जीवनमा सफलता र समृद्धि चाहने व्यक्तिले आफ्नो स्वास्थ्यप्रति गम्भीर हुनै पर्ने मधेश प्रदेश कै पहिलो डाइटिसियन नारायणी अस्पतालमा कार्यरत डा. निशा सिंह बताउछिन । स्वास्थ्य भन्नाले सामान्य बुझाइमा निरोगी हुनुलाई लिइन्छ । तर स्वास्थ्यको व्यापक अर्थ छ ।सन्तुलित आहार यस्तो आहार हो जसमा हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वहरू समावेश भएको हुन्छ ।
पोषक पदार्थ भन्नाले एक पूर्ण खाद्य पदार्थ हो जसमा कार्बोहाइड्रेट, प्रोटीन, फ्याट ( बोसो ,चिल्लो पदार्थ ) ,पानी, भिटामिन र खनिज पदार्थहरू समाबेश हुन्छ । सबैले आ–आफ्नो क्षमता अनुसार राम्रो खाना खान्छन्, तर पनि त्यस्ता व्यक्तिहरू मध्ये केही चाँडै बिरामी हुन्छन् । यसको कारण भनेको खाने खाना सन्तुलित आहार नहुनु हो । सन्तुलित आहारमा हामी हरियो तरकारी, फलफुलआदि समावेश गर्दछौँ, जसले हाम्रो शरीरको धेरै महत्वपूर्ण काम गर्ने डा. सिंहले बताईन । आजको अंकमा हामीले मधेश प्रदेशकै पहिलो डाईटिसियन नारायणी अस्पतालमा विगत ४ बर्ष देखी कार्यरत डा. निशा सिंह संग मध्य नेपालको लागी गरिएको कुराकानी :-
१) स्वस्थ आहारको बारेमा बताई दिनुस न ?
शरीरलाई फाइदा गर्ने र रोग लाग्नबाट बचाउने खानालाई स्वस्थ आहार भन्निछ । वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरुलाई स्वस्थ आहार मानिन्छ । जस्तैः हरियो सागसब्जी, फलफुल र रेसादार खानेकुराहरु । यस्ता खानेकुराहरुलाईति प्राकृतिक रुपमा खान सकिन्छ, त्यति नैलाभकारी मानिन्छ । नुन, चिनी र चिल्लो हालेर पकाइएको साजसब्जी वा फलफुल फाइदाकारक नहुन सक्छ । प्राकृतिक खानेकुराहरुलाई सकेसम्म ताजा अवस्थामै अवस्थामा खानु राम्रो हुन्छ ।
२) कति उमेरसमुहका मानिसलाई कति कति वेला खानेकुरा खानुपर्छ ?
हामीले खाने खानामा सवै चिजको मात्रा हुनुपर्छ । खानामा सागसब्जी दाल प्रोटिन कार्बोहाटे«ड युतm सम्पुर्ण खाने कुराहरु समय तालिका मिलाएर खानुपर्छ । सवै मानिसलाई स्वास्थ्य बस्नका लागि कमसेकम दिनमा ३ पटक खानेकुरा खानुपर्छ । हामीले खाना खादा विहानको खाना अलि हेल्दि खानुपर्छ र दिउसो १ देखि ३ बजेको विचमा नास्ता खानुपर्छ । रातिको खानाहल्का खानुपर्छ । छ प्रकारका आहारहरु के के खानु पर्दछ ।
स्वस्थ आहारका ६ वटा प्रमुख पक्षहरु हुन्छन् । स्वस्थ आहारको बारेमा बुभ्न सबभन्दा पहिला अस्वस्थ आहारको बारेमा बुभ्नु जरुरी हुन्छ ।खानामा अस्वस्थ आहार नहुनु नै स्वस्थ आहारको पहिलो आवश्यकता बुभ्न सकिन्छ ।जस्तै कम गुलियो, कम नुनिलो र कम चिल्लो खानालाई स्वस्थ आहार भन्न मिल्छ । साथै साग सब्जी, फलफुल र रेसादार खानाको प्रशस्त प्रयोग स्वस्थ आहारको अर्को महत्वपूर्ण पक्ष हो ।
३) छ प्रकारका आहारहरु के के हुन ?
कार्बोहाइटे«ड, पल्र्सस, मिनिरल्स,फ्याट एण्ड वाइल सुगर एण्ड ज्याकिफ्रुट, फ्रुड एण्ड भेजिटेवल सवै थोक हाम्रो खानामा सामिल हुनुपर्छ । हामीहरुको बानी के छ भने दाल, भात मात्रै खाइ दिए भैहाल्छ नी जस्ता कुराहरु हुन्छन । जस्तै हाम्रो शरीरमा प्रोटिनको मात्रा पनि बढी मात्रामा चाहिन्छ । माछा, मासु खानेलाई माछा, मासु खाएर प्रशस्त मात्रामा प्रोटिन प्राप्त गर्छन तर जो मानिस साकाहारी छन । उहाँहरुको लागि प्रशस्त मात्रामा दाल, दुध र पनिर जस्ता खानेकुराहरु खानु आवश्यक छ ।
४) मानिसलाई स्वस्थ्य रहनका लागि कस्तो खानपानको आवश्यकता पर्छ ?
