महिला हिंसा समाजको त्यो कुरुप तस्वीर हो जसले महिलालाई मान्छेका रुपमा सामान्य अधिकारको उपभागबाट पनि बञ्चित बनाइरहेको हुन्छ । हामी अहिले विज्ञान र प्रविधिको युगमा छौँ ।
जटिलभन्दा जटिल काम पनि प्रविधिको माध्यमबाट निकै सरल र सहज ढंगले फत्ते भइरहेका छन् । तर यही प्रविधिको युगमा महिलामाथिको हिंसाको प्रकृति र प्रवृति भने झन्झन् चरम र निकृष्ट तरिकाबाट हुँदैछ । मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको धारा एकले भन्छ, ‘सबै नागरिक जन्मजात र मर्यादा तथा अधिकारमा समान हुन्छन् । ’ तर बिडम्वना नेपाल मात्रै हैन विश्वका कुनै पनि देश महिला हिंसा मुक्त हुन सकेका छैनन् ।
सबै महिला हिंसाको उच्च जोखिममा छन् । संसारभरका ३५ प्रतिशत महिला घरेलु हिंसाबाट प्रभावित छन् । एक तथ्याङ्कनुसार विश्वमा हरेक दिन १३७ जना महिला आफ्नै परिवारका सदस्य वा पाटर्नरबाट मारिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको हिंसा भोगेकै हुन्छ । आफूले जन्माएका भन्दैमा छोरीहरूको जिउने र संसार अनुभव गर्ने नैसर्गिक अधिकार निमिट्यान्न पार्ने अधिकार कुनै पुरुषमा छैन पुरुष भएर, छाती उच्च बनाएर, सीधा या ठाडो नजर गरी हिँडेर हामीले नजानिँदो पाराले लैंगिक भेदभावलाई स्थिर बनिरहन सहयोग पु¥याइराखेका हुन्छौं ।
यदि तपाईं–हामी सामाजिक न्याय, लैंगिक समानतालसामान्य र सीधा भाषामा भन्नुपर्दा– नाबालिकाहरूको कुरतापूर्वक हत्या, छोरी, बुहारी र आमाहरूप्रति भेदभावपूर्ण व्यवहारका साथै श्रीमतीमाथि मानसिक–शारीरिक हिंसा र हत्यालाई निमिट्यान्न पार्न चाहन्छौं भने पुरुषवादी सोचाइ त्याग्नैपर्छ । छोरीका लागि पनि, छोराका लागि पनि समान रूपमा आमा र बुबा बन्नैपर्छ; भाइ र दाइ बन्नैपर्छ जसले दिदीबहिनीको समान अधिकारमा विश्वास गर्छ, जोड दिन्छ र श्रीमानहरू पुनर्परिभाषित अर्थमा ‘जोइटिंग्रे’ बन्नुपर्छ । जोइटिंग्रे हुनु भनेको श्रीमतीको गुलाम या दास हुनु होइन, कामको प्रकृति र आकृति नहेरी बराबर हैसियतको व्यवहार गर्नु हो ।
कुनै पनि समाजका राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक संस्कार र वातावरण सदियौंदेखि सिर्जित भएका हुन्छन् र तिनले समाजमा गहिरो जरा गाडेका हुन्छन् । परिणामतः समाजलाई परिवर्तन गर्न कठिन त हुन्छ नै, समय पनि लाग्छ । तर सही परिवर्तनका लागि कदम चाल्न हतोत्साही हुनु या समयसँगै समाजको परिवर्तन होला भनेर पर्खेर बस्नु पनि उचित होइन । हर समय समाजको हरेक तह र तप्काबाट लैंगिक हिंसा र विभेदविरुद्ध आवाज उठ्नुपर्छ, उठाइरहनुपर्छ । त्यो संघर्ष र आवाज संरचनात्मक लैंगिक हिंसा र विभेदलाई बढावा दिइरहेको सामाजिक सोच, विश्वास र बुझाइविरुद्ध हुनुपर्छ । यसमा महिलाको भूमिका जति हुन्छ, त्योभन्दा बढी पुरुषको हुन्छ । किनभने उसले बनाएको÷लेखेको सामाजिक र कानुनी नीतिनियम ऊ आफैं परिवर्तन गर्न अग्रसर भयो भने नतिजा छिट्टै आउँछ । यो लेख पनि त्यसैको एउटा भाग हो, आवाज हो ।
