हिन्दु धर्म अनुसार कार्तिक महिना सबैंभन्दा शुभ र फलदायक हुन्छ । यो महिना तिहारजस्ता पर्वहरुको महिना हो । कार्तिक महिनामा भगवान विष्णु निद्रा अवस्थाबाट निक्लेर जागृत भएको विश्वास रहँदैं आएको छ । भगवान विष्णु उठेपछि सबैं मांगलिक कार्य शुरू गर्ने गरिन्छ । यो महीनामा अमावस्यामा लक्ष्मी माताको पुजा गरिन्छ र साथमा तिहार पनि मनाउँने गरिन्छ । तिहारसँगैं जोडीएका धेरैं चाडपर्वहरु यस महिनामा मनाउँने गरिन्छ । तपाईलाई जानकारी गराउँ तिहार जम्मा पाँच दिनसम्म मनाउँने गरिन्छ ।
तिहारको सुरुवात कार्तिक १९ कागको पुजा गरेर सुरु हुनेछ भने कार्तिक २३ गते दाजुभाईको पुजा गरेर सकिनेछ । यो वर्षको तिहार गएको ६० वर्ष पछिको शुभ रहेको ज्योतिषहरुले बताउँदैं आएका छन । नेपाल पञ्चाक अनुसार तिहार कसरी मनाउँदा तपाईले शुभफल प्राप्त गर्न सक्नुहुन्छ आज हामी यसैं विषयमा पडित ज्योतिष राजेन्द्र पोखरेल बताएका छन ।
यस बर्षको कार्तिक १९ काग तिहारको दिन तिहार अनि यमपञ्चक को श्री गणेश गरेको छ । हिन्दु धर्मावलम्बीहरुले वडा दशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो तिहार अर्थात यमपञ्चक हो । यहि तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ ।
काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । यस दिन वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि सौभाग्यका कुराहरुमात्र ल्याओस भनेर कामना गर्दै घर बाहिर हरियो पात, दुना, टपरीमा विभिन्न परिकारहरू कागकालागि भनेर राखिन्छ ।
तिहारको पहिलो दिन कागको पुजापश्चात कुकुरको पुजा गर्ने गरिन्छ । यस वर्षको यमपञ्चकको दोश्रो दिन अर्थात कुकुर तिहार कार्तिक २० मा तपाईको घरमा आउँनेछ । काग एउटा पंक्षी भएकाले यसलाई भेट्न या छुन त अफट्यारो हुन्छ, टाढैंबाट खाना राखिदिएर अनि उक्ति निकालेर कागलाई मालासम्म पहिर्याउने चलन छ । तिहारको सुरुवाती दिन कागको दिन हुन्छ भने तिहारको दोस्रो दिन मानव सभ्यताको प्रारम्भदेखि मानवजातिको प्रिय साथीको रूपमा रहँदै आएको कुकुरको दिन हुनेछ । यस दिन थरिथरिका माला लगाएर कुकुरहरु बाटाघाटामा ठाँठिएका देख्न सकिन्छ ।
तिहारको तेस्रो दिन अर्थात लक्ष्मी माताको पुजा गर्ने दिन यो वर्ष २१ कार्तिकमा परेको छ । साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ त्यस दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले घर अगाडीको तूलसीको मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश रहँदैं आएको छ । तिहारको चौंथो दिन गोबर्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन यो वर्ष २२ कार्तिकमा पर्न गएको छ । काग, कुकुर गाई हुँदै त्यस दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा गोबर्धन पुजाको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ । भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबर्धन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलाई ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ ।
तिहारको अन्तिम दिन भाइटिका हो । इन्द्रेणीको सातै रङ्गको प्रतिक टिका, कहिल्यै न ओइलाउने सुपारी फुलका मालाहरु, अमिलो रसिलो भोगटे तथा बिमिरो लगायतका फलहरु, झिलीमिलि बत्तिहरु अनि झिल्केमिल्के कागज, कपडा तथा प्लाष्टिकबाट बनेका तोरणका सजावटहरुले दाजुभाई सजिन्छन । यस शुभ साइतमा दाजूभाईहरू पश्चिम मुखासन भई बस्ने तथा दिदीबहिनीहरू पूर्वा्भिमूख भई दाजूभाईहरूलाई टिका लगाई शुभाशिष दिई शुभ सगून ख्वाउनु उत्तम हुन्छ भन्ने विश्वास रहँदैं आएको छ । काग, कुकुर, गाई, गोरु सबैको पूजा पश्चात २३ कार्तिकमा दाजुभाईको पूजा गरिनेछ ।