अहिले आएर हाम्रो समाजमा खानपाानमा जगरुक भएका छन । कतिपय मानिसहरु सल्लाह सुझाव लिन आउनु हुन्छ । बच्चाहरुको लागि १० हजार देखि १२ हजार सम्म क्यालोरी भएका खानेकुराहरु खुवाउनु पर्छ । दैनिक सन्तुलित आहार खाने गर्नुपर्छ । विशेष गरेर मधुमेह रोगीहरुलाई खान दिनुपर्दछ । पहिलेको तुल्नामा अहिले मानिसमा धेरै नै बुझ्ने र समझदार भै सकेको छन ।
हामीले दैनिक दिनचर्यामा खानपानमा ध्यान नदिएका कारणले धेरै जसो मानिसलाई मधुमेह रोग लागि सकेको छ । मधुमेह यस्तो रोग हो की मानिसको शरीर भित्र ३/४ थरीका रोगहरु निम्त्याइदिन्छ । यस्तो हुनुमा विशेष त खानपानको गढ्बडीको कारणले गर्दा नै हो । मानिसमा खानपान र भागदौडको कारणले गर्दा मानिसमा खाने बस्नेको कुनै समय नभएको कारणले गर्दा विभिन्न रोगहरु लागि रहेको छन । पहिलेका हाम्रा पुर्खाहरु धेरै उमेर सम्म बाच्ने गरेका थिए । अहिले हाम्रा पालामा ५०/६० वर्षामा नै मान्छेहरु मर्ने गरेको पाइन्छ । यी सब हुनुमा विशेष गरेर खानपानको गडबडीको कारणले नै हुने गर्छ । जस्तै जिम गर्दा गर्दै मानिसहरु प्राय हर्टट्याक भएर मर्ने गरेको छन ।
यो कसरी हुन्छ भन्दा जिम गर्ने मानिसहरु बढी मात्रामा प्रोटिन युक्क्त खानेकुरा मात्रै खान्छन र अरु सवैलाई बन्द गरी दिन्छन । यसकारणले हाम्रो शरीरमा प्रत्यक्ष वा अप्रत्यक्ष असरहरु परि रहेको हुन्छन । त्यस कारण सानै उमेर देखिनै विशेष गरेर खानपानमा ध्यान दिनु पर्छ ।
४) मधेश प्रदेश कै पहिलो डाइटिसियन हुनुहुन्छ ? बढी मात्रामा महिला वा पुरुष कस्ता व्यक्तिहरु आउने गरेका छन ?
विशेष गरेर पुरुष भन्दा महिलाहरु आउने गरेका छन । बढी मात्रामा मधुमेह रोगी ३० वर्ष देखि ६० वर्ष उमेर समुहका बढी मात्रामा आउने गरेका छन । विगत १० वर्ष देखि थाइराइड रोग धेरै मात्रामा भएको छ । १० महिलाको जाँच गर्दा र ७ जनामा थाइराइड रोग भएको पाइएको छ ।
अचेल मानिसहरु समझ्दार भएर केहि रोग नहुदा पनि आफु तन्दुरुस्त (फिटनेस) रहनका लागी पनि सल्लाह लिन आउनुहुन्छ । जस्तै दुब्लो मानिसहरु म कसरी मोटाउन सक्छु र मोटोमानिसहरु म कसरी दुब्लाउन सक्छु भनेर बढी मात्रामा आउने गरेको छन । आफ्ना बच्चाको लागि उचाइ योजना र दिमाग वृद्धिको विषयमा पनि बढी मात्रामा चासो राखेर सोध्ने गरेका छन । बढी मात्रामा गाउँतिरको मानिसहरु बढी आउने गर्छन । शिक्षित मान्छे भन्दा पनि गाउँतिर बाट आएका मानिसहरु हाम्रो सल्लाह सुझालाई एकदमै राम्रो सँग प्रयोग गरीदिनु हुन्छ एकदमै खुसि लाग्छ ।
५) तपाईले सेवा दिइरहदाको अवसर र चुनौति कस्ता कस्ता किसीमाका आउने गरेका छन ?
