गङ्गाको तीरमा जप, नियम, तप, स्वाध्याय, उपवास आदि योग क्रियामा लागेर पवित्र जल तथा वनका कन्दमूल फल खाई जीउ सुकाइ तपस्यारत केहि ऋषिहरुको परिपूर्ण एउटा आश्रम थियो । त्यस आश्रमका कुलपति याज्ञवलक्य नाम गरेका ऋषि थिए । एक दिन प्रातः कालमा ग·ास्नानपछि देवता तथा पितृहरुलाई आचमन, पाद्य तथा अघ्र्य दिन उद्यत रहेका ऋषिको अंजुलीमा चिल चराले आफ्नो चुच्चोमा च्यापेको एउटा मुसाको बच्चा संयोगवस खस्न पुग्यो ।
ऋषि ध्यान मग्न अवस्थामा रहेको तथा अंजुलीमा सल्बलाइ रहेको कुनै जीवित प्राणीको शिशुको प्राप्तिको आभास पाएर चकित भइ हेर्दा त त्यो जीव मुसाको बच्चा पो रहेको पाए । ऋषिलाई करुणा लागेर हृदय दया प्लावित भएर आयो । पूजा गर्ने बेलामा त्यस मुसाको बच्चालाइ एउटा वटपत्र माथि राखेर पुनः स्नान, आचमन तथा प्रायश्चित गरेर आफ्नो तपोवलले त्यस मुसाको बच्चालाइ सुन्दरी केटीमा परिवर्तित गरि दिए । त्यस पछि त्यस केटीको साथमा उनी आश्रममा फर्कि आएर आफ्नी अपूत्री स्त्रीलाइ दिदै भने–भद्रे ! यस कन्यालाइ लै जाउ तथा यसलाई आफ्नी पुत्री झैं लालन पालन गरेर हुर्काउ । पतिको आदेशानुसार ऋषिपत्नीले यत्नकासाथ ममत्वपूवर्क लालन पालन र स्याहार सुसार गर्दा कन्या छिटै हुर्किएर बा¥ह वर्षे रुपवती तरुणी भइन् ।
विवाहयोग्य आफ्नी रुपवती कन्यालाइ हेरेर एक दिन ऋष्पित्नीले आफ्ना पतिसित भनिन–हे पतिदेव ! आफ्नी कन्या विवाहयोग्य भइ सकेकी छिन, अझै भन्ने हो भने विवाहको समय विति पनि रहेको छ । आफ्नी पत्नीको कुरा सुनेर ऋषिले भने–तिमीले भनेको कुरा ठीकै हो । शास्त्र अनुसार वास्तवमा कन्या बा¥ह वर्षको भएपछि विवाहको लागि कुनै पनि कुराको विचार गर्न आवश्यक पर्दैन । शास्त्रमा स्पष्ट उल्लेख छ– श्रेष्टेभ्यः सदृशेभ्यश्च जघन्येभ्यो रजस्वला । पित्रा देया विनिश्चित्य यतो दोषो न विद्यते । अर्थात् यदि कन्या पितृ गृहमा नै रजस्वला भइ हालिन भने यथाशक्य त्यसभन्दा श्रेष्ट र त्यसको अनुरुप वरसित विवाह गरिदिनु पर्दछ ।
यदि यो सम्भव छैन भने कन्याभन्दा हीन वर सित पनि विवाह गरिदिनु पर्दछ किनकि त्यस्तो अवस्थामा पितालाइ कुनै दोष लाग्दैन । यदि हाम्री कन्या विवाहकोलागि प्रस्तुत हुन्छिन भने म संसारको सर्वश्रेष्ट वर सित विवाह गरिदिन तयार छु । ऋष्पित्नीको सहमति अनुसार ऋषिले वेद मन्त्रद्वारा सूर्य भगवानको आह्वान गरेर भने–मेरी यस शुशीला छोरीसित तपाइ बिहे गर्नुहोस् भन्ने हेतुले तपाइको आह्वान गरेको छु ।
तपाई मेरी छोरीसित बिहे गर्नुहोस् । ऋषिले आफ्नी कन्यासित सोधे–पुत्री ! मैले तिम्रो बिहे भगवान सूर्यसित गरिदिन आ“टे, के तिमीलाइ वर मन परे ? उनकी छोरीले भनिन–बुवा, रुप गुणमा उहाँ अत्यन्त तेजस्वी भए पनि दाहक स्वभावको भएको हुनाले म उहांसित विवाह गर्न चाहन्न । अतः उहाभन्दा पनि कुनै असल वरको जोहो गर्नुस, म त्यससित बिहे गर्ने छु । आफ्नी छोरीको कुरा सुनेर ऋषिले सूर्य भगवानसित सोधे–भगवन, तपाईभन्दा पनि कोहि श्रेष्ट छ भने मलाइ भन्नुस्, आफ्नी छोरीको विवाह म त्यसैसित गर्ने छु । ऋषिको कुरा सुनेर सूर्य भगवानले भने–छन् नि, म भन्दा श्रेष्ट मेघ हुन्छ ।
