न पाउने उनको प्रतिक्रिया थियो ।
उपमेयरमा इम्तियाज आलम विजयी
वीरगंज महानगरपालिकाको उप मेयरमा नेपाली कांग्रेसका इम्तयाज आलम विजयी भएका हुन् । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगंज महानगरको कुल १ लाख २४ हजार ६ सय ४७ मतदाता मध्ये बहुमत मत गठबन्धनका उपमेयरका उम्मेदवार इम्तयाज आलमले पाएका छन् ।
उपमेयरमा उनी ३० हजार ८७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका पुरुषोतम लाल झालाई २० हजार ५ सय १९ मतको मतान्तरले पराजित भएका हुन् । एमालेसंग गठबन्धन गरि उम्मेदवारी दिएका पुरुषोतम लाल झा ९ हजार ५ सय ६८ मत मै सिमति भए । यसैगरी उप मेयरमा राप्रपाबाट उम्मेदवारी दिएकी विना जैसवालको समेत जमानत जफत भएको हो । कुल मतको १० प्रतिशत समेत ल्याउन नसकेर ५ हजार ९ सय ८८ मत मै उनि सिमति भए ।
लोसपाबाट टिकट नपाएर स्वतन्त्रमा उम्मेदवारी दिएका रम्भा मिश्राले भने ३ हजार ९ सय ९ मत मात्रै ल्याउन सके । महानगरको अन्तिम परिणाम पश्चात नव निर्वाचित उपमेयर इम्तयाज आलमले आउने दिनमा काम गरेर देखाउने प्रतिक्रिया दिए । उनले बोलि मात्र हैन् हामीले गरेरे देखाउनेमा विश्वास राखेकाले काम गरेर देखाउने उनले बताए ।