५ जुन २०२२ अर्थात २३ अनुसार २०७९ का दिन विशेष महत्वका साथ विश्वभर नै विश्व वातावरण दिवस २०२२ मनाइयो । वातावरण सन्तुलन यतिखेर विश्वकै गम्भीर चिन्ता र चासो बनेको छ ।२२ अप्रिल १९७० देखि पृथ्वीको सؘुव्यवस्थापनका लागि पृथ्वी दिवस मनाइने गरिएको छ ।
पृथ्वीका स्रोत एंव वातावरणीय स्थिती बारे अध्ययन अनुसन्धानका लागि उपग्रह बनाइएको छ । यस उपग्रहले पृथ्वीको स्रोतहरुको अध्ययन गरिरहेको छ । ब्राजिलको रहयोदे जोनरियोमा सन् १९९२ मा भएको विश्वव्यापी सम्मेलनमा जलवायु परिवर्तन न्यूनिकरण, जैविक विविधता संरक्षण, विश्व वातावरणीय समस्या समाधान, दिगो विकासका अवधारणा छलफल र कार्यक्रम तर्जुमा गरियो । दिन पर दिन संवेदनशील बन्दै गइरहेको वातावरणीय समस्याको समाधानमा राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु क्रियाशील छन । वातावरणीय समस्या विश्वभर नै जटिल बन्दै गइ रहेको छ ।
जलवायु परिर्वतन प्रमुख चुनौती वनेको छ । परिस्थितिक सन्तुलन खलबल्याउने घटना बढिरहेको छ । परिस्थितिक प्रकोप बढिरहेको छ । वातावरणीय चेतना हिजोआज प्रमुख विषय बनेको छ । वातावरण÷पर्यावरण भनेको हाम्रो वरिपरिका सम्पुर्ण प्राकृतिक तथा कृत्रिम वस्तुको अन्तरक्रियाका लागि सृर्जित परिवेश, जीवित वस्तु तथा यसलाई असर पार्ने सम्पुर्ण भौतिक वस्तुहरुको समष्टि रुप हो ।
विश्वका सम्पुुुुर्ण चेतनशील मनुष्यहरुले वातावरण संरक्षणका लागि निरन्तर आवश्यक कार्य गरिरहे मात्र वातावरण दिवस मनाएको सार्थकता हुन्छ । वातावरण सन्तुलित भएन भने हावा, पानी, माटो, जीवजन्तु, वनस्पति, खेतीपाती सबैलाई प्रत्यक्ष असर पार्दछ । इन्धन र उर्जा अति आवश्यक वर्तमान समस्यामा परि रहेको छ । इन्धनले वातावरणलाई असर पार्दछ ।
वतावरणीय महासन्धी भएका छन । वातावरणीय मुल समुह (कोर ग्रुप) हर बखत वातावरण संरक्षणका लागि खटि रहेको छ । वातावरणीय प्रकोप घट्नुको बदला डरलाग्दो ढंगले बढिरहेको छ । विश्व वातावरण प्रदुषण मुख्य चुनौती बनेको छ । वातावरण प्रदुषणका कारण जलवायु परिवर्तन भई रहेको छ ।
कुनै पनि उद्योग वा विकासका कामले वातावरणमा अनुकुल वा प्रतिकुल प्रभाव पारेको हुन्छ । वातावरणीय प्रभाव मूल्याङ्कन अनिर्वाय गरिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन बमोजिम कुनै पनि वातावरणीय परियोजनाको सुरुवात गर्नु अघि त्यसले स्थानिय बासिन्दाको जनजिवन, वन्यजन्तुको रहन सहन आदिमा अध्ययन गरिन्छ । यस मुल्याङ्कन वमोजिम प्रस्तावित परियोजना वातावरण मैत्री भएको तथा कम प्रदुषण भएको साथै सहज प्रदुषण नियन्त्रण प्रक्रिया अपनाउन सकिने संभावना भएको परियोजना लागु गर्न सम्वन्धीत निकायले स्वीकृत प्रदान गर्दछ । वातावरणीय प्रभावको नियमित अनुगमन गरिनु पर्दछ ।
