शंकर प्रसाद यादव र जानकी देवीकी छोरी सुखरानी देवीको जन्म हालको कालिकामाई गाउँपालिका वडा नम्बर १ साविकको रवीदास वाड नं. ८ मा भएको हो । दुई छोरी र दुई छोरा मध्येकी जेठी छोरी सुखरानी देवीको जन्म वि.स. २०२७/०४/१६ गते भएको उनले बताइन् । पढाई लेखाई गाउँ कै सामुदायिक विद्यालय तिनडोवीया मा.वि.मा भएको उनको भनाइ छ । राजनीतिमा भने गएको २०७४ सालदेखि संघिय समाजवादी फोरम नेपालमा आबद्ध भएर सुरु गरेको उनले बताइन् । फोरम नेपालमा आबद्ध भई अहिले वीरगन्ज महानगरपालिका वडा नं. १७ को वडा अध्यक्ष रहुन भएकी सुखारानीसँग मध्य नेपाल सन्देशले वडाको विकासका बारेमा गरेको बिशेष कुराकानी :
१ं) वडा नं. १७ एउटा एतेहासिक ठाउँ पनि छ र यसलाई समृद्ध बनाउन केके योजना बनाउनु भएको छ ?
यस वडालाई समृद्ध बनाउनको लागि आवश्यक विकास हुनु पर्दछ । विकासमा कुनै किसिमको कमि हुन दिनु हुर्दैन र बाटोहरु बनाउने काम १७ वडा चारै तर्फ बाट सुरु भई रहेको छ । अलौको कोनिया भन्ने ठाँउमा बाटो बनाउन गाह्रो भएको थियो त्यसै प्रशासन पुलीस, महानगरपालिका, जनताहरुको सहयोगले २० फिट बाटो बनायौ । शिक्षाको गुस्तरीयताका लागि शिक्षा स्वास्थ्यमा कुनै पनि किसिमको कमि हुन नदिने सोचमा छु । वीरगन्ज महानगरपालिकाको १७ नं.वडा जहाँ एउटा ऐतिहासिक ठाँउ छ । त्यस ठाँउलाई समृद्ध बनाउन लागि परिरहेका छौं ।
२) वडावासीलाई घर घरमा सिंहदरबार आएको महसुश गराउन सक्नु भएको छ ?
अहिले नै त सिंहदरबारको महसुस गराउन सकेको छैन । तर विस्तारै विस्तारै विकासका कामहरु हुदैछन् । २० वर्ष सचिव र दलगत पार्टीहरु मिलेर जसो तसो चल्दै आएको विकासे कामहरु अहिले वाडाबासी कै अगाडी कामभई राखेको छ ।
पहिलाको काम कागजमा सिमित हुन्थ्यो भने अहिले जनता कै घर अगाडि भएको छ । जनचेतनाको कमीले गर्दा विभिन्न किसिमको समस्याहरु आईरहेको छ र पनि हामी हार मानेका छैनौ । हामी सबै जनामिलेर यस वडाका बासीहरुलाई सिहदरबार आएको महशुस गराउने छौं ।
३) नगर सभामा राखिएको योजना पारित गर्नलाई कतिको कठिनार्ई भयो ?
खासै केहि कठिनाई त भएन । सहज नै भयो । जुन योजनाहरु आएको छ त्यसै अनुरुप काम पनि भई रहेको छ । खासै त्यस्तो समस्या या झमेला केही भएको छैन ।
४) १७ नंं वडामा झण्डै ५० प्रतिशत मुस्लिम समुदायका मानिसहरु छन् र तपाई आफै एउटा महिला हुनु हुन्छ । मुस्लिम समुदायका महिलाहरुलाई बाहिर निकालेर काममा सहभागी गराउनु के योजना ल्याउनु भएको छ ?
