पछिल्लो समय देशबाट बाहिरिने जनशक्तिमा कमि आउला भन्ने सर्वसाधरणको आशा अझै भरोसामा परिणत हुन सकेको छैन । रोजगारी, उचित शिक्षा, व्यापार व्यवसाय लगायत बिभिन्न शिर्षकमा बिदेशिनेहरुको संख्या बढ्दो छ । नेपालका अधिकांस शिक्षित वर्ग विदेशी भुमिमा आफ्नो सिप अनि खर्चिलो समय व्यतित गरिरहेका छन् । नयाँ नेपाल समृद्ध नेपालीको सपना साकार बनाउनको लागि युवा र दक्ष जनशक्ति बाहिरिदा मुलुकलाई रिमिट्यास आएर भएको फाइदाभन्दा घाटा नै बढि भइरहेको छ ।
हाम्रो जस्तो सानो मुलुक त्यसमा पनि श्रम शक्ति, अनि आर्थिक शक्तिको अभावको कारण मुलुकको बिकाश हुन नसक्नुको एउटा कारण छदैछ । त्यसमा पनि मोटो पैसाको मोहको कारण पनि बिदेशिनेको संख्या खट्ने भन्दा बढ्ने क्रममा नै छ । गाँस बासँ अनि कपासकै अभावका लागि बिदेशिनु पर्ने बाध्यता नभएको होइन । तर अर्काे मुलुकमा गएर जुनसुकै पेशा गरेर भए पनि मोटो रकम भित्रयाउने लालच गर्ने हरुको संख्या बढ्नु र अभिभावकले समेत आफ्नो संतानको भविस्य धनि मुलुकहरु अष्टेूलिया, अमेरिका, जापान, जस्ता देशमा अध्ययनको लागि लाखौँ खर्च गर्न तत्पर रहँनु यसै पीडादायी क्षण हो । आफ्ना सन्तानको भविष्य सुन्दर भएको सबैका अभिभावकको चाहना हुन्छ । तर तिनै संतानको लागि भए नभएको बनिबुतोबाट आर्जन भएको सानो रकम र चर्काे व्याजमा कर्चा लिएर बिदेश तिर पढ्न पठाउने अनि तिनै संन्तान आफ्नो मुलुकको माया मोह त्यागेर उतैको ग्रीन कार्ड लिई नेपाल आउन अनिश्छुक हुनु निकै दुखद् पक्ष हो । एउटा अविकशित देश हो भन्दैमा त्यसलाई विकास भएको छैन भनी चर्काै स्वरमा अलाप्नेहरुले पनि अब कुरा भन्दा काममा जोड दिनुपर्ने अवस्था छ ।
बिदेशिनको लागि खर्चिएको लाखौ लाख रकम यदि यहिँ देशमा लगानी गर्र्नै हो भने केहि हदसम्म श्रम शक्ति आफ्नै देशमा खर्चिने थियो । जस्को सहयोगले नेपाल समृद्ध, सुन्दर बन्न सहयोग हुने थियो ।
मुलुकको बिकाशको लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । हाम्रो जस्तो सानो मुलुकमा न रोजगारीका प्रसस्तै बाटाहरु छन् न दक्ष जनशक्ति नै । देशको बिकाश कसरी सम्भव होला यो बिचारणीइ पक्ष हो । बिकशित देशहरुलाई हेर्ने हो भने अधिकांश देशले सकेसम्म युवा अनि दक्ष उर्भर जनशक्तिलाई आफ्नै देशमा आर्कषित पार्ने योजनाहरु कार्यान्वयन गरिरहेका हुन्छन् । अमेरिका, क्यानडा अस्ट्रेलिया जस्ता देशले दक्ष जनशक्तिलाई अन्य मुलुकमा जान भिषा नदिएर आफ्नै मुलुकमा काम गर्न सहज वाताबरण अनि व्यवस्थापनको ठाउँ बनाइदिने गर्छन् । जसको कारण श्रम अनि शक्ति मार्फत मुलुकलाई कसरी समृद बनाउने तर्फ मार्ग निर्देश गरेका थुप्रै उदाहरण छन् ।
देशमा बाहिरिने गरेको जनशक्तिलाई कम गर्नको लागि सरकारले आफ्नै देशमा रोजगारीका बाटाहरु खन्न सक्नु पर्दछ । जनचेतना सगै उचित शिक्षा र प्राप्ताङ्क शिक्षालाई उपयोग गर्ने सहज बातावरणको निर्माण गरी दक्ष जनशक्तिलाई परिचालित गर्न नसकेकै कारण आज विवश भएर युवाहरुको बिदेशिने क्रम घट्नुको साटो उल्टै बढ्दै गएको अब हरेक सरकारले बुझ्न आवश्यक छ । बढी पैसा कमाउने लोभले होस वा भोको पेट भर्ने मजबुरीको कारण होस् एक हातमा झोला र अर्को हातमा राहदानी बोकेर बिदेशिने जनशक्तिलाई केहि हद सम्म भए पनि कमि गर्न सकिन्थो । यता तर्फ ध्यान जान जरुरी छ । हैन भने समृद्ध नेपाल अनि सुखि नेपालीको नारा मात्रै नारा मै सिमित रहने छ । उचित शिक्षा दक्ष जनशक्ति र आजका युवा नै देश विकाशका मुल आधार हुन् भन्ने बुझ्न अब ढिलो गर्नु हुन्न ।