६० प्रतिशत महिलाहरु योजनाबद्ध रुपमा गर्भवती हुने नेपालमा ४० प्रतिशत विना योजनामै गर्भवती हुने गरेको तथ्याँक छ । त्यसै गरी प्रत्येक वर्ष ५ देखि ७ लाख महिला गर्भवती हुने गरेको पनि नेपाल सरकारको तथ्यांकले देखाएको छ । यो जनसंख्या मध्ये योजना नै नबनाई गर्भवती भएका महिलामा पनि ५४ प्रतिशतले गर्भपतन गराउँने गरेको तथ्याँक पनि पाइन्छ । यसरी योजना विना नै गर्भवती हुँदा धेरै युवतीमा अनावश्यक तनाव थपिने हुन्छ । साथै यो अवस्थामा देखिने स्वभाविक परिवर्तनदेखि लिएर केही जटिल अवस्थाको विषयमा पनि उनीहरुलाई थाहा हुदैन । त्यस कारण योजनाबद्ध रुपमा गर्भधारण गरिनु नै उपयुक्त हुने स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको सुझाव पनि छ । कहिले–काही त अज्ञानताका कारण गर्भवती र बच्चाको अवस्था जटिल हुने विरगन्जकी स्त्री तथा प्रसुती बाँझोपन रोग विशेषज्ञ डां प्रिती यादव बताउँछिन् । चिकित्सकलाई चेकजाँच नगराई घर वरिपरीको पसलबाट नै औषधी किनेर खाने खुवाउने चलन पनि समस्या बल्झाउने प्रमुख कारण भएको उनको भनाइ छ । गर्भवती भएपछि पनि गर्भावस्थाको समयमा नियमित परिक्षण गर्नुपर्ने डा.प्रिती को सुझाव छ । सानैदेखि डाक्टर बन्ने सपना बोकेकी यादव बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट अध्ययन पूरा गरी अहिले नारायणी अस्पतालमा प्रसुति तथा स्त्री बाँझोपन रोग विशेषज्ञका रुपमा कार्यरत छन् । बुबाआको प्रेरणाले डाक्टर बनेको बताउने उनै डा. यादवसँग गर्भवती महिलाको स्वास्थ्यका बारेमा गरिएको बिशेष कुराकानी :-
१) महिलाले गर्भ रहेदेखि आफु स्वस्थ्य रहन के गर्नु पर्छ ?
महिला गर्भवती हुँदा सबैभन्दा पहिले मानसिक सपोर्ट र परिवारको साथ चाहिन्छ । त्यो भनेको उसको श्रीमान्, आमाबुवा, सासु–ससुराको साथ चाहिन्छ भनेको हो । पहिला त घरमा मानिसहरु धेरै हुन्थे । सबैले सहायता गर्थे । अहिले त्यस्तो छैन । मानसिक तनावले बच्चालाई हानी पु¥याउन सक्छ । हामीले त्यसमा पनि विचार गर्नुपर्दछ । खानपिन त पहिलाभन्दा धेरै नै राम्रो भैसकेको छ । अरु बेलाभन्दा गर्भ रहेको बेलामा खानपिनमा ध्यान दिनुपर्दछ । आफ्नो शरीरलाई पनि आराम दिनुपर्दछ । यो सबै चिजले जुन ९ महिना पेटमा गर्भ रहन्छ यसलाई सहायता गर्छ ।
२) गर्भ रहेपछि कति पटक खोप वा सुई लगाउनु पर्छ ? गाउँघरका जानकारी नभएका महिलाहरुलाई के सुझाव दिनुहुन्छ ?
गाउँमा महिलाहरुले २ महिनासम्म गर्भ रहे पनि मतलब गर्दैनन् । त्यस्तो अवस्थामा रक्त स्राव बढी हुने सम्भावना भएकोले ३ महिनासम्म नभन्ने धारणा चाही छ । तर खासै त्यस्तो नगरेर सुरुमै महिनावारी रोकेको डेढ महिनामा भिडियो एक्सरे गर्न सक्यो भने बच्चाको धडकन छ कि छैन । हेरेर त्यो हिसाबले हामी औषधी चलाउन सक्छौं । गर्भवती भईसकेपछि महिलाले दुई पटक खोप लगाउनु पर्छ । ४ महिनादेखि ९ महिना भित्र एक महिनाको फरकमा २ वटा खोप लगाउनु पर्छ ।
३) गर्भवती महिलाहरुले पौष्टिक आहारको नियमित रुटिन कसरी बनाउने ?
विरामीमा कुनै समस्या छैन या माइतीपटीको कुनैलाई पनि डाइविटीज, प्रेसर छैन भने उसले साधारण खानपान गरे पुग्छ । तर अध्याधिक धेरै खानु पर्दैन । त्यो भन्दा अतिकता बढी क्यालोरी र त्यसमा चाही मासु माछा सागसब्जी अन्डा कलोजो खानु पर्दछ । जो साकाहारी हुनुहुन्छ उहाँहरुले बदाम, गेडागुडी, सागसब्जी थप्नु पर्दछ । त्यति मात्र खायो भने गर्भवतीलाई चाहिने प्रोटिन पुग्दछ । हाम्रो समाजमा के सोच छ भने आइरन र क्याल्सियम खानु हुदैन । बच्चा मोटो हुन्छ । तर त्यो होइन । आइरनले रगत संचालन गर्न मद्दत गर्छ । डेलीवरीको समय आइरनको कमी हुदैन । क्याल्सियमले आमाको शरीरको ही राम्रो हुन्छ । बच्चालाई पनि राम्रो पोषण दिन्छ ।
४) पहिलो महिनादेखि नै आरामको जरुरत पर्छ भनेर चिकित्सकहरुले नै सल्लाह दिनुहुन्छ भन्ने सुनिन्छ नि ? वास्तविकता के हो ?
