सुन्दा अलि आश्चर्य लाग्न सक्छ । तर वास्तविकता त्यहि छ । जुन मुलुकभरका ७ सय ६१ वटा सरकारले उनीहरुले भने जस्तो जनहितमा अझै काम गर्न सकेका छैनन् । बहानामा भने उनीहरुकै कुरा जनताका भन्दा ठूला छन् । वास्तविकता भने गरीब तथा विपन्नका हितमा कहिले समयमा काम हुन सकेको छैन । पछिल्लो उदाहरण कृषि प्रधान देशका सबै जनताले मुलुक भित्र उत्पादन भएको चामल खान नपाउनु मात्र नभई दाताले दिएको चामल समेत गोदाममा नै सड्दै जानु हो ।
नेपाल खाद्य संस्थानको वीरगन्ज स्थित गोदाममा यस्तै भएको छ । त्यहाँ राखिएको ५ हजार १ सय ७९ क्विन्टल चामल समयमा नै विपन्न तथा गरीबका घरसम्म पुग्न पाएको छैन । बरु सड्न थालेको छ । कृषि प्रधान देश भनेर राजनीतिकर्मीहरु जति कुर्लिए पनि यो चामल जापान सरकारले नेपालका गरीब तथा विपन्न र विपतमा परेका जनताले भोक टारुन् भनी अनुदानमा पठाएको हो । तर त्यो चामल नौ महिनाबाट वीरगन्ज स्थित गोदाममा नै थन्किएर बसेको छ । लामो समय सम्म गोदाममा खाद्यान्न थन्क्याइदा त्यसको गुणस्तरतामा ह्रास आउँछ । जुन नेपालका सबै सरकारहरुले यसको वास्ता गर्दैनन् ।
खाद्यान्न लामो समय एकै ठाउँमा राखिराख्दा किरा नलाग्ने र नसड्ने कुरामा नेपाल खाद्य संस्थान आफै ढुक्क हुन सकेको छैन । न त नेपालमा खाद्यान्नलाई लामो समय सम्म सुरक्षित राख्न सक्ने प्रविधि नै विकास भएको छ । यस्तो अवस्थामा पनि आफ्नो मुलुक भित्र उत्पादन भएको खाद्यान्न जनता सम्म पु¥याउन नसक्ने सरकारहरुले बाहिरबाट आएको खाद्यान्न पनि मुलुकका गरीब तथा विपन्न जनताको पहुँच सम्म पु¥याउन सकस परेको छ ।
दाताले लक्षित गरेको ठाउँ सुदूर पश्चिमका गरीब, विपन्न तथा विपतमा परेका जनताका लागि नेपाल खाद्य संस्थान चामल पठाउने भनी कुरेर बसेको छ । तर यहाँका सरकारहरु भने समयमा नै ठोस निर्णय गर्न सक्दैनन् । लक्षित ठाउँ सम्म पु¥याउन केन्द्र सरकारको निर्देशन संस्थानले कुरिरहेको छ । अझै संभवतः को प्रतिक्षामा सरकार मतहतको निकाय प्रतिक्षारत छ । यो पनि ज्ञारण्टि भने छैन ।
गएको २०७४।१०। १३ यता विभिन्न विपत पनि नआएका होइनन् । यहाँ गरिब जनता पनि नभएका होइनन् । तर लक्षित ठाउँमा सामान नपुग्नु नेपालका सरकारहरुको कमजोरी हो । नेपालीहरुको महान् पर्वका सयमा पनि पूरा पेट खान नपाएका नेपालीहरु मधेश तराई र पहाड हिमाल चारै तिर भेटिन्छन् । अरु समयमा जे भए पनि मुलुकवासीका लागि चाडपर्वका समयमा त राज्यले आफ्ना सबै संयन्त्र परिचालन गरी राहत प्रदान गर्न सक्नु पथ्र्यो । तर त्यसो हुन सकेको छैन । हाम्रो मुलुकका सरकारहरु आफ्ना काममा चुक्दैछन् । यो त उदाहरण मात्र हो । यस्ता सबै सरकारका कमीकमजोरी प्रसस्त भेटिन्छन् । यसमा हरेक सरकारले चनाखो हुनु पर्छ । जनताका जनमुखी काम कसरी हुन्छ भन्नेमा उनीहरु चुक्ने हो भने निर्वाचनमा राजनीतिक दलका नेताहरुले भनेजस्तो ठोस कार्य सम्पादनको परिणाम आउन सक्दैन ।
जनताले नेताहरुले के बोले के गर्दैछन् भन्ने राम्रोसँग नियाली रहेका छन् । एक माघले जाडो जाँदैन भनेजस्तो एकपटक निर्वाचन जितेपछि सधैंको लागि निर्वाचित भएको होइन भन्ने भन्ने जनप्रतिनीधिहरुलाई हेक्का हुन आवश्यक छ ।