सृष्टिको नियमलाई निरन्तरता दिन हरेक प्राणी झैं मानवले पनि नयाँ पिढीको सृजना गर्ने कुरा सर्वस्वीकार्य छ । तर विवाह भएर बाँझोपन नभएका दम्पतीबाट त्यो सृष्टिको नियमको अपेक्षा गर्न सकिन्छ । हिजोआज बाँझोपनले गर्दा कतिपय जोडीबाट सजिलै त्यो अपेक्षा पूरा गर्न नसकिने गरेको छ । यो समस्या दिन प्रतिदिन बढ्दो पनि छ ।यो समस्याबाटमुक्ति पाउन नसकिने चाही होइन। चिकित्सकीय पद्धतिले यो समस्याको पनि निदान निकालिसकेको छ । महिलाहरुमा हुने बाँझोपनको बिषयमा केन्द्रित रही श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का स्त्री तथा प्रसुति रोग विशेषज्ञ तथा बाँझोपन सम्बन्धी ट्रेनिङ्ग सर्टिफाइड डाक्टर श्रुती साहसँग गरिएको बिशेष कुराकानी :-
१) बाँझोपन भनेको के हो ?
विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा करिब १ वर्षसम्मको अवधिमा पनि बच्चा जन्माउन नसकेको अवस्थालाई बाँझोपन भनिन्छ । लगभग ८५ प्रतिशत दम्पतिमा विवाहको पहिलो वर्षमै कोसिस गरेमा बच्चा हुने उदाहरण पाइन्छ । यसमध्ये ७ प्रतिशत दम्पतिमा विवाहको दोस्रो वर्षमा बच्चा हुने गरेको छ । तर १५ प्रतिशतमा भने बाँझोपन हुने गरेको पछिल्लो अवस्था छ ।
२) बाँझोपन हुने कारण के के हुन् ?
बाँझोपन हुने धेरै कारणहरु छन् । एउटै निश्चित कारणले बाँझोपन हुन्छ भन्ने हुँदैन । महिलाको महिनावारी गडबड हुनु, डिम्बवाहिनी नली बन्द हुनु, जसमा क्षयरोग एउटा मुख्य कारण हुन सक्छ । यस्तो इन्फेक्सनले शुक्रकिटको नियमित प्रवेशमा पनि समस्या उब्जाइ दिन सक्छ । जसले भ्रुण बस्न गाह्रो हुन्छ । पाठेघरको संक्रमण, पाठेघरको ट्युमर, महिलाको बढ्दो उमेर, जन्मजात पाठेघरको विकास नहुनु, पहिलो शिशु नजन्माई गर्भपतन गराउनु अथवा बारम्बार गर्भपतन गराउनु, पुरुषको वीर्यमा हुने शुक्रकिटको मात्रा कम हुनु (ओलिगो स्पर्मिया),शुक्रकिट स्वस्थ नहुनु वा शुक्रकिट नै नहुनु (एजोस्परमिया), पुरुषको विर्यनलीमा सिष्ट, ट्युमर भएमा वा पुरुषको गुप्ताङ्गको विकास राम्रोसँग नभएमा पनि बाँझोपनको समस्या देखापर्छ । यस मध्य नेपालको परिपेक्षमा महिलाको बढ्दो उमेरले पनि बाँझोपनको समस्या बढाएको छ ।
स्वास्थ्यको दृष्टिकोणले २० देखि ३० वर्षको उमेर सन्तान जन्माउनका लागि उपयुक्त उमेर मानिन्छ । तर अहिले महिला आत्मनिर्भर हुने भन्ने कुराले विवाह गर्ने उमेर धकिलिने गरेको छ ।जसका कारण महिलामा डिम्ब कम हुँदै जाने, बाँझोपनको समस्या देखापर्ने अन्त्यमा पुरुषको पेशा र जिवनशैलीले पनि बाँझोपनको समस्या निम्त्याउने गरेको छ । यदि पुरुषको काम धेरै तातो वातावरणमा काम गर्नुपर्ने र लामो समयसम्म उभिरहने लगायतका पेशामा रहेका पुरुषहरुमा पनि बाँझोपनको समस्या हुन सक्छ । त्योसंगसंगै अत्याधिक मात्रामा धूम्रपान तथा मदिरा सेवन, पनि पुरुषमा शुक्रकिटको मात्रा कम हुने अर्को कारण हुन सक्छ । महिलामा भने मोटोपन, खानपानको कमी, जंक फुडको बढी प्रयोग आदि पनि समस्याको सहायक हुनसक्छ । मानसिक तनावले गर्दा पनि बाँझोपन हुनसक्छ । कारण मस्तिष्क र पाठेघर एक–अर्काप्रति सम्बन्धित हुन्छन् ।
३) महिला पूरुष मध्ये कसमा बाँझोपनको समस्या बढि हुन्छ ?
