नेपाल पर्यटन बोर्ड, होटल व्यवसायी संघ नेपाल र होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जको सयुक्त पहलमा हस्पिटालिटी मेनेजमेन्ट तालिम वीरगन्जमा सम्पन्न भएको छ । उद्घाटन शत्र , ट्रेनिङ र समापन गरी तीन चरणमा सो कार्यक्रम गरिउको हो ।
वीरगन्ज उद्योग वाणिज्य संघका पर्यटन संयोजक तथा होटल दियालोका संचालक अनुज रुङटाले होटल मेनेजमेन्ट तालिमले वास्तवमै होटल संचालनमा सकारात्मक साबित हुने बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जानु पर्ने उनको जोड छ । त्यसै गरी सो कार्यक्रममा नै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले होटलहरुमा विभिन्न किसिमका व्यक्तिहरुको आउजाउ भैराख्ने हुनाले व्यवसायीहरु अत्यतन्तै सजग भएर सेवा प्रवाहमा जुट्न पर्ने सुझाव दिए । होटलहरुमा आउने व्यक्तिहरुको परिचए पत्र अनिवार्य लिनु पर्ने र प्रशासनले खोजेको बखत शंकास्पद व्यक्तिहरुलाई पहिचान गर्न साथ दिनु पर्ने उनको भनाइ छ ।
राजधानी बाहिरका होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायी तथा कर्मचारीहरुको लागि यस्तो तालिमहरु बढाइन सके मात्र कार्य सम्पादनमा सहज हुने उद्घाटन र समापन दुवै कार्यक्रमको अध्यक्षता गरेका होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए । काठमाण्डौका होटल समेतले चुस्त सेवा दिन नसकीरहेको गुनासो आइरहेकोले समयमा यस क्षेत्रलाई अझ चुस्त पार्दै स्तरीय सेवा दिन आफूहरुले यस्ता तालिम तथा गतिविधिमा जोड दिन थालेको उनको तर्क छ । पर्यटन बोर्ड , होटल व्यवसायी महासंघ र होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले संयुक्त रुपमा संचालन गरेका यस्ता कार्यक्रमले होटल व्यवसायी र प्रबन्धकहरुलाइ धेरै कुरा सिकाउन साथ मिलेको कार्यक्रममा सहभागीहरुले बताए । प्रबन्धक र कर्मचारीहरुको कार्य क्षमतामा पनि यस्ता कार्यक्रमले थप टेवा पुग्ने होटल तथा पर्यटन व्यवसायी संघका पर्साका बरिष्ठ उपाध्यक्ष रचेन्द्र थापाले स्वागत मनतव्य व्यक्ति गर्दै बताए ।
कार्यक्रमको समापन समारोहका वीरगन्ज महानगरका नवनिर्वाचित उपप्रमुख इम्तियाज आलमले तालिममा सहाभागीहरु बीच समय सापेक्ष प्रतिस्पर्धी र सेवामा चुस्तता ल्याउन राम्रा कार्यक्रमहरु अझ बढाउन पर्ने बताए । कार्यक्रममा सहभागीहरुलाई संघका महासचिव माधब बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । सो तालिममा वीरगन्जका लोर्डस दियालो प्लाजा, क्लर्क रिसोर्ट, ठोरी रिसोर्ट, मकालु, पुजन, कैलास, सुरज, कुमु प्यालेस, ईच्छा होटेल, बरेबा दरबार होटल कलैया लगायत ३५ होटलका प्रमुख तथा प्रतिनीधि र कर्मचारीको सहभागिता रहेको थियो ।