वतावरणीय सुचक पाट वा वातावरणको वर्तमान तथा भावी स्थितिबारे थाहा पाउन सकिन्छ । वातावरणीय पत्रकारिता, वातावरणीय कानुन, वातावरणीय सम्पर्क केन्द्र वातावरणीय व्यवस्थापन, वातावरणीय सोचाई, वातावरणीय योजना, वातावरणीय प्रतिरोध, वातावरणीय दबाब समुह, वातावरणीय विज्ञान सबै मौजुद छन् । वातावरण भनेको भेग विषय हो । यसको अध्ययन कहिले पुरा हुन सक्दैन ।
वातावरण भनेको जीवन र जगत हो । वातावरण अनुकुल रहेन भने यो संसार नै रहदैन् । जलवायुले वातावरणलाई बेला मौकामा उथलपुथल पारिरहेको हुन्छ । प्राकृतिक प्रकोप, दैवि प्रकोप भनेको वातावरण विरोधी हो । हरित गृह ग्याँस, कार्बन उत्सर्जन अहिले महत्वपुर्ण वातावरणीय मुद्दा हो । फोहोर मैला व्यवस्थापन, काठमाण्डौं उपत्यकाको खोलाको प्रदुषण, जंगल अतिक्रमणले गर्दा वातावरणीय समस्या जटिल बन्दै गइरहेको छ ।
जलवायु परिवर्तनका कारण मानिस, पशुपंक्षी, वनस्पतिमा महामारी र अनियन्त्रित रोगहरु बढिरहेको छ । हालै स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । वातावरण संरक्षण र सन्तुलन गर्ने दायित्व स्थानिय तहको हो । स्थानिय सरकार र सरोकारवाला उपभोक्ताहरु एक साथ मिलेर अहिले नै वातावरणीय मुद्दा हल गर्न सक्रिय भए भने वातावरण सन्तुलन असंभव छैन । तर स्थानीय तहले अहिलेको जस्तो प्राकृतिक नदीजन्यु वस्तु गिट्टी, बालुवा, ढुंगा आदी दोहनलाई निरन्तरता दिने हो भने ठुलो प्राकृतिक संहार छिट्टै नै व्यहोर्नु पर्ने छ र हामी सबैले ऐतिहासिक पीडा खेप्नु पर्ने छ । प्राकृतिक प्रकोपको पीडा विश्वभर कायम छ ।
यतिखेर काठमाण्डांै उपत्यकामा मात्र एक हजार २ सय मेट्रिक टन उत्पादन हुने तथ्याङ्कले बताएको छ । वीरगंज महानगर, विराटनगर महानगरपालिकाको फोहोर मैला व्यवस्थापन नाजुक छ । चुनावमा भोट माग्ने बेलामा फोहोर ब्यवस्थापनको कुरा चर्काए पनि निर्वाचन जितेका जनप्रतिनिधिले फोहोर मैलाको उचित व्यवस्थापनमा टेवा पु्याउने छन भनि विश्वास गर्ने भन्ने ठाँउ छैन । फोहोर सफा गर्न फोहोर सँगै खेल्नु पर्दछ भनिन्छ तर सुकिला मुुकिला भत्तामुखी, कमिसनमुखि जनप्रतिनिधिहरुबाट कुनै संभव नभएको ठोकुवा गर्न सकिन्छ ।
मिचाहा प्रवृत्तिका वनमाराले वन सखाप पार्दैछ । जलवायु परिवर्तनको जोखिमको हिसाबले थालनी भएका परियोजनालाई मेलाम्ची खानेपानी जस्तै नबनाउलान् भन्न सकिन्न । जलवायु परिवर्तनको जोखिमको हिसाबले विश्वको १२ औ स्थानमा छ ।