स्थानीय तहको निर्वाचन सम्पन्न भएर मुलुकका हरेक पालिकाहरुमा नयाँ जनप्रतिनिधिहरु आइसकेका छन् । अपवाद वाहेक मुलुकका ७ सय ५३ पटै पालिकामा नयाँ जनप्रतिनिधिहरुले पदभार ग्रहण पनि गरिसकेका छन् । पर्सा जिल्ला पनि यो अर्थमा अछुतो छैन । यहाँका पनि जनप्रतिनिधिहरुले आ–आफ्नो पालिका र वडाहरुमा गई आफ्नो जिम्मेवारी ग्रहण गरिसके । स्थानीयस्तरमा राम्रा काम गरिदिउन भनी आम नागरिकले उनीहरुलाई त्यो ठाउँमा पु¥याएको पनि हो । विगतका राम्रो काम गर्ने व्यक्तिमध्ये केहीलाई जनताले पुनः जिम्मेवारीमा पठाएको छन् भने बाँकी सबै पदच्यूत गरेको अवस्था पनि छ । यो कुरालाई अहिलेका जनप्रतिनिधिले बुझेको पनि हुनुपर्छ । जनहितमा काम गर्नकै लागि जनप्रतिनिधि बनाइकोले अब स्थानीय तहका समस्या हल गर्न उनीहरुले के–के कुरालाई पहिलो प्राथमिकतामा राख्नु पर्छ भनी यसै सेरेफेरोमा रहेर स्थानीयसँग लिएको प्रतिक्रिया :
सबैभन्दा पहिले त बाटो–घाटोको समस्या समाधान गरिदिए हुन्थ्यो । अर्को यहाँ नदी नालामा बाढि आउने समस्या छ । जसले पुरै खेतको बालीनाली नष्ट गर्छ । यसको लागी नदीनालाको व्यवस्थापन झारा टार्ने मात्र नभई दीर्घकालिन रुपमा समाधान गर्नु पर्छ । अन्त्यमा रोजगारीको राम्रो व्यवस्था भए यूवाहरु विदेशीन बाध्य हुने थिएनन् । शिक्षाको गुणस्तर पनि राम्रो हुनु पर्छ । यसो भयो भने शिक्षाका लागि विदेशिने युवा र आर्थिक पनि मुलुक भित्र नै रहन्छ ।
अहिलेको समस्या भनेको बाटो नै हो । त्यसपछि हामीले तिरेको कर, त्यसबाट हाम्रो गाउँ ठाउँको विकास हुनु प¥यो । सरकारी कार्यालयमा काम गराउन जाँदा यो कागज पुगेन, यो भएन भनेर झण्झट गरिन्छ । नबुझ्ने मानिसहरुका लागी राम्रोसंग कुरा बुझाउने हेल्प डेक्स भए राम्रो हुने थियो ।
मेरो गाउँमा एउटा दलित स्कूल छ । त्यो स्कूलमा दुई कोठे भवन बनाइ दिए, त्यहाँ चर्पी, खाने पानीका व्यवस्था गरिदिए, बालबालिकालाई पढ्न सजिलो हुने थियो । अर्को गाउँमै एउटा दलित धर्मशाला पनि छ । त्यसमा केही लगानी गरिदिनु प¥यो । यहाँका बाटो घाटोमा धेरै धुलो उड्ने भएकोले पिच गरिदिए राम्रो हुने थियो । साथै यहाँका किसानहरु सिचाइ गरेर नै खेतीपाती भित्र्याउने भएकोले उनीहरुका लागि पनि मलखाद र सिंचाइको सुविधा हुने थियो । तर अहिले नहरले पनि पानी दिन छोडेको छ । जसले गर्दा खेती गर्नै कठिन हुदै गइरहेको छ । ठाउँ ठाउँमा बोरिङ्ग जडान गरिदिंदा राम्रो हुने थियो । वीरगंजको सडकमा गाईबस्तुहरु धेरै छाडा छन् । जस्ले गर्दा हिड्न, सवारी साधन चलाउन निकै समस्या छ । ती छाडा चौपायाहरुलाई व्यवस्थित गर्नु पर्छ । सरकारी अस्पताल सुधार गर्नु प¥यो । त्यस्तै ट्राफिक अवस्था अव्यवस्थित छ । त्यसलाई व्यवस्थित गर्नु पर्छ । बेलाबेलामा नगरको सरसफाई गराउने, ठाउँठाउँमा राखिएका खाने पानीको धाराहरु सफा गराउने नगरलाई स्वच्छ, सफा राख्ने काम गर्नु पर्छ ।
