वीरगंज । पछिल्लो समयदेखी दिनहु भईरहेको विधुत ट्रिपिङ्गको समस्याले आजित भएर पर्सेली युवाहरुले विधुत प्राधिकरण वीरगंज अगाडी धर्ना दिई प्रदर्शन गरेका छन् । गर्मी बढेसंगै दिनहु छिनछिनमा काटिने लाईनको समस्याले आक्रोसित भई पर्सेली युवाहरुले सोमबार विधुत प्राधिकरण वीरगंज वितरण केन्द्र अगाडी प्रदर्शन गरेका हुन् ।
‘‘अनियमित लोड सेटिङ्ग बन्द गर, जनतालाई दुःख दिन पाईदैन्, विधुत प्रधिकरणको लापरवाही बन्द गर’’ लगायतको नारा लगाउँदै प्रदर्शन गरिएको छ । कुनै जानकारी वा सुचना बिना नै विधुत प्राधिकरण केन्द्र वीरगंजले दिनहु लाईने काट्ने, भोल्टेज नदिने र दिनुहु ३/४ घण्टासम्म लाईन काटिने कामले जनतालाई धेरै दुःख भईरहेकोले नियमित रुपमा विधुत सुचारु गर्न प्रदर्शनकारी युवाहरुले चेतावनी दिएका छन् ।
प्रदर्शनमा सहभागि लोकतान्त्रिक समाजवादी पार्टी वीरगंज महानगर कमिटि अध्यक्ष एंव युवा नेता ओमप्रकाश सर्राफले सरकारले करोडौंको विधुत भारतमा बेच्ने भने पनि पर्साबासीले कहिले पनि विधुत निरन्तरताको अनुभुति पाउन नसकेको गुनासो गरे ।
‘‘सरकार भन्छ नेपाल लोड सेटिङ्ग मुक्त भयो, तर दिनहु काटिने विधुतले आम नागरिकसहित यहाँका उद्योगधन्धा पनि त्राहिमाम अवस्थामा छ, उनले भने, ‘साना र मझौला उद्योगहरु त् एकदमै चौपट भएको अवस्था छ,।’’ छिनछिनमा काटिने लाईनले धेरै मेसिनरी सामानहरु बिग्रिने गरे पनि विधुत प्राधिकरण जवाफदेही नभएको उनले आरोप लगाए ।
विधुत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र झाले नियमित रुपमा लाईन सुचारु गर्ने प्रयासमा लागेको बताएका छन् । केही प्राविधिक समस्या भएको हुँदा त्यसको समाधान गर्ने काम भईरहेकोले चाडै नै नियमित लाईन सुचारु हुने इन्जिनियर झाले बताए ।
प्रदर्शन कार्यक्रममा सखुव प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, नेता निषेश यादव, राजनारायण मिश्रा, राजेश साह, कृष्ण गुप्ता, समाजिक अभियन्ता लालबाबु सिंह, बृजेश्वर चौधरी, संजय पटेल, महिला अभियन्ता उषा अधिकारी, रेखा सर्राफ, रानी शर्मा, अन्जना गुप्ता लगायतको उपस्थिति रहेको थियो ।