अर्थमन्त्रि जनार्धन शर्माले निजगढ विमानस्थल कसैले रोकेर नरोकिने विषय रहेको बताएका छन् । वीरगंज उधोग वाणिज्य संघको ४६ औँ वार्षिक सधारण सभाका लागी वीरगंज आईपुगेका मन्त्री शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजगढ विमानस्थलका जे गर्नुपरेपनी निर्माण प्रकृया यसैवर्ष सुरु गराउने बताएका हुन् ।
प्रस्तुत बजेट भाषणमा मधेसलाई उपेक्षा गरिएको भनाईमा अर्थमन्त्री शर्माले निजगढ विमानस्थल र फास्ट ट्रयाक सरकारको प्राथमिकतामा रहेकाले कुनै हालतमा मधेस पछाडि नपारिएको प्रस्टोक्ति दिएका थिए । देशलाई माथि उठाउन सबै क्षेत्रलाई प्राथमिकताका साथ राखेर बजेट ल्याएको बताए । उनले बन्द रहेको वीरगंज चिनि कारखाना, कृषि औजार कारखाना चल्छ, चलाउनुपर्छ त्यसैका लागी बजेट विनयोजन गरिएको बताएका थिए ।
आफुले प्रस्तुत गरिएको बजेट गरिब, दलितले पाउने लाभ देखी उधोगी, व्यापारी, विद्यार्थी सबैका लागी फलदायी हुने दाबी गरेका थिए । आज गरिएको बजेटले एकवर्षपछि तपाईहरुलाई फाइदा पाउनुहुने उनको भनाई थियो ।
यसैगरी कार्यक्रममा मधेश प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले सरकारले सिसनेरीको बाटो बनाईदिए लाग्ने खर्च दुईवर्षमै व्यवहोरिने बताएका थिए । सरकारले खर्चबाट चाडै नै उपलब्धी हुने खालको बजेटमा समावेश गरिनुपर्ने बताए थिए ।
यसैगरी सांसद प्रदिप यादवले सिमरा एयरपोर्टलाई १८ सय मिटरको रनवे विस्तार गरे जहाज होल्ड गर्नुपर्ने बाध्याता हट्ने बताएका थिए । सिमरा एयरपोर्टमा तेल भण्डारण गर्ने बनाईदिए काठमाडौँ ढुवानी गर्नुपर्ने बाध्याता कम हुने र एरोप्लेन कम्पनीहरुलाई फाइदा पुग्ने बताएका थिए ।
कार्यक्रममा विदेश निर्यात गर्ने उधोगी व्यापारी, वीरगंजमा विभिन्न क्षेत्रमा योगदान पुगाउनु भएका व्यक्ति सहित सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको थियो ।
उधोग वाणिज्य संघका महासचिव महेश दायसले सञ्चालन गरेको कार्यक्रममा अर्थ सचिव मधु मरासिनी, प्रदेश शभासद भिमा यादव, वीरगंज महानगरपालिकाका नव निर्वाचित मेयर राजेशमान सिंह, नेपाल उधोग वाणिज्य संघका पुर्व अध्यक्ष पदम ज्योति, नेपाल उधोग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ लगायतको उपस्थिति रहेको थियो ।