वीरगंज । वीरगंज महानगरपालिकाको ११ औ नगर सभा समपन्न भएको छ । नगरसभा गृहमा समपन्न सभामा आर्थिक वर्ष २०७९÷८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ । वीरगंज महानगरपालिकाका उपमेयर ईम्तयाज आलमले प्रस्तुत गरेको बजेटमा चालू तर्फ कुल बजेटको ६२.०४ प्रतिशत अर्थात २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पुजिगत तर्फ ३७.९६ प्रतिशत अर्थात १ अर्ब २६ करोड ६४ लाख ७५ हजार छुट्टयाइएको छ ।
महानगरपालिकाले बजेटमा सबैभन्दा पूर्वाधार विकास तर्फ १ अर्व १९ करोड ९३ लाख, समाजिक विकास तर्फ ९९ करोड ३५ लाख ७९ हजार, सेवा प्रवाह सुधार र संगठन सुदृढीकरण तर्फ ९३ करोड ५३ लाख २१ हजार, शिक्षा युवा तथा खेलकुद तर्फबाट रू ६६ करोड ३८ लाख ३५ हजार बजेट प्रस्तुत गरेको छ ।
त्यसैगरी स्वास्थ्य तर्फबाट १५ करोड २० लाख ३० हजार, आर्थिक विकास तर्फ १० करोड ४२ लाख ९० हजार, सरसफाइ व्यवस्थापन तर्फ ८ करोड ९१ लख त्यस्तै वन तथा वातावरण र विपद् व्यवस्थापन तर्फ ५ करोड ९३ लाख, कृषि तर्फ ३ करोड २६ लाख ९० हजार, सुचना प्रविधि र सञ्चार तर्फ १ करोड ५ लाख ९५ हजार त्यसैगरी उधोग तथा वाणिज्य, महिला बालबालिका तथा जेष्ठ नागरिक र अपङ्गता, संस्थागत क्षमता विकास, राजश्व तथा अन्य आय संकलन व्यवस्थापन लगायतको शिर्षकका लागी आवश्यक रकम व्यवस्थापन गरिने जनाएको छ ।
वीरगंज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/८० का लागी मुख्य गरी महानगरवासीको सहुलियतका लागी ३० युनिटसम्म विजुली खपतको मासिक शुल्क र किसानले लगाएको बिद्युत निशुल्क गर्ने विशेष जोड दिएको देखिन्छ ।
रेकवर्ष जोड दिदै आएको कार्यक्रमहरु यसवर्षपनि महानगरपालिकाले निरन्तरता दिएको छ तर कार्यन्वयनमा समस्या हुने कतिपयको बुझाई रहेको छ । चक्रपथ बनाउने, वीरगंजलाइ शैक्षिक हब बनाइने लगायतको पुरानै योजनाहरुलाई यसवर्षपनि समावेश गरिएको छ ।
महानगरपालिका मेयर राजशेमान सिंहले १ देखी १६ महानगरको शहरी क्षेत्रका वडाभित्र परेकाले दुई भागमा विभाजन गरि कर तय गरिएको बताए । उनले करको दर नबढाई दायरा बढाउने उदेश्यले महानगरको १७ देखी ३२ वडा जो पिछडिएका छन् त्यस क्षेत्रमा बनिसकेका घरको नक्सा पास लगायतको दस्तुरमा ५० प्रतिशत छुट दिने अवधारण अगाडी बढाइएको बताए ।
महानगरले स्वास्थ्यको हिसाबले जेष्ठ नागरिकहरुको निःशुल्यक स्वास्थ्य परिक्षण र उपचारको व्यवस्था गरिने योजना अघि सारेको छ । यस्तै धार्मिक तिर्थ यात्रा तथा भ्रमणका लागी धार्मिक रुपमा हज तथा तिर्थ गर्न कमजोर अवस्थाका जेष्ठ नागरिकलाई व्यवस्था मिलाइएको योजना प्रस्तुत गरेको छ ।