बाँझोपनको समस्या महिला वा पुरुष दुवैमा उत्तिकै रहन्छ । बाहिर मानिसले भनेजस्तो महिलामा मात्र बाँझोपन हुने होइन । पुरुषमा पनि बाँझोपनको समस्या रहन्छ । हामीले केही हप्ता अघि हामीले श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लिद्धारा निशुल्क परीक्षण गरेका थियो त्यसमा पञ्चानव्बे जना पुरुष मध्य ६० जनामा बाँझोपनको समस्या थियो । उक्त सेवा प्रदेशमा सेवा उपलब्ध नभएकले हामीले छिमेकी मूलूकसंग समन्वय गरी कम मूलयमा सेवा दिने व्यवस्था मिलाएका छौ । र आउँदो दिन हाम्रो अस्पतालमा पनि उक्त सेवा उपलब्ध गराउने योजनामा अघि बढिसकेको छ ।
४) बाँझोपन भए नभएको कसरी पत्ता लगाउन सकिन्छ ?
श्रीमान् र श्रीमती दुवैको हिष्ट्रिबाट पनि केही मात्रामा कसमा र कस्तो समस्या छ ? भन्ने सूचना पाउन सकिन्छ । टिभिएस प्रविधिबाट पाठेघरको ट्युमरहरू जस्तैः फाइब्रोइद र पोलिप, डिम्बासयका ट्युमरहरू पत्ता लगाई बाँझोपनको कारण थाहा पाउन सकिन्छ ।
रगत परीक्षणमा विशेष गरी हर्मोनको जाँच गरिन्छ, जस्तै ः टिएसएच, एफएसएच, एलएच, इटु, एस आदि । त्यस्तै ब्ज्ः ९बलतष् mगििबचष्बल जयचmयलभ० र ब्ँऋ ९बलतचब िायििष्अगबिच अयगलत० जाँचबाट अन्डकोषमा अन्डा कति बनिरहेको छ थाहा हुन्छ । यसले गर्भावस्थाको लागी प्रक्रिया को छनौट गर्न मद्दत पुग्छ । हिस्टेरोसाल्फिङ्गोग्राफ्री परीक्षणबाट डिम्बवाहिनीको संचारण बारे पत्ता लगाउन सकिन्छ । त्यसै गरी पुरुषको वीर्य जाँच गरिन्छ । यसबाट विर्यको मात्रा र भोल्यूम कति छ ? भन्ने पत्ता लगाइन्छ । सामन्यता वीर्यको मात्रा १.५ र भोल्यूम २ मिलि हुनुपर्दछ । त्यस्तै त्यो जाँचबाट विर्यमा शुक्रकिटको संख्या र कन्सर्नट्रेसन सामन्यतया २० मिलियन रहन्छ भने शुक्रकिटको चल्ने क्षमता र मोटिलिटी सामन्यता ४० प्रतिशतभन्दा माथि हुनु पर्दछ ।
५) बाँझोपनको उपचार विधि के हो ?
