जव जव कुनै घटन हुन्छ तव तव त्यसको विषयमा चर्चा हुन्छ तर बाकी समयमा त्यो विषयको बारेमा चर्चा शुन्य रहन्छ । चाहेको त्यो विकासको विषय हो वा कुनै घटना होस । हामी पुर्वतयारी भन्दा पनि घटना घटे पछि मात्र योजनाका बनाउने प्रयास गर्छाै । घटन घटनु भन्दा पहिलेको तयारी गर्ने चलन हामी कहाँ छैन ।
हामी बसेको गाउँ शहरलाई हाम्रो गाउँ शहर बनाउन हामी चर्चा गर्दैनौ । स्थानीय जनताबाट स्थानीय स्तरमा हुने विकास निर्माण होस यहाँको घटना यसको बारेमा हामी मौन बस्छौ । हामी यो ठाउँमा वस्छौ यसको उपभोग त गर्छाै तर यसलाई माया गर्दैनौ । विकास निर्माणका बाधक होस वा अरु घटना सधै अरुलाई आरोप लगाउन परम्परा हामी भित्रबाट गएन । हामी राम्रो शहरमा बस्न त चाहन्छौ तर आफना शहरलाई राम्रो बनाउन चाहदैनौ वा हाम्रो मनभित्र आउदैन ।
बाहिरबाट आएका मानिसहरुले हाम्रो शहरलाई विभिन्न उपनाम जस्तै मच्छरगंज, फोहोरी शहर आदी दिईरहदा हामी लाचार बनेर होमा हो मिलाई रहन्छौ तर यसलाई कसरी राम्रो बनाउने वा बन्दै छ वीरगंज भन्न सक्दैनौ ।अन्य राजनितिक, सामाजिक, अपराधिक, भ्रष्टाचारीमा चर्चा कमाएको वीरगंज राम्रो शहरको रुपमा कहिले चर्चा कमाउला ? एक जनाको प्रयास भन्दा पनि हामी सवैको प्रयास कहिले होला ?
हाम्रो शहरलाई सफा सुग्घर र अपराध रहित बनाउ आम नागरिकको ठुलो भुमिका हुन्छ । हामीले वस्ने शहरलाई राम्रो हाम्रो शहर बनाउने अभियानमा लाग्नु पर्छ । हामी हाम्रो शहरलाई सुरक्षित बनाउका लागि आम नागरिकको तर्फबाट योगदान गर्न जरुरी छ ।
हामीले हाम्रो शहरलाई माया गरेनौ भने अरुले कसरी गर्छ त्यसैले हाम्रो शहरका लागि हामी अघि सर्नु पर्छ होईन भने घटना पछिको चर्चाले मात्र राम्रो शहरको निर्माण गर्न सकिदैन ? हामी बाहिर घुम्न जान्छौ फोटो खिच्छौ रमाउछौ तर आफनै शहरलाई रहर लाग्दो बनाउन कहिले पहल किन गरेनौ ? हामी आफै वस्ने शहरलाई राम्रो बनाउन अरुले सोच्नु भन्दा हामी कहिले सोच्ने ? यसको वारेमा चर्चा र वहश गर्न जरुरी छ । अरु भन्दा पनि शहरवासीको नाताले आफनो शहरलाई राम्रो बनाउन आवश्यक छ ।
कनै न नकुनै बहानामा हाम्रो वीरगंज चर्चामा रहिरहयो र चर्चा पछि फेरी सेलाएर जस्ताको त्यस्तै मानौ ना हामीलाई हरेक चर्चा सहने बानी बसे जस्तो तर यो हाम्रो समुदायको लागि राम्रो कुरा होेईन । हाम्रो समुदायमा के भईरहेको छ त्यसको निगरानी हामीले राख्न जरुरी छ । हामीले बसेको ठाउँ बनाउन हाम्रो पनि दायित्वको त्यसको लागि हामी अगाडी बढनु पर्छ ।
हामी वीरगंजलाई राम्रो र हाम्रो वीरगंज कसरी बनाउने भन्ने बहशको शुरुवात गर्नु पर्छ । हाम्रो समाज अहिले पनि अरुले बनाईदिओस अरुले सफा गरिदियोस, हामीले वस्ने स्थानको विकास गर्ने जिम्मेवारी अरुकै हो भन्ने सोचबाट ग्रसित छ । यो सोचलाई बदलेर विकास तर्फ अगाडी बढन यहाँका नागरिक समाज अगाडी बडढन जरुरी छ । व्यतिmगत तथा पार्टी स्वार्थ भन्दा पनि नगरवासीेका स्वार्थका लागि हामी सवै जना अगाडी बढे मात्र हाम्रो वीरगंज राम्रो वीरगंज हुन सक्छ ।