फेरि सम्झौं, ती अबोध बालिकाहरूको दोष के छ ? उनीहरू त प्राकृतिक छनोटको प्रक्रिया पूरा गरी जीवन जिउनका निम्ति तयार भएर जन्मेका हुन्छन् । उनीहरूलाई जन्मिने बेला न आफू महिला भएको थाहा हुन्छ, न पुरुष, न त अरू लैंगिक विविधतायुक्त । त्यसकारण छोरी भएर जन्मनु अभिशाप होइन, पाप होइन, कर्म बिग्रनु होइन र कमजोर हुनु पनि होइन । अनि पुरुषभन्दा नीच हुनु होइन । त्यसको ठ्याक्कै विपरीत चाहिँ हो । छोरी भएर जन्मनु भनेको अमूल्य प्राकृतिक उपहार हो, जननी हो, जीवनको प्रक्रिया हो र सुन्दरता हो । पूर्ण रूपमा जीवन बुझ्ने र जिउने अधिकार हो । आफूले जन्माएका भन्दैमा छोरीहरूको जिउने र संसार अनुभव गर्ने नैसर्गिक अधिकार निमिट्यान्न पार्ने अधिकार हामी कसैमा, कुनै पुरुषमा छैन ।
समग्रमा भन्नुपर्दा, महिलालाई सम्मानजनक व्यवहार गर्नु भनेको उनको आत्मसम्मानको कदर हो । आमाप्रतिको अगाध माया र पूजा हो । दिदीबहिनीप्रतिको आदर र माया हो । साथै व्यक्ति, परिवार र समाजको लैंगिक असमानता र भेदभावविरुद्धको बलियो आवाज हो; कदम हो; शिक्षा हो । एकपल्ट सोचौं त, तपाईं–हामीलाई हतार–हतार कार्यालय जानुपर्दा होस् या कुनै काम समयसीमाभित्र सक्नुपर्दा, आमा, दिदी, बहिनी, भाउजू, बुहारी वा श्रीमतीले आफ्ना सारा काम थाती राखेरै भए पनि खानपिन तयार गरिदिन्छन् । हामी धेरैजसोले उनीहरूको त्यो सहयोगलाई सामान्य रूपमा या ‘टेकन फर ग्रान्टेड’ रूपमा लिन्छौं । तर, त्यही खालको सहयोग हामीले बुहारी, भाउजू वा श्रीमतीलाई ग¥यौं भने उनीहरूले त्यसलाई मेरा एक विद्यार्थीको अध्ययनअनुसार ‘सपोर्ट’ का रूपमा लिन्छन ।
कुनै पुरुष मित्रले यी हरफहरू पढिरहँदा ‘जान्ने भयो,’ ‘दर्शन छाँट्यो’ या कतिले त ‘महिलावादी भै टोपल्यो’ भन्नुहोला, तर तपाईं त्यो कोटिमा पर्नुहुन्छ भने, एकपल्ट पुरातन सोच र विश्वासलाई टाढा राखेर आफ्नी आमासँग या दिदीबहिनीसँग बसेर एक घण्टाजति उनीहरूका दुःखसुख कुरा सुनिदिनुहोस । नेपालमा मानवअधिकार अवस्थाको आवधिक समीक्षामा कैयौँ देशहरूले महिलाविरिद्ध हुने हिंसा तथा विभेद नियन्त्रणका लागि थप कदम चाल्न नेपाललाई सुझाव दिएका थिए । बलात्कार र महिलाविरुद्ध हुने हिंसाका घटना नियन्त्रणका लागि लैङ्गिक समानताको अवधारणालाई व्यवहारमा सबै पक्षले लागु गर्नुपर्नेमा अभियानकर्ताहरूले जोड दिँदै आएका छन् ।