जसले मेरो तेजलाइ छेेंकेर मलाइ अदृश्य पारि दिन्छ । ऋषिले सूर्य भगवानको कुरा सुनेर मेघलाई बोलाएर छोरीसित सोधे–छोरी, सूर्य भगवान भन्दा श्रेष्ट मेघ हुन्छन् । मेघसित तिम्रो विवाह गरिदिंदा तिमीलाइ मन पर्छ ? छोरीले जवाफ दिइन–बुवा, यो त कालो र मूर्ख छ । यसभन्दा पनि कोहि श्रेष्ट छ भने म उसित बिवाह गर्न मन पराउने छु । छोरीको कुरा सुनेर ऋषिले मेघसित सोधे–मान्वर ! तपाइभन्दा पनि कोहि श्रेष्ट छ भने भन्नुस् । मेघले भन्यो–भगवन, म भन्दा श्रेष्ट हावा हुन्छ जसले मलाइ उडाएर मेरो गतीलाई छिन्न–भिन्न पारि दिन्छ ।
ऋषिले तत्काल वायुलाई आह्वान गरे । वायुदेव उपस्थित भएपछि ऋषिले छोरीसित साधे–वायुदेव वरको रुपमा तिमीलाइ मन परे, छोरी ! यिनीसित तिम्रो विवाह गरि दिउं ? छोरीले जवाफ दिइन–बुवा यिनी त छिनमती र चञ्चल छन, यिनको के ठेकान, कहिले कहां त कहिले कहां ? मलाइ विवाहको निम्ति यिनी मन परेनन् । यिनीभन्दा पनि कोहि श्रेष्ट छन भने म उनीसित विवाह गर्न मन पराउने छु । छोरीको कुरा सुनेर ऋषिले पवन देवसित सोधे–भगवन, तपाइभन्दा पनि कोहि श्रेष्ट छन त ? पवनदेवले जवाफ दिए–किन छैन, ऋषिवर, मभन्दा पनि श्रेष्ट पर्वतराज छन् । जसले मेरो बाटो छेकेर मलाइ निष्क्रिय पारि दिन्छन् ।
पवनदेवको कुरा सुनेर ऋषिले तत्काल पर्वतराजको आह्वान गरे । पर्वत राज उपस्थित भएपछि पुनः उनले छोरीसित सोधे–पवनदेवभन्दा श्रेष्ट पर्वतराज तिमीसित विवाह गर्नकोलागि उपस्थित भएका छन् । वरको रुपमा पर्वतराज तिमीलाइ स्वीकार्य छ, छोरी ? छोरीले जवाफ दिइन–यिनी त कठोर र निश्चल छन् । मलाइ यिनी मन परेनन् । कुनै अर्को श्रेष्ट वरसित विवाह गर्न पाउं । छोरीको कुरा सुनेर ऋषिले पर्वतराजसित सोधे–मान्यवर पर्वतराज, तपाइभन्दा पनि कोहि श्रेष्ट छ र ? पर्वतराजले जवाफ दिए–ऋषिवर, म भन्दा श्रेष्ट मुसाहरु हुन्छन् जसले मेरो जीउलाई कोतरेर दुलो बनाइ त्यसैमा वास गर्दछन् ।
पर्वतराजको कुरा सुनेर ऋषिले मूषकराजलाई बोलाएर उनीसित विवाह गर्न छोरीलाइ आग्रह गर्दा छोरी रोमाञ्चित हुन पुगिन् । लजाउंदै उनी मूषकराजसित विवाह गर्नको लागि आफ्नो स्वीकृति दिइन । मूषकले मान्छेको छोरीसित कसरी विवाह गर्ने ? फसाद प¥यो । तर ऋषिले पुनः आफ्नो तपोवलले त्यस कन्यालाइ मुसो बनाउदै आशिर्वाद दिए–पुनर्मूषिको भव ! कन्या तत्काल मूषिका रुपमा परिवर्तन भइन् तथा मूषकराजसित धूमधामकासाथ उनको विवाह सम्पन्न भयोे । त्यसैले भनिएको छ –सूर्यं भर्तारमुत्सृज्य पर्जन्यं मारुतं गिरिम् । स्वजातिं मूषिका प्राप्ता स्वजातिर्दुृरतिक्रमा ।। (पञ्चतन्त्र कथाबाट)
यसरी मानिसले पनि पाएको अधिकारलाई लत्याउन थाल्यो भने अन्तिममा औकातमा आउनु पर्ने बाध्यता हुन सक्छ । त्यसैले अवसर प्राप्त भयो भने होस् पु¥याएर समयमा नै उचित निर्णग गर्न सक्यो भने राम्रो अवसर पहिले नै आएको पनि हुन सक्छ । होस्ले काम लिनु पर्छ भन्ने यो सन्देश वर्तमानमा पनि उत्तिकै शक्तिशाली छ ।