उपयुक्त परामर्श र काउन्सेलिङ ः निःसन्तान दम्पतिलाई डाक्टर स्वयंले परामर्श र काउन्सेलिङ प्रदान गर्नुपर्छ । आवश्यक परेको अवस्थामा निःसन्तान दम्पतिको घर–परिवार सहितलाई पनि काउन्सेल्लिङ गर्नुपर्ने हुन्छ । महिलामा अण्डको मात्रा बढाउन र ओभुलेसन गराउन गोनाडोत्रोफिन औषधी प्रयोग गरिन्छ । जसले केही मात्रामा बाँझोपन कम गर्न सहयोग पु¥याउँछ । त्यसैगरी पुरुषको निम्ति ऐन्टी अक्सिडेन्ट, भिटामिन लगायत केही औषधी उपलब्ध छन् । जस्ले शुक्रकिटको मात्रा बढाउन मद्दत गर्दछ ।
आइयुआई÷आइभिएफ प्रविधि ः आइयुआई भन्नाले पुरुषको विर्यलाई चालेर महिलाको पाठेघरमा सिधै राख्ने प्रक्रिया हो । यो करिब ३५ प्रतिसतमा सफल हुन्छ र ३ पटकसम्म गर्न सकिन्छ । आइभिएफ प्रविधिमा महिलाको डिम्बासयबाट डिम्बलाई अलग गरी शरीर बाहिर ल्याबमा पुरुषको शुक्रकिटसँग निषेचित (फर्टिलाइज) गरिन्छ । त्यसपछि तयार भएकोे भ्रुणलाई महिलाको पाठेघरमा प्रत्यारोपण गरिन्छ । यस प्रविधिको मद्दतबाट निषेचनको प्रक्रिया महिलामा पनि गर्न मिल्छ । यो साधारणतया ४५–६५ प्रतिशत व्यक्तिमा सफल हुन्छ । तर यो सुविधा हाम्रो प्रदेशमा उपलब्ध छैन । काठमाण्डौमा छ । तर यहाँ त्यो किसिमको सेटअप, उपकणहरु छैनन् । आइयुआइ सेट अप आउँदो दिनमा भवानी अस्पतालमा सुरुवात गर्ने योजना रहेको छ । त्यसको लागि प्रोसेस हुँदैछ ।
शल्यक्रिया, ल्याप्रोस्कोपिक : यदि बाँझोपनको कारक पाठेघर, डिम्बासयको ट्युमर भएमा त्यसलाई ल्याप्रोस्कोपिक प्रविधिद्वारा निकाल्न मिल्छ । अहिले सबैभन्दा बढी प्रचलित विधि पनि हो यो ।
हिस्टेरोस्कोपिक : यस प्रविधिबाट पाठेघर भित्र रहेका साना ट्युमर हिस्टेरोस्कोपको माध्यमबाट (पाठेघर भित्र भिडियो पठाई शल्यक्रिया) योनाङ्गको बाटोबाट निकालिन्छ ।
६) यो कतिको खर्चिलो छ ?
यो खर्चिलो नै छ । किनभने यसमा प्रयोग हुने सुइ र औषधीहरु नै महंगो पर्न जान्छ । अझ कुनै–कुनै औषधी नेपालमा उपलब्ध पनि छैन । गैरकानुनी पनि छ । त्यसको कारण पनि यहाँबाट बाँझोपनका विरामीहरु छिमेकी मुलुकमा गइरहेको छन् । आइयुआई महंगो छैन । तर आइभिएफ प्रविधि अलि महंगो नै पर्न जान्छ । त्यसलाई मध्य नजर गर्दै हामी
७) बाँझोपन हटाउन भ्रुण प्रत्यारोपण विधि नेपालमा उपलब्ध छ ?
काठमाण्डौमा उपलब्ध छ । तर प्रदेश नं. २ मा बाँझोपनको समस्याकै लागि भनेर कुनै सेवा उपलब्ध छैन । यो एउटा टिम वर्क हो । यहाँ त्यस किसिमको सेट अप र वेलट्रेन्ड डाक्टरहरु छैनन् । तर निकट भविष्यमा नै हाम्रो यस अस्पतालले पनि उक्त सेवा सुचारु गर्ने छ ।