छिमेकी देश भारतको रक्सौलबाट एउटा महिला आउनु भएको थियो । उहाँको वजन ९४ के.जी को थियो उचाइ ५.२ इन्च मात्र थियो उहाँको उचाई अनुसार उहाँको वजन ५० देखि ६० के.जी मात्र हुनुपथ्यो । उहाँलाई मैले वजन कम गर्नका लागि डाइट चार्ट अनुसार बताए र उहाँले मैले भनेका कुरहरु मानिदिनु भयो । सुरु मै तपाइ आतिएर हुदैन । १ महिना मै तपाइको वजन घट्दैन मैले भनेको अनुसार गर्दै जानु होला ।
तपाइको वजन घट्छ भनेर विश्वास दिलाएको थिए त्यो साच्चै नै ६ महिना भित्र उहाँको वजन कम भयो र उहाँ पनि एकदमै खुसी र म पनि एकदमै खुसी र विर्सन नसक्ने क्षण भएको छ । चुनैति पनि निकै छ डाइट चार्ट अनुसार गरीदिनु भयो भने सहज हुन्छ । यदि त्यस्तो नगर्दा एकदमै गाह्रो हुन्छ । ओविसिटी मोटोपन घटाउने समस्या बढी चुनैति हुन्छ । मेरो डाइट चार्ट अनुसार १ महिनामा आउनु हुन्छ । मेरो वजन घटेन भनेर बढी मात्रामा समस्या हुन्छ ।
६) उमेर उचाइको हिसाबले कति कति वजन हुनुपर्छ ?
हाम्रो देश नेपालमा मानिसको उचाइ भनेको ५देखि ६ फिटसम्म हुने गर्छ । ५.२ उचाइ अनुसार ५०के.जी देखि ६० के.जी सम्म राम्रो मानिन्छ । ६ फिटको मानिसलाइ ६८ देखि ७० के.जी सम्म राम्रो ठिक हुन्छ । यदि यो भन्दा माथि वजन बढेको छ भने त्यसलाइ मोटोपन बढी भएको भनिन्छ । यदि कुनै बच्चा ४ फिटको ४० के.जी वजन छ भने त्यस्ता बच्चालाइ पनि वजन बढी भएको भनिन्छ ।
बच्चाहरुको वजन बढ्नुमा अभिभावककै भुमिका बढी हुन्छ । घरको खाना भन्दा बढी वाहिरको खानेकुराहरु बढी मात्रामा खान दिने गछौ । मैदाको परिकार बढी मात्रामा खादा पनि वजन बढ्छ । जस्तै म.म.,चाउमिन, बरगर, पिज्जा, चकलेट, कोल्ड ड्रिन्क जस्ता वाहिरी खानेकुराले हामी सवैलाई असर पु्याइरहेको हुन्छ । खानालाई समय तालिका अनुसार खाने र व्यायाम गर्दा अति नै राम्रो हुन्छ ।
७) आम नागरिकको लागि सल्लाह सुझाव के दिन चाहानु हुन्छ?
हाम्रो समाजको लागि अहिले मोटोपन एकदमै बढी छ । मोटोपनले धेरै किसिमको रोगहरु निम्त्याउने गर्छ । मोटोपनले मधुमेह, ब्लड प्रेसर, हृदयघात जस्ता विभिन्न किसिमका रोगहरु लाग्ने गर्छ । अहिले ३० वर्ष भन्दा माथिका उमेर समुहका मानिसलाइ घुडा दुख्ने समस्या छ । यस्ता समस्यम आउनु भनेको माटोपन नै हो । किनकी हाम्रो शरीरको सवै वजन घुडामानै निर्भर हुन्छ । त्यस कारणले मोटोपन बढाउनु हाम्रो लागि जटिल समस्या निम्त्याउन सक्छ ।
खाने समय र सुत्ने समय र व्यायाम जस्ता अति आवश्यक कुराहरु हामीले आफ्नो दिनचर्यामा समय तालिका अनुसार गर्न सक्यो भने मोटोपन कम गर्न र रोगहरु लाग्न बाट बच्न सकिन्छ । हामीले खाना खादा विहानको खाना भनेको राजाले खाने जस्तो खाना खानुपर्छ । दिनभरीको भागदौड र क्यालोरीको मात्रा एकदमै बढी चाहिने हुदा आरामले बसेर एकदमै चपाएर सन्तुलित भोजन गर्नुपर्छ ।
यतिको खाना भनेको एउटा जोेगीले खाने जस्तै थेरै मात्रामा खानुपर्छ । जो व्यक्ति कम सुत्छ उ पनि बढी मोटाउने गर्छ । सुत्नको लागि पनि ६ देखि ८ घण्टा सुत्नु दैनिक आवश्यक छ । यदि यी सव कुरा हामीले हाम्रो जीवनमो मोटोपन रोगबाट बच्न सकिन्छ ।