ठाउँठाउँमा बतिको पोल, नाला, शुद्ध खाने पानी, सडक, यी सबै कुराहरुको राम्रो व्यवस्था हुनु प¥यो । गाउँमा बालबालिकाहरुको लागी बाल शिक्षा, प्रौढको लागी प्रौढ शिक्षाको उचित व्यवस्था गर्नु प¥यो । यूवाहरुलाई विदेशिनबाट रोक्न रोजगारीको सृजना गराउनुको साथै गाउँको विकाश गरी गाउँलाई सुन्दर बनाउन पहल होस् ।
हाम्रो ठाउँमा त धेरै फोहोर छ । सर्वप्रथम त्यो फोहोर हटाएर सफा गर्नु प¥यो । नालाको व्यवस्थित गर्नु पर्छ । लामखुट्टे नियन्त्रण गर्नु पर्छ । यसको अलावा सवारी साधन
धेरै भएर बाटो सागुरो भयो जसले गर्दा ट्राफिक जाम धेरै भयो । बिहान साँझ व्यायाम गर्न, मर्निङ्गवार्क गर्न पार्कहरु बनाइ दिए हुने् थियो ।
सबैभन्दा कहिला त वीरगंजमा जति पनि सार्वजनिक स्थलहरु थिए । जुन अहिले प्राइभेट भइसकेका छन् । जस्तै टाउन हल, जहाँ पहिले कुनै पनि सरकारी स्कुल, संस्थाले आफ्ना प्रतिभाहरु निःशुल्क प्रर्दशन गर्न पाउथे । त्यस्तै स्वीमिङ्ग पुल, जहाँ अहिले विभिन्न पार्टीहरु गरिन्छ । अहिले त्यसको लागि मोटो रकम तिर्नु पर्छ । अब एउटै स्थल बाकी छ । आर्दशनगर रंगशाला । जहाँ पहिले क्रिकेट लगायतका गेमहरु खेल्ने गरिन्थ्यो । तर आजकाल त्यस ठाउँमा पनि विभिन्न मेला, महत्सबहरु लगाइन्छ । जसले गर्दा फिल्ड खराब हुदै गैरहेको छ । जति पनि सार्वजनिक स्थलहरु थिए । ती सबै प्राइभेट हुँदै गइरहेका छन् । यसलाई पुनः कायम गरिनु पर्छ । अर्को गाउँटोलको कुरा भन्नु पर्दा महानगरपालिकाको सडक बत्ती भन्दा पनि लाज लाग्ने छन् । राती बाटो हिड्दा मोबाइलको टर्च लाइट बालेर हिड्नु पर्ने बाध्यता छ । त्यस्तै रोड त भताभुङ्ग नौ छ । त्यसैले हरेक वडामा एउटा वडा अध्यक्षको अण्डरमा एम्बुलेन्स र हेल्प डेक्स भए राम्रो हुने थियो ।
पहिलो समस्या त सडककै हो । सडकमा पानी जमेर हिड्न गाह्रो भएको छ । नाला बनाउने काम अझ सकिएको छैन । यहाँका मुख्य र भित्री गल्लीका समस्या प्रायः उस्तै छन् । ती सडकहरुलाई चौडा गरेर खाल्डा खुल्डी पुरेर राम्रो बनाइयोस् । त्यसपछि प्राइभेट स्कूलहरु जस्तै सरकारी स्कूलको पढाइमा गुणस्तरता ल्याउनु पर्यो । यी सबै कुराहरुमा नयाँ प्रतिनीधिको ध्यान पुगोस् ।
म छपकैयाको बासिन्दा हो । सबैभन्दा ठूलो समस्या भनेको खुल्ला नाली, दिशा पिसाब खुल्ला भयो । यसको लागि सार्वजनिक शौचालयको व्यवस्था गरिदिए राम्रो हुन्थ्यो । खुल्ला दिशा पिसाब मुत्त घोषणा गरे पनि बाहिर जथाभावी दिशा पिसाब गर्नेलाई कानूनी कार्वाही गर्नु पर्छ । यहाँका भित्री गल्लिहरु पानी पर्दा आउजाउ गर्न निकै गाह्रो हुने छन् । त्यसको लागि पानी नजम्ने तरिकाले बाटो बनाउनु पर्छ । पिछिडिएका व्यस्तीहरु बसोबास गर्ने ठाउँ धेरै फोहर हुने भएकोले त्यहा पनि सफाइको अनुभूति हुने गरी काम गर्नु पर्छ ।