विश्वभरी बढिरहेको तापक्रम दिनाहुदिन परिवर्तन देखिएको वातावरणले मानविय अस्तित्वलाई गम्भीर असर पारिरहेको छ । जलवायु परिवर्तनको कारण यसै हो भनेर ठोकुवा गर्न नसकेपनि विवध कारणले पृथिवीमा जलवायुको परिवर्तन भईरहेको र त्यसको प्रत्यक्ष असर मानविय जनजीवनमा निक्कै ठुलो असर पारिरहेको छ ।
जमिन,पानी, जहाज र स्याटलाक्षर््टमा रहेका मौसम स्टेशनलाई आधार मानेर रेर्कड भएका तापक्रमलाई हेर्दा अप्रत्यासित रुपमा बढेको देखिन्छ । विकाशले निकाश निम्त्याउछ स्वभाविक हो । तर जलवायुको परिवर्तनले मानविय जनजीवन कष्टकर बनाउदैछ छ यो हामी सबैको चिन्तनको कुरा हो । सन् १९९२ यतालाई हेर्ने हो भने सहरीकरणको वृद्विदर दोब्बर भएको छ । वन फडानको क्रम उच्चतम् विन्दुमा छ । २९८० देखी यतालाई हेर्ने हो भने १ अर्व हेक्टर भन्दा बढि जंङ्गल नष्ट भएको अवस्था छ । यसरी हेर्दा पृथिविको झण्डै ७५% प्रतिशत मानविय बस्तिको हिसाबले बसोबास योग्य छन् ।
वनजंङ्गल, जीवजन्तु किरा फट्याग्रा मात्रै होईन वनस्पति फलफुल खाद्यान्नलाई समेत हरेक दृष्टिकोणबाट प्रभाव परिरहेको मात्रै छईन जल,वन,स्वच्छ वातावरण। सुद्व फल खाद्यान्नमा हदैसम्म नराम्रो असर परिरहेको छ । यहिँ अनुसारले जलवायु परिवर्तन हुने हो भने अबको कहि बर्षमा हामीले सोचे भन्दा फरक अवस्था नआउला भन्न सकिदैन ।
जलवायु परिवर्तन संभावनाका कारण : नेपालमा अहिले औषतमा वार्षिक ०.०५६ डिग्री सेल्सियस तापक्रम बढिरहेको अवस्था छ । जस्को कारण निक्कै ठुला ठुला असर देखा पर्न थालिसकेकाछन् । वर्षादको प्रवृभिमा व्यापक फेरजदल देखिनु, हिमपात तथा हिमपात विष्फोटन हुनु । जस्तो अपेक्षा गरिएको भन्दा फरक किसिमका विप्तहरु देखिनु , बिना सिजनको बर्षाद, हावाहुरी, चट्याङ्ग, बाढी पहिलो, अत्याधिक तापक्रम जस्ता प्राकृतिक कुरामा अनेपेक्षित परिणामले पनि जलवायु परिवर्तनको संकेत देखाईरहेको छ । उसो त हामी भन्ने गछौ बिकाशले निकाश ल्याउछ तर कतिपय निकाशले विनास पनि निम्तयाईरहेको हुन्छ जो तत्काल नदेखिएला तर भविष्यमा कहिँ न कतै असर पारिरहेको हुन्छ । जस्तो नदि खोलालाई आधार बनाएर बनार्ईका बिना ईन्जिनियरिङ्ग सडकर संरचनाले भविष्यमा असर पारिरहेको हुन्छ । भौतिक योजना बिना गरेका निमार्ण जोखिमयुक्त त रहन्छन् नै बाढी पहिरोबाट खोला थुनिने अधिकांस ठाउँमा फुट्ने टुट्ने सम्भावना हुन्छ ।
जलवायु परिवर्तनले पार्नसकने असरः विगत १५० बर्षमा पृथ्वीको तापमानलाई हेर्ने हो भने विभिन्न गतिविधीको कारण १ डीग्रीले बढेको देखिन्छ । पृथ्वीका केहि वायुमण्डलीय ग्यासहरुले गर्दा पृथ्वीबाट बाहिर ताप निस्कन रोक्दछ । जस्को कारण ति ग्यास प्राकृतिक रुपममा नै वायुमण्डलमा नै घुमिरहन्छन् । जस्को कारण पृथ्वीलाई स्थिर तापक्रमा राख्छन् तर मानविय क्रियाकलाप जस्तो ईन्धन जलाउनु, बर्षौ पुराना सवारी साधन चलाउनु, खाद्यान्न उत्पादन , वन विनास तथा वन डडेलो लाग्नु जस्ता कारणले प्राकृतिक चक्रलाई नै परिवर्तन मात्रै गर्देन पृथ्वीको सतहलाई नै बिस्तारै तताउने गर्दछ । जस्को कारण मौसमको परिवर्त अर्थाथ बेमौसमे प्राकृतिक परिवर्तनलाई हामलिे महशुश गरिरहेका छौ । पानीको सतह घट्दै जानु, जमीन तातिएर बाफ निस्कनु, माटोको सतह कम हुदै जानु, खाद्यान्नय उत्पादनमा हस आउनु जस्ता विविध कारण जलवायु परिवर्तन बड्ने संकेत हुन सक्छन् । यसरी हेर्ने हो भने कहिँ न कहिँ जलवायु परिवर्तनमा मानविय चालचलन पनि रहेको छ भन्न सकिन्छ ।
जलवायु परिवर्तनको खतरा : दिनानुदिन पृथ्वीको तापक्रम अप्रत्यासित रुपमा बढ्दै जादा बैज्ञानिकहरुले विभिन्न अनुमान गरिरहेकाछन् । अनुमानको आधारमा हुन सक्ने खतराको बारेमा पनि बहस भईरहेको छ । जलवायुपरिवर्तनका कारण हुन सक्ने खतरा अनि उपायको सम्बन्धमा राष्ट्रसङ्गघका वैज्ञानिकहरुले केहि उपाय पनि निकालेकाछन् । ति मध्ये उर्जा उत्पादनका लागि प्रयोग गरिने कोईलाको प्रयोलाई घटाउन आवाश्यक छ भने यी उत्पादनको लागि कुनै अर्काे श्रोत अथवा विकल्प खोज्न पर्दछ ।
केहि बर्ष अगाडीको एक अभ्ध्यननले जलवायु परिवर्तनसँग जुद्व्न प्रविधिको बिकाश आवाश्यक रहेको जनाएको थियो पुथ्वीको तापक्रम घटाउन वायुमा रासायनिक पर्दाथ छर्कने, अन्तरिक्षमा ठुलो ठुलो एना लगाएर सुर्यको प्रत्यक्ष किरणलाई पुथ्वीसम्म सिधै प्रवेश रोक गर्ने, वायुमण्डलमा कार्वनडाईअक्साईड ग्यास हटाउने जस्ता कुरामा अझ गहन अनुसन्धानको आवाश्यकता छ । अर्काै हामीलाई सुन्दा असहज अप्रत्यारिलो लाग्न सक्छ तर हाम्रो देशमा कोई एक पेट खान नपाएर भौतारिरहेकाछन् भने कोई खान नजानेर दुखी छन् । आईपिसीका अनुसार सर्वोच्च प्रति व्यात्ति उत्सर्जन दर भएका १० प्रतिशत घरपरिवारले ४५ प्रतिशतसम्म उपभोगमा आधारित हरितगृह ग्यास उत्खननमा योगदान दिएकाछन् । संसारका घनाग्य व्यातिले निजी जेट विमानमा अत्याधिक खर्च गरेकाछन् । विलासिता वस्तु तथा साधनमा विशेष ध्यान दिन सके केहिहदसम्म जलवायु परिवर्तको तिव्रतालाई छेकथुन गर्न सकिन्छ ।
अन्त्यमा, अहिले सबैतिर चासो र चिन्ताको बिषय जलवायू परिवर्तनको बारेमा अहिले उतिधेरै सिरियस हामी नहुनु स्वभाविक होृ किन भने यस सम्बन्धमा घेरै खोजी चासो पनि लिईको देखिदैन र प्रत्यक्ष महशुस हुने गरिको असरपनि देखिरहेको छैन, तर हाम्रो दैनिकी जीवनमा प्रत्यक्ष असर भने परिरहेको छ ।
मानविय जीवनसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यस्को प्रभाव परि नै रहेको हुँदा जलवायु परिवर्तन सम्बन्धमा हामी नागरिकको चासो हुनपर्दछ । आफ्नो काम, फोहोर मैला व्यवस्थापन, वन जगंल फडानी, खोलानाला तथा जलश्रो्तको बारेमा चासो राख्ने जो कोेईले आफ्नो सम्मmेर ध्यमान पुर्यागनु पर्दछ ।