महामारीबाट हुने मृत्युभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या नेपालमा बढिरहेको छ । के गाऊँ के शहर ! जिल्ला जिल्लाको हालत झन उस्तै छ । प्रहरीको तथ्याङ्क अनुसार प्रत्येक वर्ष नेपालमा सवारी दुर्घटनाको संख्या बढ्दै गएको हो ।
हालसम्म नेपालमा दर्ता रहेका २७ लाख ८३ हजार सवारी साधन मध्ये प्रत्येक दिन सानो र ठूलो गरी १७ वटा दुर्घटनाबाट ५ जनाले ज्यान गुमाउने गरेको तथ्याँकले देखाएको छ । राजमार्ग विस्तार, गऊँघरका सडकको दुरावस्था र व्यक्तिगत असावधानीले दुर्घटना बढेको पाइन्छ हो । विगत तिन वर्षको सडकको अवस्था हेर्ने हो भने, पूर्वाधार उस्तै हुँदा सवारी साधनको संख्या ह्वातै बढेको छ । एक दशक पहिलाको राजमार्गहरु अहिले पनि उस्तै अवस्थामा छन् । बढाउने भनेका सडकका चौडाइ समग्रमा अझै बढेका छैनन् । जिल्ला र ग्रामिण भेगका सडकको त के कुरा राजधानी काठमाण्डौ जाने सडकको अवस्था त भयानक छ भने बाँकीको के कुरा गर्नु ? स्थानीयले भने । नेपालमा हुने अधिकांश सवारी दुर्घटना लापरवाहीले गर्दा भएको तथ्याँकले पुष्टि गरेको छ ।
गत वर्ष भने निर्वाचनका कारण आममानिस निर्वाचन तर्फ केन्द्रित हुँदा दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि घटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । होइन भने प्रत्येक वर्ष दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढी मोटरसाईकल दुर्घटना भएको देखिन्छ । पर्सामा मात्र आर्थिक वर्ष २०७२/०७३ मा ८० वटा दुर्घटनाबाट १९ जनाको मृत्यु भएको र ५० जना गम्भिर घाइते तथा २५ जना समान्य घाइते भएको पर्सा ट्राफिक कार्यालयले जनाएको हो ।
यस्तै आर्थिक वर्ष २०७३/०७४ मा ८५ वटा दुर्घटनाबाट २१ जनाले ज्यान गुमाएका र ४१ जना गम्भिर घाइते तथा १५ जना सामान्य घाइते भएका छन् । यस्तै गत आर्थिक वर्ष २०७४/०७५ मा पनि ५० वटा दुर्घटनामा १७ जनाको मृत्यु भएको, १५ जना गम्भिर घाईते भएका र ५ जना समान्य घाइते भएको तथ्याँक छ । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ को दुई महिनामा १६ वटा दुर्घटना भईसकेका छन् । ती दुर्घटनाबाट २ जनाले ज्यान गुमाएको र ८ जना गम्भिर घाईते तथा ३ जना समान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक सुरेश कुमार शाहले बताए । यी दुर्घटनाहरु मध्ये गम्भिर भएकाहरु कतिले मृत्युलाई जित्न सफल भए वा भएनन् त्यो तथ्याङ्क भने प्रहरीमा आइनसकेको उनको भनाइ छ ।
न्यूनिकरणका उपाय
सडक यातायात नेपालीका लागि विकल्पहिन विकल्प हो । सडक यातायातले जति सुविधा दिएको छ त्यति धेरै सरकारले सडक यातायातका लागी सुविधा पु¥याएको छैन् । प्रमुख राजमार्गभन्दा जिल्लाका भित्री सडकमा दुर्घटना बढ्न थालेको देखिन्छ । दक्ष तथा अनुभवि चालक नभएका कारण पनि दुर्घटना बढी हुने गरेको देखाउँछ । सडक मर्मतको काम धेरैतिर एकैपटक हुनु, पैदल यात्रुका लागि भिन्न बाटो नहुनु, ट्राफिक नियमको पालना नहुनु, यात्रुका लागि एक अर्कालाई जित्न तीव्र गतिमा चलाउनु र गन्तव्यमा पुग्नका लागि समयसीमा कम तोकिनु दुर्घटनाका मुख्य कारण हुन् । यस्तो, अवस्थामा एक पक्षले अर्कालाई दोषारोपण गरिरहने भन्दा पनि सडक दुर्घटनाका पक्षहरु सच्याउन जरुरी छ । यसका लागी नेपाल सरकारले समेत केही नीतिगत रुपमा परिवर्तन गर्नुपर्छ ।
सवारी साधनहरुमा पहेंलो उज्यालो रंगको प्रयोगलाई प्रोत्साहित, सडकको लगत राखी प्राविधिक परिक्षण, विकल्प दिएर सडक मर्मत, सवै प्रकारका सवारीको आयु निश्चित तोकिनु पर्ने लगायतको नितिगत कामहरु गर्न गराउन जरुरी छ । यससंगै दर्जनौँ व्यक्तिको ज्यानको बाँजी थापी गुडाइरहेका चालकहरुलाई सवारी चालक अनुमतिपत्र पहिल्यै प्रशिक्षण दिन जरुरी देखिन्छ । व्यवसायीको लालच, चालकको लापरवाही र यात्रुको लाचारी रोकिए दुर्घटना न्यूनिकरण हुदैँ जाने पर्सा ट्राफिकको भनाइ छ ।