पहिलाको भन्दा त धेरै फरक छ अहिले । मुस्लिम समुदायका महिलाहरु बाहिर निस्कन त्यति कठिनाई छैन । तर पनि महिलाहरुको लागि भनेर सिलाई बुनाई तालिम, व्युटिसियन तालिम, कुसन बनाउने तालिम, कडाई गर्ने तालिम जस्ता महिलाहरुलाई चाहिने सामग्री र आत्मनिर्भर हुने कुरामा सशक्त बनाउन, सिप विकास गर्नका लागि महिला दिदीबहिनीको लागि विशेष योजना बनाएका छौ ।
५) वेरोजगार युवाको लागि के योजना बनाउनु भएको छ ?
वेरोजगार युवाहरुको लागि उनीहरुको योग्यता अनुसार मोटरसाइकल मिस्त्री रिपेरिङ तालिम, कम्प्युटर तालिम, मोबाईल रिपेरिङ तालिम, साथ साथै महिला युवाहरुको लागि पनि व्युटिसियन तालिम, सिलाई बुनाई तालिमहरुको योजना बनाइएको छ ।
६) तपाईले आफ्नो वडामा के कस्ता समस्याहरुको पहिचान गर्नु भएको छ ?
समस्याहरु त धेरै छन् । तर यस वाडमा सबैभन्दा ठुलो समस्या बाटो, नालाको रहेको छ यहाँको जनतामा पनि चेतनामा कमी हुँदा केही समस्याहरु भने छन् ।
७) तपाईलाई यस वडामा काम गर्न कतिको सहज छ ?
काम गर्न एकदमै राम्रो वातारण छ । एक दुई जना त विरोधी मान्छेहरु भएता पनि मलाई त्यसले केहि फरक पार्दैन । अरु सबै राम्रो छ । मैले वाडाबासीहरुको कामगर्दै आएको पनि छु । त्यसले गर्दा कुनै पनि समस्या छैन ।
८) यस वडाको अभिभावकको रुपमा हुनुहुन्छ । पहिले र अहिलेमा आफूमा के फरक पाउनु भएको छ ?
पहिले र अहिलेमा त धेरै फरक छ । जनताले नै भनेका छन् र काम पनि हेरिरहेका छन् । पहिला जे गरे पनि जसो गरेर पनि फरक पर्दैन थियो । अब भने चारै तर्फको जिम्मेवार छ, शिक्षा, स्वास्थ्य, बाटो, नालादेखि लिएर वाडाका सम्पुर्ण विकासे कामहरु र जनताहरुको आवश्यक अनुसार दायित्वबोध गर्नु पर्ने हुन्छ । त्यसै हामीगर्दै आएको पनि छौ । बाटो निमार्ण चारै तर्फ हुर्दै आएको छ । विद्यालय शिक्षाको लागि पनि कम्प्युटरको व्यवस्था गरिदिएर गरिब जनताको लागि घर घरमा धाराको व्यवस्था, समेत हुँदै छ ।
९) यस वडाको विकासको लागि तपाईले के कस्ता साथ र सहयोगको आवश्यकता महसुस गर्नु भएको छ ?
साथ र सहयोग मैले जनताहरुबाट पाई नै रहेको छु । उहाहरुको दुख सुखमा पनि मैले साथ दिइरहेको छु । उहाहरुको माग अनुसार काम पनि गरेर देखाएको छु । त्यसले गर्दा पनि उहाँहरुबाट साथ र सहयोगको महसुस गरेको छु ।
१०) अमुल्य मत दिएर जिताउनु हुने जनतालाई तपाई के भन्न चाहनुहुन्छ ?
मलाइ जनताहरुले अमुल्य भोट दिएर जिताउनु भएकोमा वडाबासीहरु सबैलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु । मलाई जुन बाटोमा ल्याएर राख्नु भएको छ उहाँहरु कै कारणले गर्दा हो । यो सबै उहाहरुको योगदान र सहयोगले गर्दा भएको हो र यो सम्झना मेरो सधै रहिरहन्छ । वडाबासीहरुको सेवाको लागि म दिनरात नभनी खड्छु । मलाइ जुन विश्वासले भोट दिनु भएको र जिताउनु भएको छ त्यो विश्वास टुट्न दिने छैन ।