पहिलेको तुलनामा अहिले उद्यमी महिलाहरुको अवस्थामा केही सुधार आएको हो । सुधार आएको भन्दैमा सन्तोषजनक अवस्था भने छैन बिशेषत निती नियमको बारेमा त्यती जानकार नहुदा पनि कुनै ब्यवसाय संचालन गर्न अप्ठारो परेको अवस्था छ महिलाहरुलाई । सम्बन्धित निकाएले पनि महिला उद्यमीहरुलाई उपलब्ध गराउने सेवा सुबिधा र सुचनाको बारेमा पुर्णरुपमा जानकारी गराउनु पर्दछ । सबै महिला उद्यमीहरुलाइ प्रोत्साहन गर्न समय समयमा क्षमता अभिबृद्धी गराउने किसीमको तालिम प्रदान गराउनु पर्दछ ।
बर्तमान अवस्थामा भन्नुपर्दा सन्तोषजनक नै छ । जुन हिजोका दिनमा हेर्दा मधेस प्रदेशको समग्र महिलाको कुरा गर्दा पिछडिएको अवस्थामा रहेका छ । आज जुन एउटा शिक्षा घरपरिवारबाट आएर आफना सानोतिनो व्यवसायहरु घरघरमा सबै महिलाले गरेको देखिन्छ । विभिन्न उधोगहरु संचालनमा ल्याएका छन् । सक्षम उधमी महिलाहरु पनि हामिले हेरेका छौ । उहाँहरु बाट प्रेरणा लिदै अरु महिला दिदी बहिनीलाई के आग्रह गर्न चाहन्छु भने भोलिका दिनमा महिला आफैमा पनि सशक्तिकरण भई अगाडी बढ्नुपर्छ ।
समग्र मधेस प्रदेशको कुरा गर्दा महिलाहरुलाई प्रोत्साहन नदिएको अवस्था छ । काम गर्नको लागि केही गरु भनेर अगाडी आउँने महिलाहरुलाई केही गर्नको लागि कतैबाट पनि प्रोत्साहन छैन । अलि माथि उत्साहित गर्नुको साथै हतोत्साहित गरेको जस्तो अनुभव भएको छ । प्लाष्टिकको झोला हटाउने अभियानमा लागि परेका छौ । यो अभियान हटाउने नगरपालिकाको सम्बोधन भाषणमा मात्र सिमित रह्यो कार्यान्वयन भएन । हामीले आफै विस्तारै यो अभियानलाई अगाडी बढाउने सोच लिएर कार्य गर्दैछौ ।
अहिलेको अवस्थामा उधमी महिलाहरुलाई उधम सुरु गर्न नै महिलाहरुलाई समस्या छ । महिलाहरुले उधम सुरुवात गरेका छन् । उनीहरुबाट उत्पादन भएको बस्तुहरुले बजारीकरण पाइरहेको छैन । बजारीकरणको व्यवस्थापन हुन सकेको छैन। उधोगहरु दर्ता गर्नको लागि पनि महिलाहरुलाई धेरै चुनौती छ । कहाँ जाने कसरी दर्ता गर्ने त्यो प्रक्रियाहरुमा अनभिज्ञ छन् । स्थानीय सरकारले महिलाहरुको उधम लाई व्यवस्थापन गर्न को लागि विभिन्न सिपमुलक तालिम संचालन गरेर उधमलाई अगाडी बढाउनको लागि सहयोगको खाँचो छ ।
महिला उद्यमीहरुको लागी अहिलेकहि कतैबाट पनि सहयोग भईरुहेको छैन । जस्को अहिलेकहि कतैबाट पनि सहयोग भईरुहेको छैन । जस्को आफ्नो मान्छेछन उनिहरुलाई मात्र स्थानिय प्रदेश र केन्दि«य सरकारले सहयोग गरेको मैले आफ्नो अनुभवमा पाएको छु । जस्को कोही आफन्त बोल्नेमान्छे कोही छैनन भने पाउने केही हैन । त्यसैले महिला उद्यमीहरुको लागीको लागी अहिले काम गर्न निकैनै गा¥हो र अप्ठारो अवस्था छ । अब छिटो भन्दा छिटो समयमै उद्यमीहरुको लागीको सहुलियतको ब्यवस्था मिलाउनु जरुरी देखिन्छ
पर्सा जिल्लामा महिला उधमीको अवस्था एकदमै राम्रो छ भनेर पनि भन्न सकिन्दैन। किनभने कुनै पनि सिप तालिमको लागि कुनै पनि ठाउँमा सोर्स र फोर्स हुन जरुरी छ । यदि मेरो आफन्त छ भने मलाई काम को लागि कुनै गाह्रो हुदँैन । यदि म सक्षम छैन भने म पछाडि नै परेको अवस्था छ । महिला उधमीहरुको लागि काम गर्न निकै नै गाह्रो छ म एक महिला उधमी भएको नाताले । यदि महिलाले काम नै गर्न खोजेता पनि पुरुषको साथ र सहयोग चाहिन्छ । उधमी बन्नको लागि पैसा को पनि खाचो हुन्छ ।