पहिला पहिला मान्छेहरुलाई यसको बारेमा जानकारी थिएन । त्यसैले पहिले धेरै जनाको गर्भपतन हुन्थ्यो । महिलाको मृत्यु हुन्थ्यो । हरेक महिनामा जस्तो बच्चा मरेको घटनाहरु सुनिन्थे । तर अहिले त्यसमा कमि आएको छ । अहिले पनि गाँउघरमा धेरै महिलाहरुसंग यस्तो घटना भइरहेको पाइन्छ । महिलाहरु तथा उसको घर परिवारले गर्भवती महिलाको स्वास्थ्यमा ध्यान नदिंदा त्यस्ता दुःखद् घटना हुने गर्छन् ।
५) अपरेशन विना साधारण तरिकाले बच्चा जन्माउन एउटा गर्भवती महिलाले कस्ता व्यायामहरु गर्नुपर्छ ?
साधारण रुपमा उमेर बढेको जस्तो देखिए पनि कम उमेरभन्दा ३० वर्ष पहिले गर्भवती भएकोले अपरेशन गर्नु अलि कम पर्छ । अर्को चाही मोटो महिलाभन्दा दुब्लो महिलामा डेलिभरी सजिलो हुन्छ । अपरेशन अलि कम हुन्छ । जो महिला काम गर्दै हुनुहुन्छ । अलिअलि हिडडुल गरिरहनु भएको छ भने ८ महिनादेखि बच्चा तल सर्ने हुन्छ । अलिकति सहायता गर्छ । त्यसले गर्दा पनि हामीलाई साधारणतया डेलीभरी गराउन सजिलो हुन्छ । कोही कोहीलाई गा¥हो भएर उठ्न नै नसक्ने हुन्छन् भने उनीहरुलाई डेलीभरी गराउन अप्ठ्यारो हुन्छ । अपरेशन कन्डिशन हेरेर गर्ने हो । डाक्टरले आफ्नो मनले केही गर्ने होइन ।
६) अरु समयभन्दा गर्भावस्थामा सफा सुग्घरमा कस्तो ध्यान पु¥याउनु पर्छ ?
न्वारनसम्म नुहाउन हुदैन भन्ने जुन सोच छ त्यो राम्रो हैन । किनभने बच्चा जन्मिसके पछि सुत्केरीको भित्रको अङ्गबाट रगत खसिरहेको हुन्छ । हामीले सधै नै सफा गर्नुपर्ने हुन्छ । साबुन पानीले सफा गरियो भने बाहिरको किटाणु भित्र जादैँन । इन्फेक्सन हुनबाट जोगिन्छ । तर मुख्य कुरा गाउँघरमा हप्ता दिन नुहाउनु हुदैंन भनेर त्यो प्रथा नै चलिरहेको छ । जसको कारण गर्भवती महिलामा विभिन्न किसिमको इन्फेक्सन देखा पर्छ । विरामीलाई सफा बस्न लगाउने, ताजा र सफा खानपिनमा पनि ध्यान दिने । खानामा दुध अन्डा सुप झोल प्रदार्थ बढी मात्रामा हुनु पर्दछ । खानेकुरा पौष्टिक हुँदा बच्चाले आमाको दुध राम्रोसंग पाउँछ ।
७) नेपाल सरकारको तथ्याङ्क केलाउँदा जति नै जनचेतना बढे पनि आङ्ग खस्ने समस्यामा बढेको पाइन्छ किन ?
आङ्ग खस्नु भनेको कम उमेरभन्दा पनि अलिकति उमेर बढेपछि हुने हो । वर्ष दिनमा कसैको बच्चा भइरहेको छ भने त्यो रिकभर हुन सक्दैन । मासु बसेको हुदैन । सुत्केरीको बेला या पछि विरामीको खानपिन मिलेन या डेलिवरी हुने वितिकै उसले आराम लिन सक्दैन ।
बर्षेनी बच्चा भयो या घरमा विना कुनै डाक्टर नर्सले नहेरेर त्यतिकै डेलिवरी हुँदा जुन प्रोसेसमा बच्चा जन्मिन्छ त्यो प्रोसेसमा गा¥हो भई ज्यान समेत गएको सुनिन्छ । पारिवारिक प्लानिङ्ग गरेर दुइ–तीन बर्षको अन्तरालमा बच्चा जन्मिदा आमा र बच्चा स्वस्थ्य र सुरक्षित रहन्छन् ।
८) अहिले पनि छोरा जन्माउने आशमा वर्षेनी बच्चा जन्माउनेलाई महिलाको स्वास्थ्य रक्षाको लागि के सल्लाह दिनु हुन्छ ?
यो एकदमै नराम्रो कुरा हो । किनभने क्रोमोजोमबाट छोरा र छोरी छुट्याउछांै । त्यो महिलाको हातमा हुदैन । त्यो पुरुषको हातमा हुन्छ । हाम्रो नियन्त्रणमा नभएको कुरा हो । त्यस माथि वर्षेनी बच्चा पाउँदा क्याल्सियम र आइरनको कमी हुने तथा धेरै चीजको कमी हुन जान्छ । महिलाको पाठेघरमा पनि समस्या हुन जान्छ । मासुहरु कमजोर भइरहेको हुन्छ । पेट जुन बढेको हुन्छ त्यसमा फर्काउदा पनि मासु कडा हुनुपर्छ । केही समय लाग्छ । अब त्यो नहुँदा अर्को वर्ष फेरी बच्चा जन्माउँदा एकदमै कमजोर हुन्छ । प्रसुती हुने बेला रगत प्रसव बढी हुन्छ । कति जनाले ज्यान समेत गुमाएका देखेका छौं ।